इजकिएल पुस्तक सर्वेक्षण

लेखक
– इजिकिएल— उनको नामको अर्थ “परमेश्वरले मलाई सामर्थी बनाउनुहुन्छ” हो ।
– उनी पूजाहारी थिए , पछि भविष्यवक्ता हुन बोलाइए (१ः३)
– बेबिलोनीहरुद्वारा दोस्रो पटक यरुशलेम नष्ट गर्दा उनी कैदमा लगिए।

मिति
– उनको सेवकाइले करिब ५९२–५७१इ. पू. सम्म समेट्दछ ।
– उनी बेबिलोनीको कैदमा लगिने भविष्यवक्ता थिए जबकि यर्मिया यरुशलेममा नै रहे, भने दानिएल दरबारमा ।

विषयवस्तु
“परमेश्वरको महिमा, हराउनु र पुनप्राप्ति”
– इजिकिएल, ती तीन व्यक्तिहरुमध्ये हुन् , जसले परमेश्वरलाई उहाँको महिमामा दर्शन पाए (यशैया, इजिकिएल र यूहन्ना) । उनले “परमेश्वरको महिमा” को बारेमा करिब ११ पटक पहिलो ११ अध्यायमा बोलेका छन् ।
– उनको सन्देशका २ भागहरु :
– महिमा हटिसकेको छ । (अ. १–३३ः२०)
य परमेश्वरको न्याय उहाँको मानिस र उहाँको शहरमा छ ।
– महिमा फेरी आउनेछ । (अ. ३३ः२१–अ.४८)
य परमेश्वरको अनुग्रह उहाँका मानिस र उहाँको शहरमा आउदैछ ।
– यो वाकांश “परमप्रभु म नै रहेछु भनी तिनीहरुले जान्नेछन्”करिब ७० पटक पाउदछौँ । परमेश्वर आफैँले उहाँको न्यायमा आफूलाई प्रकट गर्नुभयो (महिमा हटाउनका लागी); परमेश्वर आफैँले उहाँको अनुग्रहमा (महिमा पुनस्थापनाका लागी) प्रकट गर्नुहुनेछ ।

रुपरेखा
परिचय—इजिकिएलको दर्शन र बोलावट (अ.१–३)
– यरुशलेमको वर्तमान न्याय – (४–२४)
– राज्यहरुको भविष्यको भाग्य – ( २५–३९)
– अन्तिम मन्दिर, आराधना र शहर – (४०–४८)

चाबी पद
“अनि तिमीचाहिँ, हे मानिसको छोरो, मैले तिमीलाई इस्राएलको घरानाका निम्ति पहरेदार ठहराएको छु ; यसकारण तिमीले मेरो मुखबाट वचन सुन्नू र तिनीहरुलाई मबाट चेतावनी दिनू !” इजिकिएल ३३ः७

विशेष विशेषताहरु
– परमेश्वरको आत्माको कार्यमा विशेष जोड दिन्छ ।करिब १५ पटक इजिकिएललाई परमेश्वरको आत्माले अगुवाइ गर्नुभएको बताएको छ ।
यशैया— विश्वासको भविष्यवक्ता–पूत्रमा जोड
यर्मिया—प्रेमको भविष्यवक्ता—पितामा जोड
इजिकिएल—आशाको भविष्यवक्ता —आत्मामा जोड
– इजिकिएलका भविष्यवाणीहरु दर्शनहरु, सांकेतिक कार्यहरु (१२ः६), सांकेतिक कथाहरु, तथा काल्पनिक अन्तका घटनाहरुले भरिएका छन्।

पुस्तकमा ख्रीष्ट
– यस पुस्तकमा ९० पटक भन्दा बढी, इजिकिएललाई मानिसको छोरा भनिएको छ । यो ख्रीष्टको लागी उपयूक्त नाम हो ।
– ख्रीष्ट अधिकारपूर्ण राजा हुनुहुन्छ (२१ः२६–२७) ।
– ख्रीष्ट कलिला हाँगा हुनुहुन्छ (१७ः२२–२४ तुलना गर्नाेस् यशैया ५३ः२)

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *