उत्पत्ति संक्षिप्त टिप्पणी (अध्याय ३१-४०)

 उत्पत्ति संक्षिप्त टिप्पणी (अध्याय ३१-४०)

अध्याय ३१

याकूबप्रति लाबानको व्यवहार छलिपूर्ण थियो – “१० पटक ज्याला बदलेको”

याकूबको साथमा परमेश्वर हुनुहुन्थ्यो। धूर्त लाबानको साथमा रहँदा पनि परमेश्वरको सहायताले गर्दा याकूब लुटिएनन्, तर उल्टै धनी भए।

याकूबले महसुस गर्छन् कि परमेश्वर उनको पक्षमा हुनुभएको हुनाले नै उनी सुरक्षित र समृद्ध हुन सके।

परमेश्वर हाम्रो पक्षमा हुनुभएमा धूर्त व्यक्तिहरू माझ र प्रतिकुल परिस्थितिमा पनि हामी सुरक्षित र सफल हुन सक्छौं।

अध्याय ३२

याकूब आफ्नो दाइ एसावलाई भेट्न डराउँछन् – आफ्नो र आफ्नो परिवारको ज्यानको जोखिम

पनिएलमा परमेश्वरसँग याकूबको भेट हुँदछ – २४ पदले भन्छ याकूब यस बेलामा एक्लै थिए

याकूबको नाम सोधिन्छ – याकूबको अर्थ=“ठगेर अर्काको ठाँउ लिने”; पनिएलमा याकूबको वास्तविक परिचय खुल्दछ। उसले आफ्नै प्रयासले जीवनमा विजय पाउने प्रयास गरिरहेका थिए तर अब असम्भव देखियो। उनी निकै जटिल अवस्थामा आइपुगे। ठूलो सहायताको खाँचो; आशिष नपाई नजाने उनको अठोट। आशिष – नाम परिवर्तन – ‘इस्राएल’=“परमेश्वरसँग लड्ने”

हाम्रो आफ्नै चतुराइ र ज्ञान-बुद्धिले धेरै टाढा पुर्याउन सक्दैन। अन्ततः हामीलाई परमेश्वरकै सहायता चाहिन्छ।

अध्याय ३३

एसावसँग याकूबको भेट हुन्छ; भेट आशिषत हुँदछ, परमेश्वरले हानिबाट बचाउनुहुन्छ

याकूब कनान देशमा आइपुग्छन् – परमेश्वरले आफ्नो ईश्वरीय योजना अनुसार कनान देशलाई अब्राहाम, इसहाक, र याकूबको सन्तानहरूलाई दिन चाहानुहुन्थ्यो। यसै ठाउँबाट सारा विश्वले परमेश्वरलाई चिन्नुपर्नेथ्यो। अन्ततः याकूब परमेश्वरको योजनाको ठाउँमा फर्किए।

विभिन्न अवस्थाहरूबाट परमेश्वरले हामीलाई उहाँको योजनामा डोर्याउनुहुन्छ।

अध्याय ३४

याकूबको छोरी दीनाको बेइज्जती भएको विरोधमा शिमोन र लेवीले शेकेम र उनका शहरका मानिसहरूलाई नाश गर्छन्

शिमोन र लेवीको यस बदला लिने कामको प्रशंसा गर्नुको सट्टामा याकूबले विरोध गर्छन्।

बदला लिने काम सधैं परमेश्वरकै हो। परमेश्वरको काम हामी आफै गर्ने प्रयास नगरौं।

अध्याय ३५

याकूब आफ्नो सन्तानहरूसँग बेतएलमा फर्कन्छन् – बेतएलमा परमेश्वरको लागि वेदी बनाउन अघि सबै पराइ देवताहरू हटाइन्छन्

परमेश्वरले याकूबलाई अब्राहाम र इसहाकसँग गरिएको प्रतिज्ञा ‍दोहोराउनुहुन्छ

राहेल र इसहाकको मृत्यु – याकूबको जीवनका प्रिय व्यक्तिहरूको निधन; यात्रा अघि बढिरह्यो

परमेश्वरकहाँ आउँदा शुद्ध हृदय लिएर आउनुपर्छ।

अध्याय ३६

एसावबाट एदोम जातिको शुरूवात हुँदछ। एसाव सेईर पहाडमा बस्न थाले।

एदोमीहरू अन्त्यसम्मै इस्राएलीहरूको विरोधमा लागिरहे, र एदोमीहरू इस्राएलको अधिनमा भए।

परमेश्वरले दिनुभएको प्रतिज्ञा पूरा भएरै छाड्छ।

अध्याय ३७

डाहाको कारण यूसुफका दाजुहरूले यूसुफलाई दासको रूपमा बेचिदिए

ती दाजुहरूको घोर दुष्टताको कारण यूसुफ पराइ देशमा बेचिए, तर परमेश्वरको योजना नै पूरा हुँदै थियो। “खराबीबीच भलाइ” – यूसुफको जीवनमा यो बारम्बार देखिन्छ

एक निर्दोष धर्मी व्यक्तिको जीवनमा समस्याहरू आउन सक्छन् तर परमेश्वरको योजना कायम रहन्छन्।

अध्याय ३८

यहूदाको छोटो जीवन कहानी – खराब साथी – अदुल्लामवासी हिरा – गलत निर्णयहरू

दुष्ट छोराहरू मरे – छलद्वारा आफ्नै बुहारी मार्फत उनको दुई छोराहरू हुन्छन् – यो व्यविचारबाट जन्मेको पेरेज/पेरेसबाट नै मसिह आउनुहुन्छ (मत्ती १:३)। यहूदा शिद्ध थिएनन् तर परमेश्वरले उनलाई आफ्नो ईश्वरीय बुद्धि र योजना अनुसार चुन्नुभयो – मानिसको असक्षमता र अनुग्रही परमेश्वरको दयाको कथा – हाम्रो कथा – संसारको कथा – सुसमाचार

हामी शिद्ध भएकाले वा हाम्रो आफ्नै कारणले चुनिएका होइनौं, परमेश्वरको अनन्त योजना र अनुग्रह अनुसार चुनिएका हौं। (२ तिमोथी १:९; रोमी ९:१५-२४; १ कोरिन्थी १:२६-३१)

अध्याय ३९

यूसुफ मिश्रमा पोतिफरको घरमा दास भएर रहन्छन् – तरै पनि परमेश्वर उनको साथमा हुनुहुन्थ्यो

पोतिफरको श्रीमतिले परीक्षा गरिन् तर पनि जवान यूसुफ परमेश्वरको भयमा जिउने व्यक्ति भएका हुनाले त्यस परीक्षाबाट भागेर जोगिए (२ तिमोथी २:२२)। झूटो आरोपद्वारा कैदमा हालिए – तर कैदमा पनि उनलाई राम्रै व्यवहार भयो।

परमेश्वरको भयमा उहाँको साथमा जिउनेहरू हरेक परिस्थिति, ठाउँ र व्यक्तिहरूकाबीच पनि विजयी र आशिषित जीवन जिउन सक्छन्।

अध्याय ४०

परमेश्वरको सहायतामा यूसुफले कैदमा हुँदा फाराओका दुई दासहरूको सपनाको अर्थ खोलिदिन्छन्

यस अचम्मको कार्यको श्रेय यूसुफले परमेश्वरलाई नै दिन्छन् (८ पद)। यूसुफको जीवन अब छिट्टै बेजोड तरिकाले परिवर्तन हुँदै थियो। पराइ देशको कैदमा रहेको यूसुफलाई परमेश्वरले बिर्सनुभएको थिएन। सायद दाजुभाइहरूले बिर्से, बुबाले माया मारे, तर परमेश्वर हरेक पल उनको साथमा हुनुहुन्थ्यो।

सबैले त्याग्दा हाम्रो एउटा मात्रै साथ र सहारा परमेश्वर नै हुनुहुन्छ। (हिब्रु १३:५; मत्ती २८:२०)

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *