कष्टहरू र भातृप्रेम

 कष्टहरू र भातृप्रेम

१ थेस्सलोनिकी ३:८ मा पावलले थेस्सलोनिकीका विश्‍वासीहरूलाई यसरी लेखे, “किनकि अब, तिमीहरू प्रभुमा स्थिर भई उभिन्छौ भने, हामी जिउँछौं।”

यो साह्रै अद्भूत सत्यता हो। एक विश्‍वासीको स्थिरताले अर्को विश्‍वासीलाई आत्मिक रूपमा जिवित रहन मद्दत गर्दछ। के आज तपाईको स्थिरताले अरू विश्‍वासीहरूलाई जिवित पारेको छ? कि तपाई र मेरो अस्थिरताले अरू विश्‍वासीलाई ठेस खुवाउँदै छ कि? हामी विश्‍वासीहरू एकै परिवारमा ल्याईएका छौं। हामी एकअर्कामा परनिर्भर छौं। सबै कष्टहरूबीच एक विश्‍वासीले अर्को विश्‍वासीलाई उत्साह र सान्त्वना दिन सक्छन्। ख्रीष्टियन भातृप्रेमले विश्‍वासीहरूलाई सबै संकष्टहरूबीच खडा हुन सहायता गर्दछ। १ थेस्सलोनिकी ३ अध्यायको विषय यहि नै हो। थेस्सलोनिकीका विश्‍वासीहरूलाई उत्साह दिन पावलले त्यहाँ तिमोथीलाई पठाएका थिए। तिमोथीद्वारा थेस्सलोनिकीका विश्‍वासीहरूले उत्साह पाए। अनि जब थेस्सलोनिकीका विश्‍वासीहरूका असल विश्‍वासको खबर तिमोथीद्वारा पावलले पाए, सबै कष्टबीच पावलले ठूलो सान्त्वना पाए।

आज तपाई र मेरो वरिपरि प्रभुका जनहरू कष्टहरूबीच गईरहेका हुनुहुन्छ होला। तपाईको प्रभुप्रतिको स्थिरताले उहाँहरूलाई ढलपल हुनबाट जोगाउन सक्छ। यस संसारमा समयहरू झन् खराब झन् खराब हुँदै गईरहेको छ। ख्रीष्टियन भातृप्रेमले हामीलाई खडा हुन मद्दत गर्नेछ। हामी प्रत्येक सबै परिस्थितिबीच ख्रीष्टमा स्थिर रहौं र अरूलाई स्थिर राखौं!

“किनकि अब, तिमीहरू प्रभुमा स्थिर भई उभिन्छौ भने, हामी जिउँछौं।”

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *