काँडाहरु बीचको जमिन
- Short Devotion
- July 9, 2021
- 0
- 662
- 1 minute read
बीउ छर्ने दृष्टान्त अन्तर्गत तेस्रो हृदयचाँही त्यो हो जुन काँडाहरूले घेरिएको छ। कुनैपनि कुरा जसले घेरा हाली ख्रीष्टलाई तपाईको जीवन देखी बाहिर ल्याउँदछ भने त्यो काँडा हो। याद राख्नुहोस् त्यो जे पनि हुनसक्छ, राम्रो कुरा पनि किन नहोस्। शायद अरुहरुले भन्लान्, “ त्यो सुन्दर छ”, तर यदि ख्रीष्ट बाहिरिनुभएको छ भने, त्यो काँडा हो। परमेश्वरको वचनले मत्ती १३ को २२ पदमा भन्दछ,
“ अनि काँडाहरुका बीचमा छरिएको चाँहि यो हो, जसले वचन सुन्छ; अनि यस संसारको फिक्री र धनसम्पत्तीको धोकाले वचनलाई निसास्याइदिन्छ, र यो फलहीन बन्छ”।
यस संसारको धनसम्पत्तीको बारेमा ज्यादै चासो राख्दा अरु मानिसहरुले देख्दा तपाई दुष्ट हुनैपर्छ भन्ने होइन। धेरै मानिसहरु जस्तो उनीहरुले जिउनुपर्ने त्यसरी ख्रीष्टको लागी जिउँदैनन् कारण तिनीहरु धनसम्पत्तीलाई प्रेम गर्छन्। तपाईको जीवनमा धनले कुन स्थान ओगटेको छ? तपाई त्यसको चिन्ता कतिको गर्नुहुन्छ? त्यसको बारेमा तपाई कतिको चर्चा गर्नुहुन्छ? परमेश्वरले हाम्रो खाँचोहरूमा प्रबन्ध गर्न सक्षम हुनुहुन्छ भनी के तपाई विश्वास गर्नुहुन्छ? के तपाई परमेश्वरमा भरोसा गर्नसक्नुहुन्छ? के तपाई विश्वासयोग्य ख्रीष्टियनझैं दशौं भाग दिनुहुन्छ, नियमित भेटि पनि दिनुहुन्छ? तपाईको ज्यादा आर्थिक विस्तारले धनप्रतिको लोभ बढेको छ कि?
जब हामी प्रभु येशूलाई हामीसित बोल्न अनुमति दिँदछौं, तब उहाँले हामीलाई ती गलत कुराहरु प्रति दोषी ठहराउनुहुन्छ जसमा हामीले गलत उद्देश्यको लागि बेसी जोड दिएका छौं। काँडाहरूले घेरिएको हृदयचाँहि त्यो हृदय हो जसमा ख्रीष्टको निम्ति थोरैमात्र स्थान दिइएको छ। उहाँलाई निकालिएको छ, र केही कुरा जसले उहाँलाई बाहिर पन्छाउँछ, त्यो काँडा हो।
संसारको फिक्री र धनसम्पत्तिको धोकाले वचनलाई फल्न दिँदैन, काम गर्न दिँदैन। अन्तत हामी फलहीन बन्छौं। आज तपाईको जीवनमा यस्ता काँडाहरू छन् कि? तपाईको हृदय काँडाहरूको बीचको जमिन जस्तो पो भएको छ कि?