गन्ती पुस्तक सर्वेक्षण

लेखक

मोशा 

– गन्ती ३३ः२

– यो मोशाको लेख हो भन्ने ८० ओटा आन्तरिक दाबीहरु छन् ।

मिती 

– दोस्रो वर्षको दोस्रो महिनाबाट शुरुवात (१ः१) ।

– करिब इ.पू. १४५१ मा लेखियो ।

विषयवस्तु

“परमेश्वरको कृपा र कठोरता” (रोमी ११ः२२)

१. कठोरता — पूरानो पुस्ताको लागी

– गन्ती १४ः२९–३५ २० वर्ष र त्यसभन्दाका माथि मारियो ।

– गन्ती १४ः११ तिनीहरुले परमेश्वरलाई विश्वास गरेनन् ।

– अविश्वासले विनाश ल्याउँदछ ।

२. कृपा — नयाँ पुस्ताको लागी

– परमेश्वरले तिनीहरुलाई उहाँको सुरक्षा र प्रबन्ध दिनुभयो ।

– परमेश्वरले तिनीहरुलाई उहाँमाथि विश्वास गर्ने र उहाँको आशिषहरु प्राप्त गर्ने अवसर दिनुभयो ।

रुपरेखा

क. पूरानो पुस्ता (अध्याया १–१४)

(सिनाइ देखि कादेश)

ख. संक्रमणकाल (अध्याय १५–२०)

(उजाडस्थानमा)

ग. नयाँ पुस्ता (अध्याय २१–३६)

(कादेश देखि मोआब)

चावी शब्दहरु

“प्रवास” — एउटा अस्थायी बसाइ

चावी पद

गन्ती ३३ः१

“इस्राएलीहरुका यात्राहरु यी हुन्ः जो आ–आफ्ना दलअनुसार मोशा र हारुनको अधीनतामा मिश्र देशबाट निस्केर आए ।”

विशेष विशेषताहरु 

१. यो पुस्तकले आफ्नो नाम २ पटकको गन्तीबाट पायो, जुन २० वर्ष र त्यसभन्दा माथिका लडाईमा जानसक्ने थिएः

– सिनाइ पर्वत — ६,०३,५५० (१ः४६)

– मोआब — ६,०१,७३० (२५ः५१)

२. जासूसहरु त्यस देशमा अविश्वाससाथ बसेका प्रत्येक दिनलाई एक वर्षका रुपमा इस्राएलीहरु उजाडस्थानमा भौतारिए । (४०)

३. होरेब देखि कादेश–बर्नेअसम्म ११ दिनको यात्रा थियो (व्यवस्था १ः२), तर तिनीहरुलाई ४० वर्ष लाग्यो ।

४. इस्राएललाई मिश्रबाट अलग हुन ४० घण्टा मात्र लाग्यो तर इस्राएलबाट मिश्रलाई निकाल्न ४० वर्ष लाग्यो ।

पुस्तकमा ख्रीष्ट

१. बादल र आगोको खाबो (९ः१५–२३)

२. हारुनको मृत्यु (२०ः२३–२९)

३. पित्तलको सर्प (२१ः१–९; यूहन्ना ३ः१४–१८)

४. शरणस्थानका ६ शहर (३५ः६–१२)

 

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *