नरकको यथार्थ

 नरकको यथार्थ

बाइबलमा यस्ता समयहरु छन् जब प्रभु पर्दा उठाएर त्यो भन्दा पर रहेको संसार हेर्ने अनुमति दिनुहुन्छ। हामीलाई थाहा छ त्यहाँ दुई वास्तविक संसारहरु छन् । एउटा संसार जहाँ हामी बस्छौँ, जहाँ हामी विभिन्न थोकहरु देख्न सक्छौं । तर त्यहाँ अर्को संसार पनि छ यो वास्तविक वर्तमान संसारभन्दा पर जहाँ हामी बस्छौं । परमेश्वर त्यस संसारको निश्चित थोकहरु शब्द चित्रद्वारा प्रकट गर्नुहुन्छ ।

के त्यहाँ साँच्चै तड्पिनुपर्ने ठाँउ छ ? के मानिसहरु त्यहाँ जान्छन् ? लूका १६:१९-३१।         पद अठ्ठाईसमा लिइएको विषय “यस तड्पिनुपर्ने ठाँउ” लाई विचार गर्नुहोस्, यी शब्दहरु प्रभु येशूबाट आएका हुन् । यो परमेश्वरको वचन हो ।

लूका १६:२३ मा बाइबलले बताउँदछ, “अनि नरकमा भयानक पीडामा तड्पिँदै त्यसले आफ्ना आँखा उठायो ।” लूका १६:२४ मा बाइबलले बताउँदछ, “म यस ज्वालाभित्र तड्पिरहेको छु ।” लूका १६:२५ मा धनी मानिसलाई बताइएको छ र बाइबलले बताउँदछ, “तिमी तड्पिरहेका छौ ।” धनी मानिसले यस ठाँउलाई जहाँ ऊ अनन्तका लागि गएको छ, “तड्पिने ठाँउ”  भनेका छन् ।

मानिसहरु नरक जाने विषयमा म सोच्न चाहदैनन् । परमेश्वरको वचन साँचो छ, र प्रभु येशूले भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउँदैन ।” (यूहन्ना १४:६) । परमेश्वर हामीले यो जानेको चाहनुहुन्छ कि नरक वास्तविक छ ।

शारीरिक मृत्यु शरीरबाट अलग हुनु हो । आत्मिक मृत्यु परमेश्वरबाट अलग हुनु हो । एफेसी २:१ मा बाइबल बताउँदछ, “अनि तिमीहरुलाई अर्थात् अपराध र पापहरुमा मरेकाहरुलाई उहाँले जीवित पारिदिनुभयो ।” अर्को शब्दमा भन्नुपर्दा प्रत्येक मानिस जन्मदै आत्मिक रुपमा मरेको हुन्छ । हामी आत्मिक रुपमा मरेका छौँ । आत्मिक मृत्यु भनेको परमेश्वरबाट अलग हुनु हो । परमेश्वरबाट अलग हुनु भनेको जब हामी शारीरिक रुपमा मर्छौ र शरीरबाट अलग हुन्छौँ, हामी सदाको लागि परमेश्वरबाट अलग हुन लागिरहेका छौँ ।

तड्पिने ठाँउको प्रमाण हामीलाई पवित्रशास्‍त्रमा दिइएको छ

बाइबलले हामीलाई सिकाउँदछ कि यो संसारभन्दा पर मानिसहरु जाने दुईवटा मात्र स्थान छ। एउटा स्वर्ग हो र अर्को नरक हो।

बाइबलले मात्र नरक सम्बन्धी जानकारी दिन्छ । लूका १६:२२-२४; मत्ती १३:४९-५०

मत्ती २३:३३ मा, धार्मिक कपटिहरु सँग बोल्दै गर्नुहुँदा, हाम्रा प्रभु भन्नुहुन्छ, “हे सर्पहरुहो, विषालु साँपका सन्तानहो, तिमीहरु नरकको दण्डबाट कसरी उम्कन सक्छौ त ?”

मत्ती २५:४१ ले बताउँदछ, “त्यसपछि उनले ती देब्रे हातपट्टि हुनेहरुलाई पनि भन्नेछन्ः हे श्रापितहरुहो, मदेखि त्यस अनन्त आगोभित्र जाइहाल, जोचाहिँ शैतान र त्यसका दूतहरुका निम्ति तयार पारिएको छ ।”

प्रकाश १४:१० मा बाइबलले बताउँदछ, “त्यसैले परमेश्वरको क्रोधको मद्मबाट पिउनेछ, जुनचाहिँ उहाँको क्रोधको कचौरामा पन्यालो नपारीकन खन्याइएको छ; अनि पवित्र स्वर्गदूतहरुका सामु र थुमाका सामु त्यो आगो र गन्धकद्वारा पीडित पारिनेछ ।“

प्रकाश १९:२० ले बताउँदछ,“अनि त्यो पशु पक्राउ परयो, र त्यसका साथमा झुठा भविष्यवक्ता पनि, जसले त्यसका सामु चिन्हहरु देखाउथ्यो, जसद्वारा यसले त्यस पशुको निशान लिनेहरु र त्यसको मुर्तिको पूजा गर्नेहरुलाई धोका दिन्थ्यो । यी दुवै गन्धकले जलिरहेको झीलमा जिउँदै फालिए ।”

प्रकाश २०:१० ले बताउँदछ, “अनि तिनीहरुलाई धोका दिने शैतान आगो र गन्धकको झीलभित्र फ्याँकियो, जहाँ त्यो पशु र त्यो झूटो भविष्यवक्ता पनि छन् अनि दिनरात सदासर्वदा तिनीहरु पीडाले तड्पाइनेछन् ।” हामीलाई तड्पिने ठाउँको अस्तित्व छ भनेर प्रमाण पवित्रशास्त्रले दिएको छ ।

त्यहाँ शैतान र त्यसको दूतहरुका निम्ति तयार पारिएको वास्तविक ठाउँ छ । यो ठाउँलाई बाइबलले नरक भन्दछ । यो ठाउँमा केही सुखद कुरा छैन । यो ठाउँमा केही दयालु कुरा छैन । यो तड्पिने ठाउँ हो । यो सदा रहिरहने अन्धकार, सधैँभरि गिर्ने र सधैँभरि मरिरहने ठाउँ हो । यो त्यस्तो ठाउँ हो जहाँ साथीहरु र परिवार चिनिने छैनन्, मुस्कान कहिल्यै दिइनेछैन, कुनै मीठो बास्ना कहिल्यै सुँघिने छैन । यो त्यस्तो ठाउँ हो जहाँ दया साथ कहिल्यै बोलिने छैन । यो त्यस्तो ठाउँ हो जहाँ नानीहरु कहिल्यै देखिने छैनन् । यो भयानक ठाउँ हो, तर यो एक वास्तविक ठाउँ हो । जसरी नक्स्भिल, टेनेस्सी, एउटा ठाउँ हो, त्यहाँ नरक भन्ने ठाउँ छ ।

मानिसहरु यस तड्पिने ठाउँमा जान्छन्

जब मैले बाइबलमा शैतान र त्यसका दूतहरु यस ठाउँमा फालिन्छन् भनेर पढें, मैले सोचें, “तिनीहरुको ठाउँ त्यही हो । यो ठीक हो, र म खुशी छु कि शैतानले आफ्नो प्रतिफल पाउँदैछ ।” तर बाइबलले यो सिकाउँदछ कि मानिसहरु पनि यस तड्पिने ठाउँमा जानेछन् । प्रत्येक मानिस अनन्तको लागि सृष्टि गरिएको हो कि ऊ  स्वर्ग जान्छ कि नरक।

म कोही पनि यो तड्पिने ठाउँमा गएको चाहन्नँ । म त्यही नै भनिरहेको छु जुन परमेश्वरले भन्नुहुन्थ्यो भनी म विश्वास गर्दछु । उहाँको वचनले भन्दछ कि उहाँ “कोही पनि नष्ट नहोस्, तर सबैले पश्चात्ताप गरुन्” (२ पत्रुस ३:९) । तर मानिसहरु नरक जान्छन् नै ।

लूका १६ अध्यायको धनी मानिस वास्तवमै जिउँथ्यो । त्यहाँ लाजरस नामको वास्तविक मानिस थिए “जो उसैको ढोकामा राखिन्थ्यो, घावै – घाउ भएको, अनि त्यसले त्यस धनी मानिसको टेबलबाट खसेका टुक्राटाक्रीहरुले तृप्त हुने इच्छा गर्दथ्यो ।

यी दुवैको मृत्यु भयो । हिब्रू ९:२७ मा बाइबलले बताउँदछ, “अनि जसरी मानिसहरुका निम्ति एकपल्ट मरण र त्यसपछि न्याय नियुक्त गरिएको छ ।” मृत्यु सम्भावना हो, तर ख्रीष्टको दोस्रो आगमन निश्चित हो । यो निश्चय छ कि उहाँ फेरी आउँदै हुनुहुन्छ, तर यदि उहाँ चाँडै आउनुभएन भने हामी मृत्युको ढोकाबाट भएर जानेछौँ । जब हामी मृत्युको ढोकाबाट भएर जानेछौँ, हामी अनन्ततामा जानेछौँ । अनि नबताइएका लाखौँ नरकमा जानेछन् ।

धनी मानिसको परिवार थियो । नरकमा, उसले आफ्नो परिवारको विषयमा भन्न थाल्यो । उसले भन्यो, “मेरा पाँच भाइहरु छन् ।” पाँच भाइहरु सँग हुर्किदाको अनुभव सम्झनुहोस् । भाइहरुसँग गरेको रमाइलो र बाल्यकालमा सगैँ गरेका कार्यहरु सम्झनुहोस् । एक अर्काप्रतिको भाइ – भाइको प्रेम र एक अर्काप्रतिको वास्ता र सधैँ सँगै रहने चाहना सम्झनुहोस् । तर यहाँ एक मानिस छन् जो एउटा ठाँउमा गएपछि भन्दैछ, “म मेरा भाइहरुलाई फेरी देख्न चाहन्न ! म मेरा भाइहरु यस तड्पिने ठाँउमा आएको चाहन्न ! कम्तीमा मेरा पाँच भाइहरु यो तड्पिने ठाँउमा नआउन् भन्नलाई कसैले उनीहरुलाई गवाही देओस् ।”

त्यहाँ मानिसहरु छन् जो मरिसकेका छन् र नरकमा गइसकेका छन् जसको स्वरहरु हामी सुन्न सक्दैनौँ, तर आफ्नो परिवारका सदस्यहरुको विषयमा उनीहरु यही कुरा भन्नेछन् । उनीहरु आफ्नो परिवारका सदस्यहरु यस तड्पिने ठाँउमा भएको चाहँदैनन् ।

हरेक दिन तपाईंले देख्ने धेरै मानिसहरु, तपाईंसगैँ काम गर्ने मानिसहरु, तपाईंले चिनेका मानिसहरु, तपाईंको परिवारको सदस्यहरु, उनीहरु नरक जाने बाटोमा छन् ।

जीवन एकदम अनिश्चित छ । मृत्यु अचानक आउन सक्छ । तपाईंको ओहोदा जे भएता पनि, तपाईंले यो निश्चिय गर्न आवश्यक छ कि तपाईंको घर स्वर्ग हो ।

म लज्जित छु कि हामी नरकको विषयमा थोरै मात्र बताउछौँ । म लज्जित छु कि हामी नरकको विषयमा थोरै मात्र प्रचार र शिक्षा दिन्छौँ । मजस्तो प्रचारकलाई दुईवटा विषयमा बढाइचढाइ गरेको आरोप लगाइन्छ – नरक र पैसा । यदि प्रचारकले कुनै दुई विषयहरुलाई बेवास्ता गर्छन् भने, ती विषयहरु नरक र पैसाको बारेमा हुन् । त्यहाँ कुनै शंका छैन कि हामीले पैसाको विषयमा धेरै भन्नुपर्छ र नरकको विषयमा धेरै भन्नुपर्छ ।

लूका सोह्र अध्यायमा, प्रभुले पैसाको विषयमा बोल्नुभयो र नरकको विषयमा पनि । उहाँले अरुको पैसा लगानी गर्ने, मानिसहरु बचाइने, र धन सम्पत्तिलाई प्रेम गर्ने विषयमा भन्नुभयो । अध्यायको शुरुमा उहाँले एउटा मानिसको विषयमा बताउनुभयो जसले आफ्नो मालिकको इच्छा विपरित आफ्नो व्यक्तिगत लाभको लागि उनको पैसा चलाए । त्यसपछि प्रभु येशूले आफ्नो चेलाहरुलाई चेतावनी दिनुभयो कि उनीहरुले आफ्ना पैसा हराएकाहरुलाई ख्रीष्टमा जित्नको लागि प्रयोग गर्नुपर्छ ता कि आफुले जितेकाहरुलाई स्वर्गमा देख्न सकुन् ।

यो तड्पिने ठाँउबाट भाग्न र स्वर्ग जान प्रावधान बनाइएको छ

लूका १९:१० मा प्रभु येशूले आफ्नो सेवाकाइको सारांश दिनुभयो जब उहाँले भन्नुभयो, “किनभने मानिसका पुत्र हराएकालाई खोज्न र मुक्त गर्न आएका हुन् ।”

यो असल व्यक्ति र खराब व्यक्तिको विषयमा छलफल होइन । त्यहाँ असल व्यक्ति र खराब व्यक्ति छन्, र असल व्यक्तिहरु मध्ये केहीले असल काम गर्छन् तर उनीहरु ख्रीष्टियन होइनन् । केही मानिसहरु जसले खराब काम गर्छन्, उनीहरु ख्रीष्टियन भएको दाबी गर्छन् । हामी असल मानिस र खराब मानिसको विषयमा नसोचौँ; हामी धर्मी मानिसको विषयमा कुरा गरौँ । रोमी ३:१० मा बाइबलले बताउँदछ, “जस्तो लेखिएको छः धर्मी कोही छैन, एउटै पनि छैन ।”

अर्को शब्दमा भन्नुपर्दा, आफ्नै योग्यतामा स्वर्ग जान सक्ने कोही छैन । त्यहाँ एक जना व्यक्ति छन् जो कुनै बेला यो पृथ्वीमा हिडे ,जो आफ्नै प्रयासले सिधै स्वर्ग जान सक्छन् । त्यो व्यक्ति येशू ख्रीष्ट हुनुहुन्छ ।

वास्तविक नरकको अस्तित्वको सबैभन्दा ठूलो प्रमाण, जहाँबाट मानिसहरुका आत्मा बचाइनुपर्छ, यो हो कि परमेश्वरले आफ्नो एकमात्र पुत्र हामीलाई नरकबाट बचाउनलाई दिनुभयो । बाइबलले बताउँदछ, “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एकमात्र जन्माइएको पुत्र दिनुभयो – उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस् ।”

“नष्ट” भन्ने शब्द नछुटाउनुहोस् । बाइबलले बताउँदछ, “…कोही पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस्।”

प्रभु येशू किन मर्नुभयो ? उहाँ किन कलवरीमा जानुभयो ? ख्रीष्टले किन उनीहरुलाई काँडाको मुकुट लगाउन दिनुभयो ? उहाँको मुहार किन चोटले ढाकिएको र रक्ताम्य थियो ? किन उहाँको पिठ्यु पिटिएको र छाती खुला छोडिएको थियो ? किन उहाँमाथि गरुङ्गो क्रुस राखियो ? त्यो क्रुर उपहास भएर उहाँ किन जानभयो? उहाँले किन गेत्समनीको बगैंचामा उहाँका अनुहारबाट रगतका थोपाझैं पसिना बगुन्जेल प्रार्थना गनुभयो ? किन उहाँले आफैँलाई उपहासको कठघरामा उभ्याउनुभयो र पिलातसको हातमा आफैलाई दिनुभयो? किन उहाँले आफैलाई पिलातसबाट हेरोदकहाँ र फेरी पिलातसकहाँ लगिन दिनुभयो ? किन उहाँले आफैलाई गिल्ला गर्ने भिडको अगाडि पिलातसद्वारा उभ्याइन दिनुभयो जो यसो भन्दै चिच्याइरहेका थिए, “बरब्बालाई छोडिदिनुहोस् र ख्रीष्टलाई क्रुसमा टाँगिदिनुहोस् !” जब कि उहाँले दश हजार स्वर्गदूत बोलाएर संसारलाई नष्ट गर्न सक्नुहुन्थ्यो ? उहाँ किन कलवरी जानुभयो र रोमी सेनालाई उहाँको हात र पाउमा किला ठोक्न दिनुभयो र उहाँलाई क्रुसमा उचाल्न र त्यो क्रुसलाई तयार गरिराखेको खाल्डोमा खसाल्न दिनुभयो ? उहाँले किन तिनीहरुलाई उहाँको कपडा च्यात्न दिनुभयो ? उहाँले किन मानिसहरुलाई उहाँलाई उपहास गर्न र क्रुसमा झुन्डिनु हुँदा गिल्ला गर्न दिनुभयो ? उहाँ किन यसो भन्दै रुनुभयो, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभयो ?” जब सुर्य चम्कन इन्कार गर्‍यो, जब आकाश मध्यदिनमा मध्यरातजस्तै भयो, परमेश्वर पिताको क्रोध परमेश्वरको पुत्रमाथि दन्कियो र उहाँ जसले पाप नै जान्नुहुन्न थियो हाम्रा निम्ति पाप बनाइनुभयो । प्रत्येक मानिसको निम्ति किन उहाँले मृत्यु चाख्नुभयो ? उहाँ किन कलवरी जानुभयो र रगत बहाउनुभयो र मर्नुभयो ? किनभने पवित्र, धर्मी, एकमात्र परमेश्वरले भन्नुभयो, “त्यहाँ वास्तविक नरक छ र प्रत्येक मानिस पापी छ र त्यहाँ जादैँछ ।”

उही परमेश्वरले भन्नुभयो, “तर म यो इच्छा गर्दिन कि कोही नष्ट होस् त्यसैले मैले मेरो एकमात्र जन्माइएको पुत्र दिए, तिमीदेखि तिम्रो नरक लिनलाई, तिम्रो लागि रगत बहाउन र मर्न कि तिमी अब मर्न पर्दैन र नरकमा जानुपर्दैन ।”

हामीले भोग्नुपर्ने सबैकुरा, येशू ख्रीष्टले भोग्नुभयो । हामीले चाख्नुपर्ने सबैकुरा, येशू ख्रीष्टले चाख्नुभयो । हामी जानुपर्ने ती सबै कुराहरुमा, येशू ख्रीष्ट त्यो भएर जानुभयो । परमेश्वरले हाम्रो निम्ति येशू ख्रीष्टको धार्मिकता हाम्रो खातामा सारेर हामीलाई धर्मी हुने बाटो बनाउनुभयो ।

परमेश्वरलाई आफ्नो पापको क्षमा मागेको घडी र विश्वाससाथ प्रभु येशूलाई आफ्नो मुक्तिदाता भनी भरोसा गरे सगैँ, परमेश्वरले येशू ख्रीष्टको अभिलेख तपाईंको खातामा राख्नुहुनेछ । उहाँले आफ्नो धार्मिकता तपाईंको अभिलेखमा राख्नुहुनेछ ।

कुनै दिन जब हामी यो शरीरको पोशाक छोड्नेछौं, ताराहरुभन्दा पर उड्नेछौं, र परमेश्वरसँग रहनलाई जानेछौं, हामी परमेश्वरको स्वर्गमा जानेछौँ र त्यो भयानक नरकबाट पलायन हुनेछौं कारण प्रभु येशूले हाम्रो निम्ति जे गर्नुभयो । परमेश्वरले हाम्रो निम्ति बाटो बनाउनुभएको छ ।

हामी ती मानिसहरु प्रत्यारोपको औंला उठाउँछौं जो केही भयानक पापबाट भएर गएका छन्, तर धेरै मानिसहरु जसले असल कुराहरुले परमेश्वरको कामको सर्वोत्तम कुरालाई प्रतिस्थापन गरेर आफ्नो जीवन खेर फालेका छन्, तिनीहरुले उनीहरुले भन्दा पनि भयानक काम गरेका छन् । हामी हराएकाहरुलाई सुसमाचारको सन्देश दिन जिम्मेवार छौँ । रोमी १०:१३-१५         

त्यहाँ कुनै पर्खाल छैन जसबाट सुसमाचार छिर्न सक्दैन । त्यहाँ कुनै जमिन छैन जहाँ परमेश्वर, उहाँका आत्माद्वारा पस्न सक्नुहुन्न ।

मानिसहरुलाई के चाहिन्छ ? उनीहरु सुसमाचारको स्पष्ट प्रस्तुति चाहन्छन् । जब म संसारभर के गरिनुपर्छ भन्ने कुराको चासो लिदैछु, म धेरै मानिसहरुको माझबाट हिड्छु तर उनीहरुलाई कहिल्यै सुसमाचारको पुस्तिका वा गवाही दिन्न । तपाईं र म यो ठाउँमा आउनुपर्छ जहाँ नरकको विषय बाइबलको विषयभन्दा ठुलो छ । यो एउटा ठाँउ हो ।

के तपाईंलाई थाहा छ नरक कहाँ छ ? प्रत्येक ख्रीष्टबिनाको जीवनको अन्त नरक हो । शहरमा रहेका अस्पतालहरुमा, राजमार्गहरुमा, र घरहरुमा, मृत्युले हिर्काउछ र मानिसहरु जान्छन् । उनीहरु कहाँ गएका छन् ? उनीहरु गएका छन् यो दुःखदायी कुरा हो, तर यो बताउन सक्ने दुःख र वियोग, मानविय विवरणभन्दा परको तथ्य हो कि उनीहरु नरक गएका छन् ।

येशू ख्रीष्टसँग जे गर्छौं, हामीले ती सबै कुरा यस जीवनमा सुल्झाइ सक्नुपर्छ । हामीले भन्नुपर्छ, “परमेश्वर मलाई एक विश्वासयोग्य साक्षी हुनको निम्ति मद्दत गर्नुहोस्,” किनभने प्रभु येशूले स्वर्ग पुग्ने बाटो बनाउनुभएको छ ।

परमेश्वरले तपाईलाई प्रचार गर्न बोलाउनुभए पनि नभए पनि, उहाँले प्रत्येक विश्वासीलाई मानिसहरुलाई येशू ख्रीष्टको बारेमा सुनाउन र उनीहरुलाई नरक जानबाट रोक्न बोलाउदै हुनुहुन्छ ।

त्यहाँ तड्पिने ठाउँ छ र हामी मानिसहरुलाई त्यो ठाउँबाट कसरी बच्न सकिन्छ भनी बताउन सक्छौँ । परमेश्वरले उनीहरुलाई बताउन हामीलाई मद्दत गर्नुभएको होस् ।

(क्लेरेन्स सेक्सटनको पुस्तक “जीवनका विषयहरूमा बाइबलको उत्तरहरू” बाट साभार गरिएको)

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *