पवित्रशास्‍त्र कसरी सारिन्थ्यो?

 पवित्रशास्‍त्र कसरी सारिन्थ्यो?

परमेश्‍वरको वचन आजसम्म हाम्रो हात हातमा छ। परमेश्‍वरले पुस्ता पुस्तामा आफ्नो वचन सुरक्षित राख्‍नुभएको छ (भजनसंग्रह १२:७)। शास्त्रीहरूले पवित्रशास्‍त्र सार्दा निकै होसियारी र मेहेनतसाथ सार्दथे। यसले परमेश्‍वरको वचनप्रतिको उनीहरूको आदर र सम्मान देखाउँथ्यो।

शास्‍त्रीहरूले पवित्रशास्‍त्र सार्ने तरिकाः

१. शुद्ध पशुको छालाद्वारा बनेको चर्मपत्रहरूको मात्रै प्रयोग

२. एक दफ्फामा कम्तीमा ४८ लाइन र बढिमा ६० लाइन

३. मसी कालो हुनुपर्थ्यो र विशेष तरिकामा बनाइन्थ्यो

४. लेख्‍ने क्रममा हरेक शब्द सुन्‍ने गरी उच्चारण गर्नुपर्थ्यो

५. हरेक पटक ‘यहोवा’ शब्द लेख्न अघि कलम र आफ्नो सम्पूर्ण शरीर धुनुपर्थ्यो

६. हरेक ३० दिनमा समीक्षा गरिन्थ्यो र बढिमा ३ पृष्ठ संशोधन गर्नुपरेमा सम्पूर्ण लेखोट नै फेरि सुरूबाट सार्नुपर्थ्यो

७. हरेक अक्षर, शब्द र हरफ गनिन्थ्यो। साथै दुई अक्षरहरू जोडिएमा त्यो पृष्ठ त्रुटिपूर्ण मानिन्थ्यो।

८. सबै लेखोटहरू विशेष ठाउँहरूमा मात्रै भण्डारण गरिन्थ्यो

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *