मलाकी पुस्तक सर्वेक्षण

लेखक
– मलाकी – उनको नामको अर्थ हुन्छ, “यहोवाका सन्देशवाहक” ।
– उनी नहेम्याहका समकालीन थिए ।
– उनी पूरानो नियमका अन्तिम भविष्यवक्ता थिए ।
– मलाकी पश्चात भविष्यवाणीका आवाज ४०० वर्षका लागी चुप रह्यो ।

मिति
– यो पुस्तक ५२०–५१६ इ.पू. मा लेखिएको थियो ।
– यो समयचाहिँ नहेम्याहको नेतृत्वकाल पश्चात र करिब हाग्गै र जकरिया भन्दा करिब ८५ वर्ष पछिको हो ।

विषयवस्तु
“अन्तिम आग्रह (निबेदन) र अन्तिम प्रतिज्ञा”
– नहेम्याहको नेतृत्वमा भएको सुधार पछि, यहुदीहरु फेरी पापमा फसे । यो देख्दा दुखद लाग्दछ कि तिनीहरुले शुरुवातदेखि कति थोरै प्रगति गरे । (१५०० वर्ष अघि, उत्पत्ति १२)
– ती कैदबाट फर्केकाहरु कनान आएको १०० वर्ष भइसकेको थियो । तिनीहरु परमेश्वरको प्रतिज्ञाहरु प्रति उदासिन भए । तिनीहरुको धार्मिक जीवन कपटपूर्णऔपचारिकता र अनादरले चिनिनेछ ।
– अन्तिम निवेदन (आग्रह)
य भविष्यको फारसीहरुको पाप — कपटपूर्ण निष्ठा (२ः १–३)
य भविष्यको सदुकीहरुको पाप — आलोचना (याद गर्नोस् यस पुस्तकमा पाइने ८ ओटा व्यंगात्मक प्रश्नहरु)
– अन्तिम प्रतिज्ञाहरु (३ः१६–१८)
य जसले उहाँको भय मान्दछ,परमेश्वरले उसलाई सम्झने प्रतिज्ञा गर्नुभएको छ ।

रुपरेखा
– एउटा आग्रह – वर्तमान पापको दृष्टि बाट (अ. १–२)
– एउटा आग्रह – आउने दिनको दृष्टिबाट (अ. ३–४)

चाबी पद
“हेर, म आफ्नो दूतलाई पठाउनेछु, जसले मेरो अघि अघि बाटो तयार पार्नेछ ; अनि तिमीहरु जुन प्रभुको खोजी गर्दछौ, उहाँ अचानक आफ्नो मन्दिरमा आउनुहुनेछ, अर्थात् वाचाका ती दूत, जससँग तिमीहरु प्रसन्न हुन्छौ ; हेर उहाँ आउनुहुनेछ, सेनाहरुको परमप्रभु भन्नुहुन्छ ।” मलाकी ३ः१

विशेष विशेषताहरु
– यो पुस्तक पूरानो नियमको निष्कर्ष हो (४ः४) र नयाँ नियमसँगको जडान हो (४ः५,६) ।
– ४ः५,६ मा भनिएको “एलिया” चाहिँ बप्तिस्मा दिने यूहन्ना हुन् । (लूका १ः१३–१७) ।
– यस पुस्तकमा मानिसहरुले भनेका, “तिमीहरु भन्छौ”….भन्ने वाकांश ११ पटक ; मलाकीको उत्तर, “परमप्रभु भन्नुहुन्छ”…२५ पटक पाइन्छ।

पुस्तकमा ख्रीष्ट
– ख्रीष्ट वाचाका दूत हुनुहुन्छ (३ः१) ।
– ख्रीष्ट खार्ने र चोखो पार्ने हुनुहुन्छ (३ः३) ।
– ख्रीष्ट धार्मिकताको सूर्य हुनुहुन्छ जसको पखेटामा चंगाइ छ (४ः२) ।

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *