यर्मिया पुस्तक सर्वेक्षण

लेखक
– यर्मिया–उनलाई “रुन्चे भविष्यवक्ता”को रुपमा चिनिन्छ ।
ड्ड उनको सेवकाइ ४० वर्षको रह्यो ।
– आमाको गर्भमा हुदा नै परमेश्वरले उनलाई बोलाउनुभयो (१ः४–१०)
– उनले आफ्ना मानिसहरु प्रति सान्त्वाना र दया देखाए तापनि ऊ परमेश्वरको वचन घोषणा गर्न पूर्णतया विश्वासयोग्य रहे (४ः१८–१९; ८ः२०–२२; २०ः८–९)

मिति
– यर्मियाले इ.पू. ६२६–५८०सम्म सेवकाइ गरे ।
– उनी यहुदाका मध्यरातका भविष्यवक्ता थिए, जसले बेबिलोनीहरुले कैदमा लानुभन्दा ठिक अघि र कैदको बिचमा सेवकाइ गरे ।
– यो ऐतिहासिक घटना २ राजा २२–२५ मा पाइन्छ ।

विषयवस्तु
– यहूदाको न्यायको विषयमा यशैयाले सयवर्ष अघि गरेको भविष्यवाणीको साक्षी अहिले यर्मिया हुदैछन् । ऊ परमप्रभुको निम्ति बोल्नका लागी बोलाइएका थिए किनकि यहुदा आफ्ना पापका अन्तिम चरणमा थिए र विनाशमा प्रवेश गर्दै थियो (५ः१४)
– यर्मियाको सन्देशको दुई खण्ड :
१. न्याय हातमा छ ।
परमप्रभुले पूर्ण क्रोध देखाउनुहुनेछ ।
(हे. यर्मिया १९ः१–१३ — फुटेको सुराही)
२. पूनस्थापनाको प्रतिज्ञा छ ।
परमेश्वरले आफ्नो प्रेम अन्तमा देखाउनुहुनेछ ।
(हे. यर्मिया १८ः१–६ — सुराही पुनः बनाइएको)

रुपरेखा
परिचय – यर्मियाको बोलावट (अ. १)
– भविष्यवाणीहरु, साधारण र मिती विना (अ.२–२०)
– भविष्यवाणीहरु, निश्चित र दिन÷मिती सहित (अ.२१–३९)
– भविष्यवाणीहरु, यरुशलेमको पतन पछि (अ. ४०–४४)
– भविष्यवाणीहरु, अन्यजातिका देशहरुका बारेमा (अ. ४५–५१)
निष्कर्ष — यरुशलेम फ्याकिने छ (अ. ५२)

चाबी पद
“किनकि मेरो प्रजाले दुईटा खराबी गरेको छ; तिनीहरुले म जिउँदो पानीको मुहानलाई त्यागेका छन्, र आफ्ना निम्ति ट्यांकीहरु फुटेका ट्यांकीहरु खोपेर बनाएका छन्, जसमा पानी अडिँदैन ।” यर्मिया २ः१३

विशेष विशेषताहरु
– यर्मियाको समयमा सेवकाइ गर्ने भविष्यवक्ताहरु :
नहूम, सपन्याह, हबकुक, दानिएल, इजिकिएल
– यर्मियालाई विवाह नगर्नु भन्ने आज्ञा परमेश्वरले गर्नुभयो । यो चाहिँ परमेश्वरको जनहरुका निम्ति विश्वासको चिन्ह थियो ।
– यस पुस्तकका चाबी शब्द “फर्क”

पुस्तकमा ख्रीष्ट
– ख्रीष्ट गिलादको मलहम हुनुहुन्छ । (८ः२२)
– ख्रीष्ट इस्राएलको आशा हुनुहुन्छ । (१४ः८)
– ख्रीष्ट धार्मिक हाँगा हुनुहुन्छ । (२३ः५)
– ख्रीष्ट शासन गर्नु हुने राजा हुनुहुन्छ । (२३ः५)

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *