वर्षको शुरूदेखि वर्षको अन्तसम्मै परमप्रभु
- Short Devotion
- December 31, 2020
- 0
- 953
- 1 minute read
व्यवस्था ११:१२ मा लेखिएको छ, “…वर्षको शुरूदेखि वर्षको अन्तसम्मै परमप्रभु तिम्रा परमेश्वरका आँखाहरू सधैं त्यसमाथि रहिरहन्छन्।” हरेक वर्ष परमेश्वरको नियन्त्रणमा छ। हरेक वर्षको परमेश्वर उहाँ नै हुनुहुन्छ। व्यवस्था ११:८-१७ को खण्डमा कनान देश प्रवेश गर्न लागेका इस्राएलीहरूलाई परमेश्वरले मोशाद्वारा केहि सल्लाहहरू र चेतावनीहरू दिनुहुन्छ। उनीहरू नयाँ देशमा, उनीहरूको इतिहासको नयाँ अध्यायमा प्रवेश गर्दै थिए। यो सन्दर्भमा परमेश्वरले उनीहरूलाई तीन कुराहरूमा जोड दिनुभयोः
- परमेश्वरको वचन पालन गर्नू (व्यवस्था ११:८-९)
- परमेश्वरमा भर पर्दै जिउनू (व्यवस्था ११:०-१२)
- होसियारी पूर्वक जिउनू (व्यवस्था ११:१३-१७)
जसरी हामी नयाँ वर्षमा प्रवेश गर्दैछौं यी तीन सत्यताहरू आज हामीलाई पनि उत्तिकै लाभदायक छन्। हामी जसरी नयाँ वर्षमा प्रवेश गर्छौं हामी ढुक्कसाथ, निश्चयतासाथ र आनन्दसाथ अघि बढ्न सक्छौं यो जानेर कि “वर्षको शुरूदेखि वर्षको अन्तसम्मै परमप्रभु” हुनुहुन्छ र यो नयाँ वर्ष पनि उहाँको हातमा छ। यो नयाँ वर्षभरिमा हाम्रो जीवनमा कस्ता-कस्ता परिस्थितिहरू आउने हुन् हामी जान्दैनौं तर हामी यो जान्दछौं कि “वर्षको शुरूदेखि वर्षको अन्तसम्मै परमप्रभु” को नियन्त्रण छ र उहाँको अगुवाइ, सुरक्षा र प्रबन्ध हामीले पाउनेछौं। त्यसैले हामी रमाऔं र प्रभुलाई धन्यवाद चढाऔं यस नयाँ वर्षको लागि! यस नयाँ वर्ष २०२१ मा पनि हामी उहाँको वचन पालन गर्दै, उहाँमा भर पर्दै होसियारी पूर्वक उहाँको भयमा जिऔं!