हाम्रो जीवन

 हाम्रो जीवन

हाम्रो जीवन के हो र? यो त वाफ जस्तो मात्रै हो – क्षणिक अनि शिथिल (याकूब ४ः१४)। माटोको भाँडा जस्तो – सुन्दर तर कमसल। यो जीवनको सार्थकता कुन कुरामा पाइन्छ? पैसामा? शिक्षामा? मान-सम्मानमा? येशू ख्रीष्टमा बाहेक कहिँ पनि जीवनको सार्थकता पाउन असम्भव छ।

येशू ख्रीष्टलाई आफ्नो प्रभु र मुक्तिदाताको रूपमा मानिलिनु नै हाम्रो आशा हो। उहाँमा पापको क्षमा र अनन्त जीवन छ! आफ्नो पापबाट पश्चताप गर्दै आज नै येशूमाथि विश्वास गरौं! भोलि ढिलो हुन सक्छ! ‍

साँच्चै हाम्रो जीवन के हो र? यो त वाफ जस्तो मात्रै हो – क्षणिक अनि शिथिल। तर ख्रीष्टिमा अनन्त जीवन – मृत्युमाथि विजय! हाम्रो जीवन के हो? परमेश्वरको अमूल्य उपहार, परमेश्वरको महिमाको लागि एक भाँडो! क्षणिक, शिथिल तर अब ख्रीष्टमा मूल्यवान, सार्थक! माँटोको भाँडामा बहुमूल्य धनसम्पत्ति (२ कोरिन्थी ४ः७)!

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *