होशे पुस्तक सर्वेक्षण

लेखक
– होशे––उनी इस्राएलको शुन्य समयको भविष्यवक्ता हुन् ।
– उनी मुख्यतः उत्तरी राज्य, इस्राएलका लागी भविष्यवक्ता थिए, जब इस्राएललाई अश्शुरीहरुले कब्जा गरे, उनी सेवकाइ गर्दै थिए (७२२ इ.पू) ।

मिति
– होशेको सेवकाइ करिब ७५४–७१४ इ.पू मा थियो ।
– यो चाँहि आत्मिक अन्धकारको अभुतपूर्व समय थियो र इस्राएलमा राजनीतिक अस्थिरता । यो ऐतिहासिक घटना हामी २ राजा १५–१७मा पाउँदछौँ ।

विषयवस्तु
“विश्वासघात इस्राएल र उनकी विश्वासयोग्य परमेश्वर”
– अध्याय ३मा हामी होशेको विवाहको बिछोड पढ्छौँ । उनको पत्नी, गोमेर, व्यभिचार र वेश्यावृत्तिमा लाग्दछ । होशे क्रोधित हुन्छ तापनि ऊ पत्नीलाई निरन्तर प्रेम गर्दछ र अन्तमा आफैँकहाँ ल्याउँदछ ।
– होशेको यस्तो निरन्तर प्रेमले परमप्रभुको अनन्त प्रेमको चित्रण गर्दछ । उनी अन्य देवताहरुका पछि लाग्दछिन् र आत्मिक व्यभिचारमा दोषि भेटिन्छिन् । उनी विश्वासघाती हुन्छिन् तरपनि परमेश्वर उनी प्रति विश्वासयोग्य नै रहनुहुन्छ ।
– जसरी गोमेरले होशेको प्रेमको विरुद्धमा पाप गरे त्यसरी नै इस्राएलले पनि परमेश्वरको प्रेमको विरुद्धमा पाप गरे । इस्राएलले केवल परमेश्वरको व्यवस्था विरुद्ध मात्र पाप गरेनन् तर परमेश्वरको प्रेम विरुद्ध पाप गरे !

रुपरेखा
– भूमिका, एउटा सांकेतिक कथा (अ. १–३)
– इस्राएलको सहन नसकिने पाप; परमेश्वर पवित्र हुनुहुन्द्ध (अ. ४–७) ।
– इस्राएलले सजाय पाउनेछ; परमेश्वर सही हुनुहुन्छ (अ. ८–१०) ।
– इस्राएल पुनःस्थापना हुनेछ ; परमेश्वर प्रेम हुनुहुन्छ (अ.११–१४)

चाबी पद
“हे इस्राएलीहरु हो, परमप्रभुको वचन सुन; किनकि यस देशका बासिन्दाहरुसँग परमप्रभुको एउटा मुद्दा छ ; किनभने यस देशमा न सत्यता छ, न कृपा, न परमेश्वरको ज्ञान नै छ ।” होेशे ४ः१

विशेष विशेषताहरु
– होशेले पूरै उत्तरी राज्यलाई अक्सर एप्रैम भन्दछन् किनभने १० राज्यहरुमध्ये एप्रैम सबैभन्दा ठूलो थियो ।
– होशे, यशैया र मिकाका समकालीन थिए । यशैया र मिका दक्षिणी राज्य, यहूदाका भविष्यवक्ता थिए भने होशे उत्तरी राज्य, इस्राएलका भविष्यवक्ता थिए ।

पुस्तकमा ख्रीष्ट
– होशेले ख्रीष्टको चित्रण दिन्छ । ऊ पापका लागी सताइयो, उनले प्रेम नपाएकालाई प्रेम गरे, र पापमा भएकाहरुलाई छुटाएर आफूकहाँ ल्याउन उनको पछि लागे ।

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *