होशे-मलाकीका विषयवस्तुको सारांश
साना भविष्यवाणीका पुस्तकहरुको विषयवस्तुको छोटो सारांश:
अश्शुरी संकट (ई.पू. ८००– ई.पू. ७००) – यहाँ दिइएको धेरैजसो भविष्यवक्ताहरुले इस्राएलमा सेवाकाई गर्दथे । यस समयमा यशैया ठूला भविष्यवाणीका पुस्तकका लेखक थिए तर उनको सेवाकाई यहूदामा थियो । यस समयमा दुवै इस्राएल र यहूदा अस्तित्वमा थिए । इस्राएल ई.पू. ७२२ मा कैदमा लगिने थियो ।
होशे– आफ्ना मानिसहरुको पापको खातिर पनि उनीहरुप्रति परमेश्वरको अपरिवर्तनीय प्रेम । यो प्रेम आफ्ना मानिसहरुप्रति परमेश्वरको वाचाको विश्वासयोग्यताको अभिव्यक्ति हो ।
आमोस – (यहूदाका भविष्यवक्ता जसले इस्राएलमा सेवाकाई गरे) वरिपरिका राष्ट्रहरु र इस्राएलको पापको सम्बन्धमा परमेश्वरको न्याय तर भविष्यमा पुर्नस्थापना गर्ने प्रतिज्ञा पनि ।
योना– योनाको दुश्मनी र उनीहरुको विनाशको इच्छा विपरित सबै राष्ट्रहरु र मानिसहरुको लागि परमेश्वरको प्रेम । परमेश्वरले उनीहरुको छुटकाराको इच्छा गर्नुभयो र योनाले उनीहरुको विनाशको इच्छा गरे ।
मिका (दुवै इस्राएल र यहूदामा सेवाकाई)– मानिसहरुको पापको कारण उनीहरुमाथि परमेश्वरको न्याय, विशेषगरी धनीहरुले गरीबहरुलाई गरेको दुर्व्यवहार । प्रभुको जन्म स्थान (बेथलेहेम, मिका ५:२) को विषयमा उनले गरेको भविष्यवाणीको सम्बन्धमा मिका परिचित छन् जबकि उनको पुस्तकको अन्तिम दुई अध्यायहरुमा परमेश्वर र भविष्यवक्ताबिचमा भएको संवाद समावेश छ ।
नहूम– इस्राएलको विरुद्धमा अश्शुरले गरेको क्रूरताको कारण उनीहरुमाथि परमेश्वरको भविष्यवाणी । यो विचार गर्नु महत्वपूर्ण हुन्छ कि जबकि यस पुस्तकको लेखन मिती स्पष्ट रुपमा दिइएको छैन, धेरै बाइबल विद्वान विश्वास गर्छन् कि ई.पू. ७२२ मा इस्राएलको विनाश भईसकेपछि यो पुस्तक लेखिएको थियो ।
बेबिलोनी संकट (ई.पू. ६१२– ई.पू. ५३६) – ई.पू. ७२२ मा अश्शुरीहरुले इस्राएलको विनाश गरिसकेपछि यी भविष्यवक्ताहरुले यहूदामा सेवाकाई गरे । ई.पू. ६१२ मा मादी र बेबिलोनीहरुले अश्शुरीमाथि जित हासिल गरिसकेपछि, नबुकदनेसरको अधीनमा रहेको बेबिलोन विश्वमाथि प्रभुत्व राख्न निस्कियो । यर्मिया र इजकिएल दुई प्रमुख भविष्यवक्ताहरु थिए जसले यो संकटको समयमा सेवाकाई गरे । यर्मियाले यरुशलेममा सेवाकाई गरे र इजकिएलले बेबिलोनमा कैदमा लगिएकाहरुको माझमा सेवाकाई गरे ।
सपन्याह – यस पुस्तकको विषयवस्तु अधुरो आज्ञाकारिताको मूर्खता र खतरा हो । यस भविष्यवक्ताले ऐतिहासिक परिवेश अध्ययन गर्नुको महत्व प्रस्टाएका छन् । उनले योसियाह, यहूदाका अन्तिम धर्मी राजाको शासनकालमा सेवाकाई गर्थे । यद्यपि योसियाहले धेरै सुधारका कामहरु गरे जसमा मूर्तिहरुको देशलाई शुद्ध पार्ने काम, मन्दिरको मर्मत, र निस्तार चाड मनाउने कार्यहरु पर्दछन्, यी सुधारका कामहरु कहिले पनि पूर्ण रुपमा मानिसहरुको हृदयहरुमा पस्न सकेन जसको कारण उनीहरु परमेश्वरतर्फ फर्कन सकेनन् । तसर्थ उनीहरु परमप्रभुको अनज्ञाकारितामा निरन्तर अघि बढिरहे र उहाँको क्रोध उनीहरुमा पर्यो । परमेश्वरको वचनमा यो सबैभन्दा गम्भिर पुस्तकहरुमध्ये एक हो ।
योएल– योएलको पुस्तकको विषयवस्तु प्रभुको दिन, उनीहरुको पापको कारण सलहहरुको महामारी र बेबिलोनी कैदको धम्कीद्वारा यहूदामाथि परमेश्वरको न्याय हो । तर योएलले परमेश्वरको आशिषको प्रतिज्ञाको विषयमा पनि कुरा गर्छन् । योएल २ मा पेन्टेकोस्टको दिनमा पवित्र आत्मा आउनुहुने सम्बन्धमा पत्रुसले उनको भविष्यवाणी गरेका थिए जसको अभिलेख प्रेरित २ मा पाउन सकिन्छ । संकटकाल र हजार वर्षे राज्यको समयमा योएल ३ ले प्रभुको दिनको विषयमा कुरा गर्दछ । केही आधारहरुमा हामी भन्न सक्छौं कि योएल न्याय आउनुभन्दा पहिला मानिसहरुलाई परमेश्वरमा फर्कनु भनेर उहाँले गर्नुभएको अन्तिम अपिल थिए । सम्झनुहोस् कि योएल नामको अर्थ हो यहोवा परमेश्वर हुनुहुन्छ । प्रभुको दिन आउनुभन्दा अघि परमेश्वरले मानिसहरुलाई गर्नुभएको अन्तिम बोलावट आएको छ । न्यायको सम्बन्धमा परमेश्वरको चेतावनीलाई बेवास्ता गर्नु कति मूर्खता ! कुन मानिसले आफ्नो सही होशमा परमेश्वरको क्रोध रोज्छ जब उनीहरुले उहाँको आशिषको वास्तविकता अनुभव गर्न सक्छ ? तर यहूदाका मानिसहरुले वास्तवमै यही रोजे !
हबक्कूक – यस पुस्तकको विषयवस्तु भविष्यवक्ताको हृदयको रुवाई हो कि परमेश्वरले आफ्नो राष्ट्रमा उहाँको कामलाई जीवन्त पार्नुभएको होस् । यो पुस्तक कसरी धर्मीमय परमेश्वरले आफ्ना मानिसहरु (यहूदा) लाई ठीक बाटोमा ल्याउनको लागि अधर्मी राष्ट्र (बेबिलोन)को प्रयोग गर्न सक्नुहुन्छ भन्ने कुरा बुझ्न भवियवक्ताले देखाएको असक्षमताको विषयमा भविष्यवक्ता र परमेश्वरको बिचमा सवांदको शैलीमा लेखिएको छ ।
ओबदयाह – बेबिलोनी कैदको समयमा यरुशलेमको कैदमा एदोमले यहूदीहरुमाथि गरेको व्यवहारको कारण उनीहरुमाथि परमेश्वरको न्याय । यद्यपि एदोम (एसाव) याकूबका दाजु थिए, यी दुई राष्ट्रहरुबिच यस्तो दुश्मनी बढ्यो कि एदोमीहरुले यहूदालाई सहयोग गर्नुको साटो उनीहरुलाई बेबिलोनीहरुको हातमा सुम्पिदिए । यस पुस्तकको लेखन मिति पनि दिइएको छैन ।
पुर्नस्थापनाको संकट (ई.पू. ५३९– ई.पू. ४२०) । म यसलाई तेस्रो संकट भन्दछु यद्यपि केही प्रकारमा यो बेबिलोनी संकट र कैदको निरन्तरता हो । ई.पू. ५३९ मा बेल–शज्जरको शासनकालमा बेबिलोनमाथि मादी र फारसीले जित हासिल गरे । कोरस, पर्सियाका राजाले, यस्तो घोषणा जारी गरे जसले यहूदीहरुलाई यरुशलेममा फर्केर जान र मन्दिरको पुर्ननिर्माण गर्ने अनुमति प्रदान गर्यो । यहूदीहरु ई.पू. ५३६ मा राजनैनिक अगुवा जरुबाबेल र महान् पुजाहारी येशूअको नेतृत्वमा फर्किए ।
हाग्गैले लगभग ई.पू. ५२० मा सेवाकाई गर्थे र मन्दिरको काम पूरा गर्ने प्राथमिकतासँग व्यवहार गर्थे । उनको विषयवस्तु प्रभुको काम गर्दा परिश्रमको महत्व हो । मन्दिरको कामलाई यहूदीहरुको शत्रुहरुले रोकेका थिए । प्रभुको काम नगर्नको लागि उनीहरुले गरेका सबै बाहानाहरुसँग उनले व्यवहार गरे ।
जकरिया लगभग ई.पू. ५२० मा हाग्गैको समयतिर सेवाकाई गर्ने भविष्यवक्ता थिए । यस पुस्तकको विषयवस्तु परमेश्वरको काम गर्न उहाँका मानिसहरुलाई उत्साह दिनको निम्ति परमेश्वरको उपस्थिति हो । उनले स्रोतहरुको विषयमा कुरा गर्छन् जुन स्रोतहरु परमेश्वरले आफ्ना मानिसहरुलाई गर्न दिनुभएको काम पूरा गर्नको निम्ति परमेश्वरका मानिसहरुसँग छ ।
हाग्गै र जकरियाले सेवाकाई गरेको झन्डै एक सय वर्षपछि लगभग ई.पू. ४२० मा मलाकी भविष्यवक्ताले सेवाकाई गर्थे । ई.पू. ४५८ मा एज्राको अधिनमा परमेश्वरको आराधना गर्ने कामको पुर्नस्थापना भएको थियो र ई.पू. ४४५ मा नहेम्याहको पहलमा यरुशलेमको पर्खालको पुर्ननिर्माण भएको थियो । यहूदीहरु आफ्नो राष्ट्रमा फर्केका थिएर यस्तो देखिन्थ्यो कि सबै कुराहरु सामान्य भएका थिए । तथापि, मानिसहरुसँग आत्मिक समस्या थियो जुन सतहमा देखिएको थिएन । सतहमा, सबै कुरा राम्रो भएको जस्तो देखिन्थ्यो तर त्यहाँ मानिसहरुको हृदयहरुमा वास्तविक समस्या थियो । एक व्यक्तिले मलाकीको पुस्तकको विषयवस्तुलाई “जीवित परमेश्वरसँग हराउँदै गएको सम्पर्क” भनेका छन् । सम्झनुहोस् कि यस पुस्तकले उनीहरुसँग व्यवार गरिरहेका छन् जो परमेश्वरका मानिसहरु हुन् र उहाँको सेवा गरिरहेका छन् । योय परमेश्वर र परमेश्वरसँग रहेको मानिसहरुको सम्बन्धको विषयमा गरिएको संवादको शैलीमा लेखिएको छ । त्यहाँ मानिसहरुसँग परमेश्वरको विरुद्धमा छ वटा गुनासोहरु थिए र उहाँले ती प्रत्येकको उत्तर दिनुभयो । मलाकीको पुस्तकले पूरानो नियमको विशेष प्रकाशको अन्तिम शब्दहरु बोकेको छ । अर्को पटक त्यो विशेष प्रकाश गब्रिएल स्वर्गदूतले जकरियाको समयमा र बप्तिस्मा दिने यूहन्नाको जन्मको घोषणा गर्ने समयमा दिइएको थियो।
(क्राउन नेपाल बाइबल कलेजको पाठ्यक्रमबाट साभारित)
Post Comment