१ इतिहास पुस्तक सर्वेक्षण

लेखक
– एज्रा यसका मानवीय लेखक हुन सक्छ ।
– यो सम्भावना छ १,२ इतिहासहरु र एज्रा मूलरुपमा एउटा इतिहासको कालखण्ड हुन् ।

मिती 
– इ.पू. ४५०–४२५ को बिचमा लेखियो, जब एज्राले बाकी रहेकाहरुलाई कैदबाट फिर्ता ल्याउन नेतृत्व गरे ।
– घटनाहरु २ शमूएलको पुस्तकसँग समानान्तर छन् ।

विषयवस्तु
“परमेश्वरको प्रतिज्ञा रहिरहन्छ” (हेर्नुहोस् १७ः७–१५)
– यहूदीहरु कैदमा लगिए, अहिले नयाँ पुस्ता यरुशलेम फर्कदै छन् । शहर ध्वस्त छ र दाऊलको सिंहासन हट्यो, तर परमेश्वरको प्रतिज्ञाहरु इस्राएलीहरुलाई अझै रहन्छ !
१. फर्केर हेर्दा — इस्राएलसँग महान् सम्पदा (विरासत) थियो ।
२. अगाडी हेर्दा — इस्राएलसँग परमेश्वरको प्रतिज्ञाहरु थियो ।
३. वर्तमान अवस्थामा — इस्राएलसँग परमप्रभुको उपस्थिति थियो; उहाँ तिनीहरुको साँचो राजा हुनुहुन्थ्यो । (अध्याय २९ः११,१२)

रुपरेखा
– इस्राएलको मूख्य वंशावली (अध्याय १–९)
– दाऊदको यरुशलेममा राज्य (अध्याय १०–२९)

चाबी शब्दहरु
“राज्य”
“भवन बनाए” 

चाबी पद
१ इतिहास १७ः९
“यसबाहेक म मेरो प्रजा इस्राएलका निम्ति एउटा ठाउ ठहर्याउनेछु र तिनीहरुलाई रोप्नेछु; अनि तिनीहरु आफ्नो ठाउँमा बस्नेछन्, र फेरी कहिल्यै हटाइनेछैनन्; न ता शुरुमा भएझैँ, र मैले आफ्नो प्रजा इस्राएलमाथि न्यायकर्ताहरुलाई नियुक्त गरेको दिनदेखि यता भएझैँ दृष्टताका सन्तानहरुले तिनीहरुलाई फेरि कहिल्यै कष्ट दिने छैनन् ।”

विशेष विशेषताहरु
१. वंशावलीहरु — (अध्याय १–९)
– बेबिलोनद्वारा यहूदा विनाश हुदा, धेरै परिवारहको अभिलेख नष्ट भएको थियो ।
– यी वंशावलीहरुले परमेश्वरको प्रतिज्ञाको पवित्र रेखा, जुन करिब ३,५०० वर्षमा प्रसारित भएको थियो देखाउदँछ ।
२. इतिहासहरुको परिप्रेक्ष्य (दृष्टिकोण) शमूएल÷राजाहरुको भन्दा फरक छ ।
शमूएल र राजाहरु इतिहास
भविष्यवाणीको दृश्य (न्याय) पूजाहारीको दृश्य (आशा)
सिंहासन मन्दिर
दुवै इस्राएल र यहूदा मूख्यतः यहूदा
राजाहरु दाऊदको वंश
राजनीतिक ईश्वरीय
व्यापक छनौट गरिएको

पुस्तकमा ख्रीष्ट
दाऊदसँग गरिएका प्रतिज्ञाहरु येशू ख्रीष्टको व्यक्तित्व, “दाऊदका पुत्रमा” मा पूरा हुनेछ (मत्ती १ः१) ।
– अनन्तको राज्य (१७ः४)
– अनन्तको सिंहासन (१७ः१२,१४)

Post Comment

You May Have Missed