बाइबल ज्ञान — जीवन दिने ज्ञान
Facebook ↗YouTube ↗सम्पर्क

महिलाहरूको मूल्य र भूमिका

महिलाहरूको मूल्य र भूमिका

धर्महरू महिलाप्रति कहिल्यै दयालु भएको छैनन्। अपवाद विना नै, महिलाहरूलाई पुरुषहरू भन्दा तल उभिन सिकाइन्छ। प्राचिन ग्रिक राज्यमा महिलाहरूलाई पुरुषहरू भन्दा सानो मानिन्थ्यो र पत्‍नीहरूले व्यवहारिक दासत्वको जीवन विताउनुपर्थ्यो। रोमी साम्राज्यको समयमा पत्‍नीहरूले राम्रो जीवन जिउन पाए तर पनि उनीहरू पूर्ण रुपमा पतिको नियन्त्रणमा बस्‍नुपर्थ्यो। पूराना यहूदी महिलाहरूका थोरै वैधानिक अधिकारहरू भएता पनि घरमा उनीहरूलाई सम्मानजनक व्यवहार गरिन्थ्यो। आमा भएपछि उनीहरूलाई आदर गरिन्थ्यो। सार्वजनिक मामिलाहरू गतिविधिहरूबाट महिलाहरूलाई टाढै राखिन्थ्यो। सभा घरहरूमा पुरुषहरूले यसरी प्रार्थना गर्थे, “हे परमेश्वर, विश्वका राजा, तपाई धन्यको हुनुहुन्छ जसले मलाई महिला बनाउनुभएन” , भने महिलाहरूले चाँहि यसरी प्रर्थना गर्थे, “हे हाम्रा परमेश्वर, विश्वका राजा, तपाईलाई धन्यको हुनुहुन्छ जसले मलाई तपाईको आफ्नै इच्छा अनुसार बनाउनुभयो “। संसारका धर्महरूमध्ये इस्लाम सबैभन्दा दमन गर्ने धर्म हो, विशेष गरी महिलाहरूसंग व्यवहार गर्ने कुरामा।

सुसमाचारले महिलाहरूलाई उच्च स्थान (परमेश्वरले चाहानभएको) दिँदछ। यसले साच्चिंकै स्वतन्त्रता प्रदान गर्दछ – पापको वशबाट स्वतन्त्रता प्रदान मात्र नगरी परमेश्वरको राज्यको कार्यहरूमा सहभागि हुने मौका पनि दिँदछ।

ख्रीष्टिय महिलाहरूमाथि परमेश्वरले केही सिमितताहरू राखीदिनुभएको छ। तथापि, यी सिमितताहरू उनीहरूलाई दबाउने मनसायले नभई उनीहरूको वृद्धिको लागि हो।


महिलाहरूको मूल्य:

“किनकि ख्रीष्ट येशूमाथि राखिएको विश्वासद्वारा तिमीहरू सबै परमेश्वरका सन्तान हौं। किनकि तिमीहरू जतिले ख्रीष्टभित्र वप्तिस्मा लिएका छौं, तिमीहरूले ख्रीष्टलाई पहिरेकाछौ। अब त्यहाँ न यहूदी रह्यो न ग्रीक, न कमरा न स्वतन्त्र, न पुरुष न स्त्री; किनकि ख्रीष्ट येशूमा तिमीहरू सबै एक हौ।” गलाती ३:२६-२८

यस खण्डले (विशेष गरी पद २८ ख ) ख्रीष्टमा सबै बराबर हौँ भनी सिकाउँदछ:

नयाँ नियममा हामी देख्छौं कि:

महिलाहरूलाई सुसमाचारका सहभागी बनाइएको थियो:

  • फिलिप्पीमा, परमेश्वरले लिडियाको हृदय खोल्नुभयो – प्रेरित १६:१४
  • थेस्सलोनिकाका धेरै प्रमुख स्त्रीहरूले पावलको प्रचार सुनेर विश्वास गरे – प्रेरित १७:४
  • वेरियामा, धेरै घरानियाँ स्त्रीहरू बचाइए – प्रेरित १७:१२
  • एथेन्समा, डामारिस नामकी स्त्रीले विश्वास गरिन् – प्रेरित १७:३४

    महिलाहरूलाई बप्तिस्मा दिइयो:
  • वप्तिस्माद्वारा परमेश्वरमा (उहाँको शरीर – यरुशलेम मण्डली) थपिने विश्वासीहरूमध्ये स्त्रीहरू पनि थिए – प्रेरित ५:१४ हेर्नुहोस्: प्रेरित २:४१,४७
  • प्रचारक फिलिपको प्रचार सुनी दुवै पुरुष र स्त्रीहरूले विश्वास गरे र वप्तिस्मा लिए – प्रेरित ८:१२
  • मुक्ति पाएपछि लिडियालाई शहर बाहिरको नदीमा वप्तिस्मा दिइयो – प्रेरित १६:१३-१५

    महिलाहरू मण्डली सेवकाइमा सहभागी भए:
  • स्त्रीहरू, पुरुषहरूसंगै माथिल्लो कोठामा भेला भई एकै मनको भएर प्रार्थना र विन्ती चढाउनमा निरन्तर लागिरहे – प्रेरित १:१३,१४
  • तबीथा (डोरकास) नाम भएकी एउटी चेली उनका असल कामहरूको दानहरूको कारणले गर्दा चिनिएकी थिइन् – प्रेरित ९:३६
  • यूहन्‍ना मर्कूसकी आमा, मरियमले प्रर्थना सभाको लागि आफ्नो घर खुल्ला गरिन – प्रेरित १२:१२
  • प्रिस्किल्ला र उनको पतिले अपोल्लोसलाई परमेश्वरको वचनलाई ठीकसंग बुझ्‍न सिकाए – प्रेरित १८:२,२६
  • स्त्रीहरूले पावलसंगै सुसमाचारको लागि मेहनत गरे – फिलिप्पी ४:३

     रोमी १६ मा पावलले यस्ता सात महिलाहरूको सुचि दिएका छन्:

  • प्रिस्किल्ला – ख्रीष्टमा सहकर्मी (पद ३)
  • मरियम – खुबै मेहनत गर्ने (पद ६)
  • ट्रिफैना – प्रभुमा मेहनत गर्ने (पद १२ क)
  • ट्रिफोसा – प्रभुमा मेहनत गेर्ने (पद १२ क)
  • प्रिया पेर्सिस – जसले खुबै मेहनत गरिन् ( पद १२ ग)
  • रुफसकी आमा – पावलकी आमा बनिन् ( पद १३)
  • फिवी– पद १

यस पद को चाबी शब्द “मेहनत” हो – कार्य, सेवा, गतिविघि।

  • स्त्रीहरू पनि ख्रीष्टमाथिको आफ्नो विश्वासको खातिर सतावटमा परे।

“अनि शाउलले तिनको हत्यामा सहमति दिइरहेका थिए। अनि त्यस समयमा यरुशलेममा भएका मण्डलीको विरोधमा एउटा ठूलो सतावट परिआयो; अनि प्रेरितहरू बाहेक तिनीहरू सबै यहुदिया र सामरियाको इलाकाहरूभरि छरपुष्ट भए। अनि भक्त जनहरूले स्टिफनसलाई लगेर गाडे, र तिनका निम्ति ठूलो विलाप गरे। तर शाउलले चाँहि मण्डलीलाई उजाड पारिरहेका थिए, घर-घर पसेर, पुरुष र स्त्रीहरूलाई घिसारेर झ्यालखानामा हाल्थे। – प्रेरित ८:१-३

“अनि दुवै पुरुष र स्त्रीहरूलाई बाँधी – बाँधीकन र झ्यालखानाहरू भित्र हाली – हालीकन मैले यस ‘मार्गलाई मृत्यसम्म नै सताएँ”। – प्रेरित २२:४


महिलाहरू प्रभु येशू ख्रीष्टद्वारा आदर गरिए:

  • सामरियाकी स्त्रीलाई उनको आत्माको मुक्ति बारे व्यक्तिगत रुपमा बताउन येशूले समय लिनुभयो – यूहन्‍ना ४:७-२६
  • प्रभुले आश्चर्यसित खुवाउनुभएको ठूलो भीडमा स्त्रीहरू पनि समावेश गरिएका थिए –
    मत्ती १४:१५-२१
  • कनानी स्त्रीमा भएको ठूलो विश्वासको कारण प्रभु येशूले उनलाई जावाफ दिनुभयो – 
    मत्ती १५:२१-२८ । हेर्नुहोस्: लुका ८:४३-४८
  • येशूको पाउमा वसी उहाँको वचन सुन्‍ने मरियमको उहाँले प्रशंसा गर्नुभयो – लुका १०:३९
  • स्त्रीहरूले गरेका बहुमूल्य वलिदानहरूको उहाँले गर्नुभयो – लुका ७:३६-३८; लुका २१:१-४;
    यूहन्ना १२:१-७
  • विवाहलाई पवित्र पारेर र सम्बन्धविच्छेदलाई निषेध गरेर येशूले माहिलाहरूलाई सम्मान दिनुभयो – मत्ती ५:३१,३२; १९:३-९; मर्कूस १०:२-१२; लुका १६:१८ (ख्रीष्टको समयमा एक यहुदी पुरुषसंग आफ्नी पत्‍नीलाई सम्बन्ध विच्छेद दिने कानुनी अधिकार थियो।)     
  • वौरिउठाइपछि प्रभुले सबै भन्दा पहिला मरियम मग्दलीलाई भेट्नुभयो – मर्कूस १६:९

    महिलाहरूलाई मण्डलीहरूमा उच्च आदर दिइन्थ्यो:

“…. वृद्धा स्त्रीहरूलाई आमाहरूलाई झै, साना उमेरकाहरूलाई बहिनीहरूलाई झै सम्झाउ… विधवाहरूलाई आदर गर” – १ तिमोथी ५:१-३

यी सम्बन्धहरू पूर्ण शुद्धतामा कायम गरिनुपर्दछ; कुनै पनि बेठीक कार्यहरू कदापी हुनुहुँदैन।


महिलाहरू आफ्नो पतिसंगै सेवकाइमा लागे:

  • १ कोरिन्थी ९:५ मा पावलले मण्डली स्थापना गर्न जाने यात्राहरूमा आफूसंग पत्‍नीलाई लाने अधिकार छ भनी दावी गरेका छन्।

(यो लेख ‘सेवाकाइमा महिला’ नामक पुस्तकबाट साभार गरिएको हो।)