रूथ

नजिकको नातेदारको छुटकाराको पुस्तक

रूथको पुस्तक

बाइबल खोजी – तपाईको आत्मिक उन्‍नतिको लागि!

रूथको पुस्तकको खोजी (अध्ययन)

रूथको पुस्तक एक सुन्दर प्रेम कहानी हो। तर यो भन्दा ठूलो कुरा यो पुस्तक ईश्वरीय सुन्दर छुटकाराको प्रस्तुति हो। बोअज जो रूथको नजिकको नातेदार थिए, उनले रूथलाई दाम तिरेर छुटाए र आफ्नो बनाए। रूथ जो अन्यजाति स्त्री थिइन्, परमेश्वरको अनुग्रहको कारण येशूको वंशमा सहभागि हुन पाइन्।