आराधना युद्ध
आराधना युद्ध नयाँ वाक्यांश हुन सक्छ, तर यसले कैन जीवित परमेश्वरको साँचो आराधनाबाट विचलित भएको समयदेखिको परिस्थितिलाई व्यक्त गर्दछ ।
कहिलेकाहीँ आराधना युद्धहरुले वास्तविक, शारीरिक युद्धलाई पनि समेट्छ, जसमा रगत पनि बहन्छ ।
आराधना युद्धहरु मूलतः दुई मुद्दाहरुको कारण लडिएको छ ।
१. पहिलो युद्ध यो हो कि, “हामीले कसको आराधना गर्ने?”
क. यसको उत्तर यहूदीहरुलेसेमा भन्नेमा समावेश छ र येशूले महान् आज्ञा भन्नुभयो व्यवस्था ६:४-५ – हे इस्राएल सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ; ५अनि तिमीले परमप्रभु आफ्ना परमेश्वरलाई तिम्रो सारा हृदय, तिम्रो सारा प्राणले र तिम्रो सारा शक्तिले प्रेम गर्नू !
ख. अर्को शब्दहरुमा, त्यहाँ एक जना र एक मात्र हुनुहुन्छ जसप्रति सहिरुपमा आराधना गर्न निर्देशन दिइएको छ – यहोवा, प्रभु, बाइबलका परमेश्वर ।
ग. बाइबलको परमेश्वरबाहेक अरु कुनै ईश्वरलाई दिइएको आराधना मूर्तिपूजा हो र यो प्रभुलाई मन नपर्ने कार्य हो – किनकि “म, परमप्रभु तिम्रा परमेश्वर जलन राख्ने ईश्वर हुँ” (प्रस्थान २०:५) ।
अ. मूर्तिलाई प्रभुको नामले बोलाए पनि, यो केवल मूर्ति हो ।
घ. बाइबलले परमेश्वरलाई जसरी प्रकट गरेको छ हामीले उहाँलाई त्यही अनुरुप आराधना गर्नुपर्छ । हामीले उहाँलाई हाम्रो आफ्नै कल्पना वा हाम्रो आफ्नै इच्छाहरु अनुसार उहाँलाई बनाउन सक्दैनौं ।
अ. प्रस्थान ३२ मा हारुनले इस्राएलको “एलोहिम” भनेर घोषणा गरेको सुनको बाच्छोको विरुद्धमा मोशा युद्धमा गए ।
आ. गलाती १ मा पावलले “अर्को सुसमाचार” प्रचार गर्ने जो कोहीलाई श्राप दिए जसले साँचो काम र जीवित परमेश्वरको प्रकृतिलाई इन्कार गरे ।
इ. यूहन्ना २:१७ मा येशू आफैले कपटी यहूदीहरुले मन्दिरबाट बाहिर धपाउनुभयो, “तपाईको घरको जोशले मलाई खाइसकेको छ ।”
२. दोस्रो मुद्दा यो हो कि, “हामीले कसरी आराधना गर्नुपर्छ?”
क. आराधना उपासकसम्म मात्र अस्तित्वमा हुँदैन, तर परमेश्वर जसको आराधना गरिनुपर्ने हो उहाँको महिमाको लागि हो ।
ख. आराधनाको प्रत्येक कार्यमा सबैभन्दा महत्वपूर्ण प्रश्न यो हो, “परमेश्वरलाई के कुराले खुशी पार्छ?”
अ. जब हामी साँचो रुपमा परमेश्वरको आराधना गर्दछौं, हामी आफैलाई खुशी पार्न खोज्दैनौं, तर परमेश्वरलाई खुशी पारौं जसप्रति हाम्रो आराधना निर्देशित छ ।
ग. हामी कसरी जान्न सक्छौं परमेश्वर केले खुशी हुनुहुन्छ? हामी कसरी जान्दछौं परमेश्वर हामीले उहाँलाई आराधनामा के चढाएको चाहनुहुन्छ?
अ. परमेश्वरले हामीलाई बताउनुपर्छ । उहाँले हामीलाई नबताउनुभएसम्म, हामीसँग थाहा पाउने कुनै उपाय छैन ।
आ. तसर्थ, परमेश्वरले हामीलाई हाम्रो आराधनामा के–के तत्वहरु समावेश गर्नु भनी अधिकार दिनुभएको छ जुन पत्ता लगाउन हामीले पवित्रशास्त्रहरुमा खोजी गर्नुपर्छ ।
इ. परमेश्वरले हामीबाट जति पनि तत्वहरुको माग राख्नुहुन्छ, हामीले ती सबै कुरा चढाउनुपर्छ ।
१. उहाँलाई नचाहिएको कुरा यदि हामीले चढायौं भने, हामीले बहाना गर्न सक्दैनौं कि हामीले उहाँलाई खुशी पार्न चढाइरहेका छौं ।
क. हामीले आफैलाई अधिकार सहित यशैयाको प्रश्न गर्न सक्छौं, “कसले तिमीहरुको हातबाट यो मागेको छ?” (यशैया १:१२) ।
ई. कसैले आफ्नो प्रार्थनामा केही तत्वहरु चढाउँछन् जुन परमेश्वरलाई चाहिँदैन ।
१. किन? परिभाषा अनुसार, उनीहरुले परमेश्वरलाई खुशी पार्न ती गरिरहन सक्दैनन् ।
क. त्यसैले उनीहरुले त्यो आफैलाई वा अरुहरुलाई खुशी पार्न गरेका हुन सक्छ ।
ख. उनीहरुले जे आराधना भनी विश्वास गरेका छन् त्यो उनीहरुको आफ्नै इच्छाहरु वा अरुहरुको कृपाको लागि निवेदन गर्न मुखौटा बन्न पुग्छ ।
ग. उनीहरुले आफैलाई वा अरुहरुलाई जसलाई खुशी पारे पनि, उनीहरुले जेलाई आराधना भन्छन् त्यो वास्तवमा मूर्तिपूजा हो – पावल प्रेरितले यसलाई “आफ्नो इच्छा अनुसारको पूजा” भन्छन् (कलस्सी २:२३) ।
उ. परमेश्वरले आज्ञा गर्नुभएको तत्वहरु पनि असल वा खराब तरिकाले चढाउन सकिन्छ ।
१. यदि हामी परमेश्वरलाई खुशी पार्ने विषयमा गम्भिर छौं भने, हामी असल तरिका छनौट गर्छौं र आराधनाको कुनै पनि अभिव्यक्तिलाई हटाउदछौं जसले पवित्र कुराहरुलाई अवमूल्यन गर्छ वा हल्कासित लिन्छ ।
२. हामी किन अवमूल्यन गर्ने वा हल्कासित लिने कुराहरुको विषयमा चिन्तित हुनुपर्छ?
क. पहिलो, किनभने तुच्छ ईश्वरहरु बाइबलको परमेश्वर होइनन् ।
अ. यदि हामीले आराधनामा परमेश्वर र परमेश्वरका कुराहरुलाई हल्का रुपमा लिई रहेका छौं भने, हामीले प्रभावकारी रुपमा उहाँलाई फरक ईश्वरमा परिणत गर्दैछौं – बाइबलको परमेश्वरमा होइन । यो, पनि, मूर्तिपूजा हो ।
आ. दोस्रो, किनभने पवित्रशास्त्रमा हामीलाई प्रभु हाम्रा परमेश्वरको नाम व्यर्थमा लिन मनाही गरिएको छ ।
क. यसको अर्थ परमेश्वरको विषयमा खाली, विचारहिन, वा सतही तरिकामा बोल्नु हो । ख. आराधनालाई तुच्छ वा महत्वहीन गर्ने अभिव्यक्तीहरुले पवित्र कुराहरुलाई अपवित्र गर्दछन् र तेस्रो आज्ञालाई भंग गर्दछ – प्रभु आफैंले हामीलाई बताउनुभएको छ कि जसले उहाँको नाम व्यर्थमा लिन्छ उहाँले उनीहरुलाई दोषरहित मान्नुहुन्न ।