अन्यौलताबीच परमेश्वर
दानिएल २ अध्यायमा ठूलो अन्यौलताको घटना देखिन्छ। राजा नबुकद्नेस्सरले एउटा सपना देखेका छन् र उनले आफ्ना बुद्धिमान मानिसहरूलाई सपना र त्यसको अर्थ बताउन भनेका छन्। यो कार्य गर्न उनीहरू असमर्थ हुन्छन् र राजा क्रोधित हुँदै राज्यका सबै बुद्धिमान मानिसहरूलाई मार्ने उर्दि दिन्छन्। यो अत्यासलाग्दो परिस्थितिमा आँत्तिनु र निराश हुनुको साटो दानिएलले परमेश्वरलाई चिन्ने आफ्ना साथीहरूलाई भेला गराउँछन् र सँगै परमेश्वरलाई पुकार्छन्। अन्ततः परमेश्वरले विजय दिनुहुन्छ!
के तपाई पनि आज अन्यौलताको परिस्थितिमा हुनुहुन्छ? अत्यासलाग्दो, अनिश्चित अवस्थामा हुनुहुन्छ? आँत्तिनुभएको छ? निराश हुनुहुन्छ? नबिर्सौं आज पनि हाम्रा महान परमेश्वर स्वर्गको सिंहासनमा विराजमान हुनुहुन्छ। अन्यौलतबीच परमेश्वरलाई निबिर्सौं!
- अन्यौलतामा परमेश्वरलाई पुकारौं
“तब दानिएल आफ्नो घर गए…स्वर्गका परमेश्वरबाट कोमल कृपा पाउनलाई विन्ती गरून्” दानिएल २:१७, १८
- अन्यौलतामा परमेश्वरको सार्वभौमतालाई सम्झौं
“अनि समयहरू बेलाबखतहरू उहाँले नै बदली गर्नुहुन्छ; उहाँले राजाहरूलाई हटाउनुहुन्छ र राजाहरूलाई बसाल्नुहुन्छ…” दानिएल २:२१
- अन्यौलतामा परमेश्वरको प्रशंसा गरौं
“हे मेरा पितापुर्खाहरूका परमेश्वर, म तपाईलाई धन्यवाद दिन्छु र तपाईको प्रशंसा गर्छु…” दानिएल २:२३