About

हाम्रो बारेमा

‘बाइबल ज्ञान’ सेवाकाइ बाइबलको सत्यताहरू प्रष्ट पार्ने सेवाकाइ हो। परमेश्‍वरको वचन बाइबलको ज्ञानको अभावले मानिसहरू संसारभर आत्मिक रूपमा पिडित अवस्थामा छन्। अझै दुख लाग्दो कुरा यो हो कि बाइबल प्रचारिए पनि धेरै ठाउँमा बाइबलको सहि व्याख्या नभएको स्थिति छ। यस सन्दर्भमा यस सेवाकाइको उद्देश्य बाइबलका सत्यताहरू सहि रूपमा वर्णन गर्नु हो, परमेश्वरको वचनलाई ठीक ठीकसँग छुट्यानु हो। बाइबलका शिक्षाहरू सम्बन्धि सारा प्रकारका भ्रमहरू र गलत बुझाइहरूको प्रतिवाद गर्नु हो।

परमेश्‍वर जसले सारा आकाश र पृथ्वी लगायत सम्पूर्ण प्राणीहरू सृष्टि गर्नुभयो, बाइबल उहाँको वचन हो। हरेक मानिसले बाइबलको ज्ञानद्वारा परमेश्‍वरको इच्छा र सत्यताहरू जान्‍न सक्दछ। अवश्य पनि धेरै जना बाइबल परमेश्वरको वचन भनी मान्‍न तयार छैनन्। तर हरेक जसले निस्वार्थ र बिलकुल इमान्दारितामा बाइबलको सहि अध्ययन गर्दछ, उसले बाइबल परमेश्‍वरको वचन भएको ठहर गर्नेछ।

यस सेवाकाइको उद्देश्य मानिसहरूमा बाइबलको ज्ञान जबरजस्ती लाद्नु होइन तर हरेक जसले बाइबलका शिक्षाहरू बुझ्‍न चाहन्छन् ती सबैका लागि यस सेवाकाइले सुन्दर अवसर प्रदान गर्दछ। स्वइच्छाले बाइबलका शिक्षाहरू जान्‍न चाहनेहरूका निम्ति यस सेवाकाइले आफ्ना प्रश्‍नहरूको उत्तर दिने प्रयास गर्नेछ। बाइबलको ज्ञानले तपाईको जीवन परिवर्तन गर्न सक्दछ। के तपाई त्यो ईश्‍वरीय परिवर्तन चाहानुहुन्छ?

अनि जतिजना परमेश्‍वरको जनहरू हुनुहुन्छ जो वचनको ज्ञानमा अझै बढ्न चाहानुहुन्छ, आशा छ यस सेवाकाइले तपाईलाई मद्दत गर्नेछ। होशे ४ः६ मा लेखिएको छ, “मेरो प्रजा ज्ञानको अभावले नष्ट भयो…” परमेश्‍वरको वचनको ज्ञानको अभावले हाम्रो जीवनमा आशिष होइन विनाश र हानि ल्याउँछ। हामी हरेक विश्‍वासी येशू ख्रीष्टको पहिचान (ज्ञान) र अनुग्रहमा बढ्दै जानु पर्दछ। यस सेवाकाइले तपाईलाई वचनको ज्ञान र अन्तत परमेश्‍वरको ज्ञानमा बढ्दै जान सहयोग गरोस्। तपाईलाई ‘बाइबल ज्ञान’को सेवाकाइमा हार्दिक स्वागत छ!

(लेखक खुलाईएका लेखहरू बाहेक यस वेबसाइटमा भएका लेखहरू आदर्श गुरूङका लेखहरू हुन्।)

थप जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस्।


हाम्रो विश्वास


सम्पर्क

All Rights Reserved. The distribution or reprint in any form of the articles without the prior permission is unacceptable.

सर्वाधिकार सुरक्षित। यस वेबसाइटका लेखहरूको अनुमतिविना गरिने वितरण र कुनै पनि तरिकाको छपाइ अवैध र अमान्य हुनेछ।

बाइबल अध्ययनको लागि – क्राउन नेपाल बाइबल कलेज​