जोन न्यूटन

 जोन न्यूटन

जोन न्यूटन ७ वर्ष हुँदा उनको आमा बितिन्। उनको आमा बलियो विश्वासी थिइन् र आफ्नो छोरा परमेश्वरको काममा लागेको चाहान्थिन्। तर जब जोन न्यूटन ११ वर्ष भए उनी आफ्नो बुबासँग पानी जहाजमा काम गर्न थाले। उनले केहि वर्षहरू जहाजमा काम गरेर निकै अनुभव बटुले। त्यसपछि उनी बेलायती जलसेनामा पनि भर्ती भए। तर जवान जोन न्यूटन अनुशासनहिन थिए र जलसेनाबाट उनी निश्काषित भए। झनै उनी रिस्साह र झगडालु बन्दै गए। उनी फेरि जहाजमा काम गर्न थाले र जहाजमा काम गर्नेहरूमध्ये सबैभन्दा नीच र भ्रष्ट उनी नै थिए। छाडा बोल्‍ने, ढाँट्ने, झगडा गर्ने त उनको सामान्य दिनचर्या भईसकेको थियो। सबैभन्दा दुष्ट हुनमा उनी गर्व गर्थे।

तर सन् १७४८, मार्च २१ को दिन न्यूटन चढेको जहाज ठूलो आँधीबेहरीमा पर्‍यो। धेरै प्रयास बावजुत पनि जहाजलाई बचाउन नसिने अवस्था भयो। न्यूटनसँगै काम गर्नेहरू कति जना त डुबेर मर्न पुगे। न्यूटन पनि डुब्‍नै लागेका थिए। आफ्नो जीवनको यस डरलाग्दो परिस्थितीमा न्यूटनले परमेश्वरलाई पुकारे – “प्रभु, मलाई कृपा देखाउनुहोस्”। साँच्चै परमेश्वरको अचम्मको अनुग्रहमा उनको त्यस दिन शरीर मात्रै होइन प्राण पनि बाँच्यो। उनले पश्चताप गरे र आफ्नो जीवन परमेश्वरको सेवा र महिमाको लागि सुम्पने अठोट गरे। उनले ‘ओल्‍ने’ नामक एउटा गाउँमा १६ वर्ष प्रचारकको रूपमा सेवा गरे। पछि गएर अर्को मण्डलीमा पनि उनले २७ वर्ष सेवा गरे।

यसरी एक दुष्ट व्यक्ति जोन न्यूटन परमेश्वरको अचम्मको अनुग्रहको कारण एक धर्मी जन अनि परमेश्वरको सेवक बने। उनको सेवाकाइबाट धेरैले उत्साह पाए। उनले लेखेका थुप्रै भजनहरू आज पनि मण्डलीहरूमा गाइन्छन्। उनले लेखेको एक भजन हाम्रोबीचमा अति प्रिय छ – “अचम्मको अनुग्रहले बाँच्यो तुच्छ प्राण मेरो; हराएको थिएँ अब पाइएको छु, अन्धो देख्‍ने भएँ…” साँच्चै जोन न्यूटनको जस्तै थुप्रै तुच्छ प्राणहरू परमेश्वरको अद्भूत अनुग्रहको कारण बाँचेको छ। परमेश्वरको महिमा होस्!

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *