परमेश्‍वरको सहकर्मी

परमेश्‍वरले हामीलाई उहाँको निम्ति सहकर्मी हुनको निम्ति सृष्टि गर्नुभयो

परमेश्‍वरले हामीलाई उहाँको सहकर्मी हुनको निम्ति सृष्टि गर्नुभयो । प्रेरित पावलले १ कोरिन्थी ३:९ मा कोरिन्थीहरुको निम्ति एक सुन्दर वाक्यांश प्रयोग गरेका छन्, जसले भन्दछ,“किनकि हामी परमेश्‍वरका सहकर्मीहरु हौं ।” परमेश्‍वरको अभिप्राय यहाँ प्रकट भएको छ ।

जब हामी हाम्रा मुक्तिदाता येशू ख्रीष्टको बहुमूल्य रगतद्वारा परमेश्‍वरसँग मिलापमा आयौं, जब हाम्रो पापको ऋण क्षमा भयो र ख्रीष्ट हामीमा बस्‍न आउनुभयो, हामी ख्रीष्ट येशूमा नयाँ सृष्टि भएका छौं ।हामीले आफूलाई अविश्वासी संसारसँग दाँजेको परमेश्‍वर चाहनुहुन्‍न । ख्रीष्टियन जीवन त्यस्तो जीवन होइन जुन अलि असल छ; यो पूर्णतया फरक छ । हामी उहाँसँग पुनःस्थापित र मिलापमा रहेका छौं । उहाँ हाम्रो परमेश्‍वर हुनुहुन्छ, र हामी उहाँको सन्तान । उहाँ हाम्रो सृष्टिकर्ता हुनुहुन्छ, र हामी यो जान्दछौं गर्छौं कि हामी उहाँ सँगै सहकर्मी हुनको निम्ति सृष्टि गरिएका हौं ।उत्पत्ति १:२४-२७ फेरी ध्यानपूर्वक पढ्नुहोस् जसले भन्दछ,

अनि परमेश्‍वरले भन्‍नुभयोः “पृथ्वीले आफ्नो-आफ्नो जातिअनुसार जीवित प्राणी अर्थात् आफ्नो-आफ्नो  जातिअनुसार घरेलु पशु, घस्रने जन्तु र पृथ्वीका वनपशु उत्पन्‍न गरोस् !” तब त्यस्तै भयो । अनि परमेश्‍वरले पृथ्वीका वनपशुलाई त्यसको आफ्नै जातिअनुसार, घरेलु पशुलाई त्यसको आफ्नै जातिअनुसार र पृथ्वीका घस्रने जन्तुलाइ त्यसको आफ्नै जातिअनुसार बनाउनुभयो; अनि परमेश्‍वरले देख्‍नुभयो, त्यो असल थियो । अनि परमेश्‍वरले भन्‍नुभयोः “हामी मानिसलाई हाम्रै स्वरुपमा, हाम्रै समानतामा बनाऔं, र तिनीहरुले समुन्द्रका माछामाथि, आकाशका पक्षीहरुमाथि र घरेलु पशुमाथि, साथै सारा पृथ्वीमाथि र पृथ्वीमाथि घस्रने हरेक घस्रने जन्तुमाथि अधिकार राखून् !

पद छब्बीसमा परमेश्‍वरले भन्‍नुभयो,” हामी मानिसलाई हाम्रै स्वरुपमा, हाम्रै समानतामा बनाऔं ” ।पद सत्ताईसले घोषणा गर्दछ,“अनि परमेश्‍वरले मानिसलाई आफ्नै स्वरुपमा सृष्टि गर्नुभयो; उहाँले तिनलाई परमेश्‍वरको स्वरुपमा सृष्टि गर्नुभयो; उहाँले तिनीहरुलाई नर र नारी गरेर सृष्टि गर्नुभयो ।”परमेश्‍वरले हामीलाई उहाँसँग संवाद गर्न र उहाँ हामीसँग संवाद गर्न बनाउनु भयो ।

परमेश्‍वर, मानव जातिसँग उहाँको अद्वितीय तरिकाले, वनस्पति र जैविक जीवनभन्दा माथि रहेर, मानव जातिलाई यस प्रकियाले सृष्टि गर्नुभयो कि मानिसमा अरु मानिससँग संवाद गर्ने क्षमता मात्र होइन, तर परमेश्‍वरसँग संवाद गर्ने क्षमता पनि छ । उहाँले मानिसको यस किसिमले रचना गर्नुभयो कि परमेश्‍वर मानिससँग संवाद गर्न सक्‍नुहुन्छ ।

जब हामी प्रार्थनाको विषयमा बोल्छौं, हामी परमेश्‍वरसँग संवादको विषयमा कुरा गरिरहेका हुन्छौं । यस हेतुमा, हाम्रो प्रार्थनाको जीवन नै हाम्रो ख्रीष्टियन जीवन हो । परमेश्‍वरले मानिसलाई उहाँसँग संवाद गर्न मात्र सृष्टि गर्नुभएन, तर हामी परमेश्‍वरका सहकर्मी हुनसकौं भनेर । यसैकारण यस संसारमा परमेश्‍वर के गर्न चाहनुहुन्छ हामीले यसमा विशेषमहत्व दिनुपर्छ । मानिसको सृष्टि गर्नुमा परमेश्‍वरको वास्तविक अभिप्राय यो थियो कि मानिसले यस संसारमा परमेश्‍वरलेगर्न चाहनु भएको कामलाई पूरा गरोस् ।

के मेरो जीवन परमेश्‍वरको इच्छामा सुम्पिएको छ? अर्को शब्दमा, मैले आफैँलाई पूर्ण रुपमा, सबै समेटेर, यस संसारमा परमेश्‍वरजे गरिरहनु भएको छ त्यसको निम्ति दिनुपर्छ । यसले मलाई हाम्रो परमेश्‍वरको योजना बुझ्न सक्षम बनाउदछ ।

मत्ती मुरे नाम भएको मानिसको मृत्यु सन् १८७३भयो । उसको मृत्यु हुनु भन्दा चालिस वर्ष पहिला, उनी घोडाले तान्‍ने बग्गीको दुर्घटनामा परे र जीवनभर अपाङ्ग रहे । मुरे समुन्द्रविज्ञानमा धेरै नै रुचि राख्‍ने मानिस थिए । उसले भजनसंग्रह ८:१-९ मा पढे।

एक साँचो ख्रीष्टियनको रुपमा जब मत्ती मुरेले यो वाक्यांश पढे, “समुन्द्रका मार्गहरु,”यसले यो तथ्यको ज्ञान खोलिदियो कि जमिनमा खोलाहरु भए जस्तै समुन्द्रमा मार्गहरु छन् । वास्तवमा ती नदीहरु मानिसले यात्रा गर्ने बाटोहरु हो, पानीका मार्गहरु जसद्वारा भएर मानिसहरु एक ठाँउबाट अर्को ठाउँमा हिँड्न सक्छन् । प्रायः प्राचिन शहरहरु नदीको नजिकमा निर्माण गरिएका थिए किनकि नदीहरु जमिनको पहिलो राजमार्गहरु थिए ।

मुरेले बाइबलबाट यो बुझे कि परमेश्‍वरले समुन्द्रहरुमा मार्गहरुको रचना गर्नुभएको छ ।जब उसले यस सम्बन्धमा काम गर्न थाले, क्यालिफोर्नियाबाट न्यू योर्क पुग्‍नसमुन्द्रमा १८७ दिन लाग्यो । तर यी मानिसले यो पत्ता लगाए कि परमेश्‍वरले समुन्द्रमा लहरहरु सिर्जना गर्नुभएको छ । उसले यी लहरहरु कहाँ छन् पत्ता लगाउन सुरु गरे ।

उनको पृष्ठभुमी एक जल सेनाको अधिकृत भएका उनले सजिलैसमुन्द्रका लहरहरु पत्ता लगाए ।उनले समुन्द्रका नक्साहरु बनाए, जसरी जमिनमा नक्साहरु कोरिन्छन् । समुन्द्रमा नक्साहरु कोरिसके पछि उनी जहाजहरुलाई समुन्द्रका ती मार्गहरु भएर लैजान सक्षम भए, र क्यालिफोर्नियाबाट न्यू योर्क पुग्‍न लाग्ने समय १८७ दिनबाट घटेर ११० दिनमा सिमित भयो । (अवश्य पनि यो त एक उदाहरण मात्र हो ।)

कसैले पछाडीबाट भन्‍न सक्ला,”यो त अचम्मको छ, होइन त?” यो अद्‍भुत हो । उनी अद्भुत मानिस थिए जोजीवनका अन्तिम चालिस वर्षहरुमा अपाङ्ग थिए । “एक अद्भुत दिमाग !” तपाई भन्‍नुहुन्छ । हो, उनीसँग अद्भुत दिमाग थियो । तर त्यो भन्दा बेसी, ऊ प्रभु येशू ख्रीष्टमा विश्वासी थिए जसले यो जानेका थिए कि परमेश्‍वरले हामीलाई उहाँसँग सहकर्मी हुनको निम्ति सृष्टि गर्नुभयो र उसको कार्यभार परमेश्‍वरले यस संसारसँग के गर्नुभयो र के गर्दै हुनुहुन्थ्यो पत्ता लगाउनु थियो । यसैले उसले समुन्द्रका मार्गहरु पत्ता लगाए ।परमेश्‍वरले आफ्नो सन्तानहरुलाई कतिआश्‍चर्यका आविष्कारहरु दिनुभएको छ ।

जीवनको भण्डारीपन सम्बन्धमा, हामी एक्लै छैनौं । जसरी परमेश्‍वरले दिनको शितल क्षणमा हिड्दै आदमलाई बोलाउनुभयो (परमेश्‍वर आदमसँग बगैँचामा प्रायः डुल्नुहुन्थ्यो, विना शंका,पाप आउनु अघि र पापले अलग पार्नु अघि), परमेश्‍वर हामीसँग डुल्न, मार्गनिर्देशन गर्न, उहाँको मार्ग देखाउन, र उहाँ यस संसारमा के गरिरहनु भएको छ थाहा दिन चाहनुहुन्छ । उहाँ हामीलाई उहाँसँग सहकर्मीको रुपमा संलग्‍न गराउन चाहनुहुन्छ । सोच्नुहोस् कसरी यसले हामीले गर्ने कामलाई उच्‍च पार्ने र महिमा दिने काम गर्दछ जब हामी यो बुझ्छौं कि हामी परमेश्‍वर सँगै सहकार्य गरिरहेका छौं ।

मत्तीको सुसमाचारमा हामी तोडाहरु सम्बन्धी दृष्टान्त पाउँदछौं । मत्ती २५:१५-२३

“प्रभुको आनन्द” भनेको के हो? यो अझ धेरै कार्य हो ! त्यो मानिस जसले तोडालाई व्यापारमा लगाउँछ र लगानीलाई विस्तार गर्छ । परमेश्‍वरले उसलाई यो भन्‍नुभएन, “अब त्यहाँ जाऊ र आराम गर ।” परमेश्‍वरले उसलाई भन्‍नुभयो, “अब तिमीसँग गर्नलाई अरु कामहरु छन् ।” परमेश्‍वरसँगको सहकार्यले हामीलाई उहाँसँग अझ धेरै काम गर्न उत्प्रेरित गर्छ।

तपाईं र मैले यो बुझ्न आवश्यक छ कि परमेश्‍वर यस संसारमा उहाँको काम गरिएको चाहनुहुन्छ, र उहाँले हामीलाई सृष्टि गर्नुभयो (जब हामी उहाँमा छुटकारा पायौं र उहाँसँग मिलापमा छौं), उहाँसँग परिश्रम गर्न र उहाँको कार्य गर्नका लागि ।जब हामी एक क्षेत्रमा विश्‍वासयोग्य साबित हुन्छौं, उहाँ हाम्रो भण्डारीपनविस्तार गर्नुहुन्छ ता कि हामी उहाँसँगै अरु क्षेत्रमा काम गर्छौं ।

विचार गर्नुहोस् यस सिद्धान्तले हाम्रो सम्पत्तिहरुमा कस्तो परिवर्तन पार्दछ ।हामीसँग किन काम छ, वा घर छ, वा स्वास्थ्य,वा साथीहरु छन् जससँग हामी आबद्ध छौं? यीसबै कुरा जीवनको भण्डारीपनमा समावेश छन् ।

हामीले यो जान्‍नुपर्छ कि सबै कुराहरु नै उहाँको महिमाको निम्ति उहाँको काममा प्रयोग गरिनुपर्छ । रोमी १४:७ ले बताउदँछ,“किनभने हामीमध्ये कोही पनि आफ्नै निम्ति जिउँदैनौं, र कोही पनि आफ्नै निम्ति मर्दैनौं” । हामी परमेश्‍वरका सङ्गी- सहकर्मीहरु हौं । जीवनको भण्डारीपनको जग यही नै हो ।

Post Comment

You May Have Missed