विश्वासका निम्ति यत्नपूर्वक संघर्ष
हाम्रो“एकपटक सुम्पिएको” विश्वास थियो, तर प्रत्येक पुस्तामा यसको लागि संघर्ष गरिनुपर्छ । बाइबलको हरफले बताउँदछ, “यसको खाँचो परेको थियो ।” विश्वासको निम्ति संघर्ष गर्नुपर्ने विचार साधारणतयः राम्रो विचार होइन; यो आवश्यक कुरा हो ।
बाइबलले प्रेरित १७:१-३ मा बताउँदछ,
अब अम्फिपोलिस र अपोल्लोनियाबाट भएर गएपछि उनीहरु थेस्सलोनिकामा आइपुगे, जहाँ यहूदीहरुको एउटा सभाघर थियो । अनि आफ्नो रीतिअनुसार पावल भित्र तिनीहरुकहाँ गए; अनि पवित्रशास्त्रहरुबाट तिनीहरुसित तीन विश्रामदिन तर्क-वितर्क गरे – ख्रीष्टले दुःख भोग्नैपर्नेथ्यो, र मरेकाहरुबाट बौरेर उठ्नैपर्नेथ्यो, अनि “यिनै येशू, जसको प्रचार म तपाईंहरुलाई गरिरहेको छु, ‘ख्रीष्ट’ हुनुहुन्छ” भन्दै अर्थ खोली खोली बताए र प्रमाणहरु दिए ।
यो शब्दलाई विचार गर्नुहोस्, “गर्नुपर्नेथ्यो ।” त्यहाँ क्रूसबिना हाम्रो मुक्ति हासिल गर्ने अरु कुनै उपाय थिएन । “ख्रीष्टले दुःख भोग्नैपर्नेथ्यो ।” जब यहूदा, परमेश्वरको आत्माको प्रेरणाद्वारा, यहूदाको पत्रमा यी शब्दहरु लेख्दै थिए, परमेश्वरले हामीलाई घोषणा गर्नुभयो कि त्यहाँ केही कुरा थियो जसको “आवश्यकता” थियो । यो “गर्नु नै पर्नेथ्यो” ।
शिक्षामा, त्यहाँ विषयहरु हुन्छन् जसलाई हामी वैकल्पिक विषय भन्छौं; ती विषय लिनको लागि बाध्यात्मक छैन । त्यहाँ अरु विषयहरु छन् जुन आवश्यक हुन्छ । कुनै पनि विषयको अध्ययन पूरा गर्नको निम्ति, आवश्यक विषयहरु पूरा गर्नुपर्छ ।
प्रभु भन्नुहुन्छ, “यो हरफमा म तिम्रो निम्ति जे लेखिरहेको छु त्यो वैकल्पिक होइन; यो अति आवश्यक कुरा हो । यसको आवश्यकता छ ।”
फेरी पनि यहूदाको पद तीन विचार गर्नुहोस्, “प्रियहरुहो, जब मैले तिमीहरुलाई हाम्रो साझा मुक्तिको विषयमा लेख्नालाई हर प्रकारको प्रयत्न गरिरहेथे, तब पवित्र जनहरुलाई एकैचोटि सदाका निम्ति सुम्पिएको विश्वासका निम्ति तिमीहरुले यत्नपूर्वक संघर्ष गर्नुपर्छ भनी उत्साह दिँदै तिमीहरुलाई लेख्नु मलाई खाँचो पर्यो ।” यस पदमा यहूदा यसो भनिरहरेको छैनन्, “मैले तिम्रो निम्ति एउटा कुरा लेख्दै थिएँ, तर मेरो विचार परिवर्तन भयो ।” उनले भन्दैछन्, “मलाई यो कुरा लेख्न र हाम्रो साझा मुक्तिको विषयमा यस निश्चित मार्ग अपनाउनको निम्ति परमेश्वरको पवित्र आत्माले अगुवाई गर्नुभयो ।” उनी यो भन्दैछन् कि जबसम्म हामी विश्वासको निम्ति संघर्ष गर्न इच्छुक हुँदैनौं तबसम्म हाम्रो “साझा मुक्ति” को विषयमा कुरा गर्नु असम्भव हुन्छ ।
“प्रिय” भन्ने शब्दको अर्थ हुन्छ “परमेश्वरको प्रेमिलो सन्तान” । यो जान्नु कति अद्भूत कुरा हो कि हामीप्रतिको परमेश्वरको प्रेमलाई हामी कम वा बढाउनलाई त्यहाँ हामीले गर्न सक्ने कुनै कुरा छैन! हामी उहाँका प्रिय सन्तानहरु हौं । हामी परमेश्वरका प्रियहरु हौं ।
“उत्साह दिनुको” अर्थ हो “कसैलाई बिन्ती गर्नु वा उसलाई मनाउनु” हो । “संघर्ष” भनेको “पिडादायी अवस्था, गम्भीर रुपमा उभिनु” हो । “विश्वास” भनेको हामीले भरोसा गरेको शिक्षाको शरीर हो ।
यद्यपि त्यहाँ एउटा निश्चित स्रोता थियो जसको लागि यो पत्र पहिलो पटक पढिएको थियो, हामी जान्दछौं कि यो पद सबै विश्वासीहरुको लागि हो । यो केवल सबै समयको निम्ति होइन; यो सबै समयमा जिउने विश्वासीहरुको लागि हो । यो पद प्रचारक वा जसलाई हामीले “पुर्णकालिन सेवक” भन्दछौं, उनीहरुको निम्ति मात्र सिमित छैन । यो सबै समयहरुमा जिउने परमेश्वरका सन्तानप्रति समर्पित छ ।
अर्को शब्दहरुमा, परमेश्वर भन्नुहुन्छ कि प्रत्येक ख्रीष्टियनले इमानदारीपूर्वक विश्वासको निम्ति संघर्ष गर्नुपर्छ । यदि तपाईं ख्रीष्टियन हो भने, जति तपाईंको मण्डलीको पाष्टरले इमानदारीपूर्वक विश्वासको संघर्ष गर्नुहुन्छ तपाईंको लागी पनि विश्वासको संघर्ष त्यति नै महत्वपूर्ण छ । यदि तपाईं प्रियहरुमध्ये एक हुनुहुन्छ भने, विश्वासको निम्ति यत्नपूर्वक संघर्ष गर्नु तपाईंको जिम्मेवारी हो । सम्झनुहोस्, जबसम्म हामीले विश्वासको निम्ति संघर्ष गर्दैनौं, तबसम्म त्यहाँ “साझा मुक्तिको” निम्ति कुनै संदेश हुँदैन ।
क्लेरेन्स सेक्सटनद्वारा लिखित ‘विश्वासको निम्ति संघर्ष’ नामक पुस्तकबाट साभारित