खुशीको खबर – तपाईको लागि!
हामी मरेपछि कहाँ पुग्छौं होला? के मरेपछि हामी फेरि अर्को जन्म लिन्छौं? के मृत्युपछि हाम्रो जीवन पूर्ण रूपमा समाप्त हुन्छ? मृत्यु पछि के हुन्छ? यी प्रश्नहरू हामी हरेकको दिमागमा एक न एक पटक त आएकै हुन्छन्? यी जाहेज र अति महत्वपूर्ण प्रश्नहरू हुन्। यी प्रश्नहरूले हाम्रो अस्तित्वलाई केलाउँदछन्। यी प्रश्नहरूले थप प्रश्नहरू पनि उठाउँदछन्। जस्तो, हामी को हौं? हामी कहाँबाट आयौं र कहाँ जाँदैछौं? हाम्रो जीवनको लक्ष्य के हो? हाम्रो जीवन के हो? यी जाहेज र उचित प्रश्नहरू होइनन् र?
यस्ता प्रश्नहरूले मानिसहरूलाई इतिहासभरि र आजसम्मै आफ्नो जीवनको विषयमा सोच्न बाध्य बनाएका छन्। धरै मानिसहरू दार्शनिक भएका छन्। कतिले विज्ञान मार्फत उत्तर खोज्ने प्रयास गरेका छन्। मृत्यु त निश्चित छ - यो तथ्य हरेक मानिसले स्वीकारेको छ, स्वीकार्नै पर्छ। सत्यलाई इन्कार गर्नुमा फाइदा छैन। इन्कार गर्दैमा सत्य असत्यमा परिवर्तन नहुने रहेछ। तर सत्य के हो? माथि उल्लेखित प्रश्नहरूले मानिसको हृदयमा एक भीषण जलन उत्पन्न गरिदिन्छ। जसरी आगोको जलनले पारेको चोटमा शीतल मलहम लाउँदा शान्ति र आनन्दको अनुभव गरिन्छ, त्यसरी नै यी प्रश्नहरूको उत्तर भेट्दा हृदय शीतल र मन सन्तुष्ट हुँदछ। के तपाईले उत्तर भेट्नुभएको छ? उत्तर के हो? मृत्युपछि के हुन्छ? कहाँ पुगिन्छ?…
खुशीको खबरको विषयमा अझै बुझ्नुहोस्
तलका लेखहरू पढ्नुहोस्