(उत्पत्ति १२ः१-२०) जब अनिकाल आयो, तब अब्राम मिश्रमा आश्रित भए। अनि आफ्नै श्रीमतिको बारेमा पनि ढाँटे र ढाँट्न लगाए। अब्राम र उनको सन्तानबाट संसारका सारा जातिहरूले परमेश्वरलाई चिन्नुपर्थ्यो, परमेश्वरको उद्देश्य यो थियो। तर अब्रामको जीवनबाट परमेश्वर चिनिनु त परै जाओस्, मिश्रको राजाले अब्रामलाई हप्काउनुपर्यो, देश निकाला गर्नुपर्यो। अविश्वासमा जिउँदा परमेश्वरको उद्देश्य हाम्रो जीवनमा पूरा हुन सक्दैन। तपाईको जीवनमा सायद आज अनिकाल आएको छ, अर्थात् प्रतिकूल परिस्थितिहरू। के तपाई विश्वासद्वारा अघि बढ्न तयार हुनुहुन्छ? के परमेश्वरको उद्देश्य तपाईको जीवनमा पूरा भईरहेछ? अविश्वासको मूल्य ठूलो छ, दुखलाग्दो छ!