आज नै

 आज नै

(प्रस्थान ८ः८-१०) मोशाले फाराओलाई भ्यागुता हटाउन परमेश्वरसँग कहिले विन्ती गरिदिऊँ भनी सोध्दा, मूर्ख फाराओले जवाफ दिए, “भोलि”। अनि मोशाले जवाफ दिए, “तपाईकै वचनअनुसार होओस्”। आज हामी पनि धेरैपटक फाराओझैं मूर्ख हुन्छौं। हामी भोलिवादलाई अंगाल्छौं। जिब्रोले नभने पनि जीवनले “भोलि” भनिरहेका हुन्छौं। भोलिको घमण्ड गर्नु व्यर्थ हो (याकूब ४ः१३-१७)। कृपादृष्टिको समय अहिले हो (२ कोरिन्थी ६ः२)। प्रभुको लागि खडा हुने, जोशिलो हुने, उहाँको सेवा गर्ने, उहाँको लागि जिउने समय आज हो, अहिले हो।

आज मेरो पढाइ छ, छोराछोरी हुर्काउनु छ, आज मेरो जागिर छ, आज म विरामी छु, आज मेरो घटिकमी छ भन्दै प्रभुको सेवालाई भोलि नसारौं। जस्तो सुकै परिस्थिती भए पनि अठोट गर्नुहोस् कि तपाई प्रभुको लागि आज जिउनुहुनेछ, अहिले जिउनुहुनेछ।

“हिजोको दिन बिती गयो, भोलि कहिल्यै नआउला, आजको दिन जो हातमा छ गर्छु प्रभुको प्रशंसा…”

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *