इश्माएल र इसाहाक

 इश्माएल र इसाहाक

उत्पत्ति २१ अध्यायमा अब्राहामले साह्रै दुखलाग्दो काम गर्नुपर्‍यो। आफ्नो श्रीमति साराको आग्रह र परमेश्‍वरको वचन अनुसार उनले हागार र इश्माएललाई घरबाट निकालिदिए। यो सजिलो कुरा थिएन उनको लागि। इश्माएल उनकै छोरा थिए। तर परमेश्‍वरको महान योजना इसाहाकद्वारा पूरा हुनुथियो। इश्माएल मानवीय प्रयास, तरिका र योजनाको प्रतीक थियो। इसाहाक चाहिँ ईश्‍वरीय योजनाको प्रतीक। इश्माएल र इसाहाक सँगै हकवाला हुनु असम्भव थियो, मिल्दैनथ्यो। इश्माएल हटाइनुपर्थ्यो।

आज तपाईको जीवनमा परमेश्‍वरको योजना के छ? अनि तपाईले आफ्नो लागि बनाउनुभएको योजनाहरू के छन्? आफ्नो इच्छा, आकांक्षा, योजना र तरिकालाई हटाएर परमेश्‍वरको योजनालाई अपनाउनु, पछ्‍यानु उचित हो। आज तपाईको इश्माएल के हो? अर्थात् तपाईको योजनाहरू, तरिकाहरू। ती हटाइनुपर्दछ किनकि इश्माएल र इसाहाक सँगै हकवाला हुन मिल्दैन। परमेश्‍वरको योजना नै पूरा हुनुपर्दछ। इश्माएललाई हटाउन सजिलो नहुन सक्छ। हाम्रो इच्छा, योजना त्याग्‍नु सजिलो नहोला तर हाम्रो भलाइ र आशिष यसैमा छ। परमेश्‍वरको समयलाई पर्खन नसक्दा हागारबाट इश्माएल आएको हो। परमेश्‍वरको समयमा परमेश्‍वरको योजना, परमेश्‍वरकै तरिकामा पूरा हुँदछ। इश्माएल हटाऔं र इसाहाक अपनाऔं, आफ्नो योजना त्यागौं र परमेश्‍वरको योजना अङ्गालौं!

Related post

1 Comment

  • Amen sir malai.ajhai dherai lekh chahiyeko xa ali long ma

Leave a Reply

Your email address will not be published. Required fields are marked *