उत्पत्ति पुस्तक सर्वेक्षण

लेखक 

मोशा, जसले पूरा पञ्चग्रन्थ (पुरानो नियमका पहिलो पाँच पुस्तकहरू; Pentateuch) पनि लेखे

– पञ्चग्रन्थ – उत्पत्ति देखी व्यवस्था; यसको अर्थ “पाँच पुस्तक”; यहुदीहरु यसलाई तोरह (“व्यवस्था”) भन्दछन्; मोशाको नियम वा मोशाको पुस्तक पनि भनिन्छ ।

– येशू ख्रीष्ट आफैँले नै मोशाको लेखकीयलाई पुष्टि गर्नुभयो ।

(मर्कुस १२ः२६; लूका २४ः४४; यूहन्ना ५ः४५–४७; यूहन्ना ७ः१९

– परमेश्वरले मोशालाई पूरा बाइबलको करिब २०% लेखाउनुभयो ।


मिती

यो पुस्तक १४४५–१४०० इ.पू. मा लेखिएको थियो । यो पुस्तक मिश्र (इजिप्ट) देशबाट निस्किए पछि उजाडस्थानमा भौतारिरहदा लेखिएको अनुमान गरिन्छ ।

– कसरी मोशाले आफ्नो जन्मभन्दा अघिका घटनाका बारेमा लेख्न सके ?

पवित्र आत्माको प्रेरणाले पवित्रशास्त्रको शुद्धता (सिद्धता)को बारेमा साक्षी (जमानी) दिनुहुन्छ ।


विषयः

 “शुरुवातहरु”

– उत्पत्ति परमेश्वरको लिखित प्रकाशकोे शुरुवात हो । यो आधारभुत जग हो जसमा सबै ईश्वरीय प्रकाशहरु अडिएको छ ।

– केही कुराहरु जुन उत्पत्तिमा शुरु भए……

क) मानव जाति (२ः४–२५)

ख) विवाह र परिवार (२ः२२–२५; ४ः१–२)

ग) राष्ट्र र सरकार (१०ः१–३२)

घ) मानवीय पाप (३ः६–७)

ङ) ईश्वरीय मुक्ति (३ः८–२४)

(उत्पत्तिमा शुरु नभएको एउटा मात्र कुरा परमेश्वर हुनुहुन्थ्यो !) 


रुपरेखा 

अ. मौलिक इतिहास (अध्याय १–११)

चारओटा उल्लेखनीय (विशिष्ट) घटनामा आधारितः

क) सृष्टि

ख) पतन

ग) जलप्रलय

घ) बाबेल

आ. पितृसत्तात्मक इतिहास (अध्याय १२–५०)

चारओटा उल्लेखनीय (विशिष्ट) घटनामा आधारितः

क) अब्राहम

ख) इसाहक

ग) याकुब

घ) यूसूफ


चावी शब्दहरु

“शुरुमा”

“….का वंशहरु यी नै हुन्”


चावी पद

उत्पत्ति १ः१

शुरुमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो ।

यो एउटा पदले सबै प्रमुख झुटा दर्शनहरुलाई इन्कार गर्दछ ।

क) यसले नास्तिकवादलाई इन्कार गर्दछ ।

ख) यसले बहुईश्वरवादलाई इन्कार गर्दछ ।

ग) यसले नियतिवादलाई इन्कार गर्दछ ।

घ) यसले क्रमविकासलाई इन्कार गर्दछ ।

ङ) यसले प्रकृतिवाद (बह्माण्डवाद) लाई इन्कार गर्दछ ।

च) यसले भौतिकवादलाई इन्कार गर्दछ ।


विशेष विशेषताहरु

१. सृष्टि— (अध्याय १–२) परमेश्वरको वचनले कुनै सिद्धान्त प्रस्तुत गर्दैन; यसले सत्य गवाही दिन्छ; यो सत्यको अभिलेख हो, कुनै मानिसको विचार होइन ।

२. पहिलो सुसमाचार— (उत्पत्ति ३ः१५) यो मुक्तिदाताको बारेमा पहिलो प्रतिज्ञा हो ।

३. जलप्रलय— (अध्याय ६–९) परमेश्वरले आफैँलाई न्यायको परमेश्वरको रुपमा प्रकट गर्नूभयो साथै अनुग्रहको परमेश्वर पनि । “नूहले परमप्रभुको दृष्टिमा अनुग्रह पाए ।”

४. हिब्रु जाति— (११ः१०–५०ः२६) अब्राहमद्वारा, परमेश्वरले आफ्नो लागी एक जाति बनाउनुभयो, जसले र जसद्वारा उहाँ सारा संसारमा आफैँ प्रकट हुनुभयो ।


 पुस्तक भित्र ख्रीष्ट

१. आदम — ख्रीष्ट दोस्रो आदम हुनुहुन्छ (रोमी ५ः१२,१९)

२. नूहको जहाज — ख्रीष्ट हाम्रो जहाज हुनुहुन्छ जसले हामीलाई हाम्रो पापको कारण परमेश्वरको क्रोधबाट जोगाउँदछ ।

३. मल्किसेदेक — ख्रीष्ट हाम्रो सदाको लागी महापूजाहारी हुनुहुन्छ । (उत्पत्ति १४ः१८–२०; हिब्रु ६ः२०–७ः३)

४. इसाहक — उनी मोरियाहका पहाडमा चढाइएका प्रतिज्ञाका सन्तान थिए । (उत्पत्ति २२)

५. युसुफ — पूरानो नियममा ऊ ख्रीष्टको महान् व्यक्तित्वको एक प्रकार हो । (उत्पत्ति ३७–५०)

 

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *