एलिसाबेथ एलियट

 एलिसाबेथ एलियट

एलिसाबेथ एलियट जिम एलियटका श्रीमति हुन्। एलिसाबेथका बुबाआमा बेल्जियमा मिसनरीको रूपमा सेवाकाइ गर्थे। बेल्जियममा नै उनको जन्म भयो। एलिसाबेथले विटन कलेजमा ग्रीक भाषा अध्ययन गरिन् किनकि उनी संसारका विभिन्‍न भाषाहरूमा बाइबल अनुवाद गर्न चाहान्थिन्। त्यहि कलेजमा अध्ययन गर्ने क्रममा उनले जिम एलियटलाई चिन्‍न पुग्छन्। जिम र एलिसाबेथको विवाह भयो र उनीहरू इक्वेडर नामक राष्ट्रमा सुसमचार प्रचारको लागि अघि बढे। उनीहरूको भेलरी नाम भएको एक छोरी पनि थियो। त्यस ठाउँका जंगली आदिवासीहरूलाई ख्रीष्टको सुसमचार सुनाउने उनीहरूको उत्कट चाहाना थियो। त्यस क्षेत्रका डरलाग्दो जंगलहरू र असहज जीवन शैलीको बावजुत पनि एलिसाबेथ पछि हटिनन् तर आफ्नो श्रीमानलाई सेवाकाइमा ठूलो सहायता दिइरहिन्।

एक दिन जिम एलिट लगायतका अन्य साथीहरूले ‘अका’ नामक आदिवासी जातिलाई भेट्छन्। उनीहरू निकै खुशी हुन्छन्। उनीहरूलाई सुसचमार सुनाउन उनीहरूको नजिक जान्छन् तर उनीहरूलाई ती आदिवासीहरूले भालाले हानेर निर्मम हत्या गरिदिन्छन्। आफ्नो श्रीमानको हत्याको घटनाले अवश्य पनि एलिसाबेथ निक्कै दुखित र निराश भइन्। तर आफ्नो सानो छोरीलाई लिएर त्यस खतरानक ठाउँबाट भाग्‍नुको साटो, उनी त्यहिँ केहि अरू मिसनरीहरूसँगै २ वर्ष रहे। ती आदिवासीहरू जसले उनको श्रीमान र साथीहरूको हत्या गरेका थिए, उनीहरूसँग आक्रोशित हुनुको साटो उनले उनीहरूको लागि दिनरात प्रार्थना गर्थिन्। उनीहरूको आत्मा बाँचेको उनी चाहान्थिन्। खुशीको कुरा केहि समयपछि उनले ती ‘अका’ आदिवासीहरूसँग राम्रो सम्बन्ध कायम गर्न सफल भइन्। ती आदिवासीहरूले एलिसाबेथको जीवनबाट ख्रीष्टन क्षमाको अर्थ बुझ्‍ने अवसर पाए। धेरैले ख्रीष्टलाई मुक्तिदाता भनी ग्रहण पनि गरे। उनले प्रचार गर्ने क्षमाको सन्देश उनको जीवनसँग मिल्दो थियो। उनी जे प्रचार गर्थिन् त्यो आफ्नो जीवनमा जिउँथिन् पनि। यो सुन्दर नमुनाद्वारा संसारभरका धेरै विश्वासीहरूले उत्साह पाएका छन्। इक्वेडरबाट अमेरिका फर्केपछि उनले अमेरिकाका विश्वासीहरूलाई सुसमचार प्रचार र ख्रीष्टको लागि साक्षी बन्‍ने विषयमा उत्साह दिने कार्य गर्न थाले। उनी विभिन्‍न मण्डलीहरूमा जान्थिन् र इक्वेडरमा परमेश्वरले गर्नुभएको अद्भूत कार्यको गवाहि दिन्थे। उनको श्रीमानले शुरू गरेको काम उनले पूरा गर्ने अवसर पाइन्।

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *