के मेल्किसेदेकको बुबा-मुमा थिएनन्?

 के मेल्किसेदेकको बुबा-मुमा थिएनन्?

मेल्किसेदेक जो बिनापिता, बिनामाता, बिनावंशका छन्, जसको न दिनहरूको शुरु छ, न जीवनको अन्त, तर परमेश्‍वरको पुत्र जस्तै तुल्याइए (हिब्रू ७:३)। यहाँ भन्‍न खोजिएको कुरा बुझ्न सकिएन। के मेल्किसेदेकको बुबा-मुमा थिएनन्? कि कसको बारेमा भनिएको हो?

एलिया न्यौपाने, इम्मानुएल चर्च, बाह्रविसे, सिन्धुपाल्चोक

लेवीय पूराजाहारीगिरीको स्पष्ट वंशावली हुनुपर्थ्यो। पूजाहारी लेवी कुलबाटै हुनुपर्थ्यो तर लेवीय पूजाहारीमा सिद्धता थिएन (हिब्रू ७:११)। त्यसैले मेल्किसेदेकको रीति मुताबिक अर्को पूजाहारी येशू ख्रीष्ट खडा हुनुभएको छ, जो परमेश्‍वरको दाहिने हातपट्टी बस्नुभएको छ (हिब्रू७:११,८:१)। मेल्किसेदेक परमेश्‍वरका पूत्र जस्तै तुल्याइएका हुन् (हिब्रू ७:३)। तर परमेश्‍वरको पुत्र उनी जस्तै तुल्याइएका होइनन्। मेल्किसेदेक केवल चित्रण हुन्। उनी शालेमका राजा, सर्वोच्‍च परमेश्‍वरका पूजाहारी थिए। उनले अब्राहामलाई रोटी र दाखमद्य दिई भेट गरे। अनि अब्राहामले उनलाई सबै कुराको दसंशा दिए। मेल्किसेदेकले ख्रीष्ट येशूको चित्रण दिइरहनु भएको थियो। उनी “परमेश्‍वरका पुत्र जस्तै तुल्याइए” (हिब्रू ७:३)। “ख्रीष्ट येशू मेल्किसेदेकको रीति बमोजिम सधैंभरीका निम्ति पूजाहारी हुनुभयो”। मेल्किसेदेक एक साधारण मानिस थिए जो माता पिताबाट जन्मे। तथापि उनको वंशावली विवरण दिइएन। उनी इस्राएली थिएनन्। उनी कुन वंशका, कुन समय जन्मेका, कहिले मरेका भन्‍ने बारे कुनै विवरण दिइएको छैन। उनको पूजाहारीगिरी कहिले सम्म रह्‍यो सोको पनि उल्लेख भएको छैन। यसको मतलब यो होइन कि उनी माता पिताबिना जन्मे र मरेनन् तर ती सबै उल्लेख भएनन्। उनको जीवनले परमेश्‍वरको पुत्रको चित्रण दिने काम गर्‍यो।

एनोन पत्रिकाबाट साभारित

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *