के साँच्चै पृथ्वी अरबौं वर्ष पुरानो हो?
बाइबलले पृथ्वी लगभग ६,००० वर्ष पुरानो मात्रै रहेको देखाउँदछ। तर विकासवादमा विश्वास गर्नेहरूले पृथ्वी अरबौं वर्ष पुरानो हुन सक्ने ठान्दछन्।
- यदि पृथ्वीलाई जवान मान्न सकिन्छ भने विकासवादीहरूसँग कुनै तर्क हुनेछैन ।
- धेरै विकासवादीहरू एकरूपतावादलाई मान्दछन् ।
- विकासवादीहरूको आफ्नै तर्कको प्रयोगबाट हामी प्राकृतिक प्रक्रिया मापन गर्न सक्छौं र पृथ्वी जवान छ भनी देखाउन सक्छौं ।
यदि पृथ्वी धेरै पुरानो हो भने यस्तो हुनेथ्योः
- १४ करोड वर्षहरूमा महादेशहरू भुक्षयका कारण समथर हुने थिए ।
- चुम्बकिय क्षेत्रको ह्रासले पृथ्वीको उमेर करिब १०००० वर्ष देखाउदँछ ।
- यदि मानिसहरू पृथ्वीमा ३ करोड वर्ष अघिमात्र आएका भए केवल ३० अरब मानिसहरू बाचिरहेका हुन्थे र अहिले पृथ्वीमा प्रति वर्ग इन्च १४०००० मानिसहरू हुन्थे ।
- धुव्रीय क्षेत्रमा रहेका बरफका ढिकाहरू ५००० वर्ष भन्दा पूराना होइनन् ।
- सबैभन्दा पूरानो मरूभुमी समुन्द्री चट्टान र रूख ४३०० वर्षको हो ।
- केही हजार वर्षका लागि मात्र समुन्द्रमा तहहरू छन् ।
- खनिज तेलको माथिको चट्टानले केही हजार वर्षको मात्र चाप थेक्न सक्छ ।
- चन्द्रमामा पाइने उल्कापिण्डको धुलोले चन्द्रमाको उमेर करौडौं हो भनि भन्न सकिदैन ।
- सूर्य प्रति घण्टा ५-८ फिटले खुम्चदै छ, यदि हामीले ४.६ अरब वर्ष पहिलेको हिसाब गर्ने हो भने पृथ्वी नष्ट भइ सक्थ्यो ।
यसरी यो त सानो झलक मात्रै हो। जब हामी यस विषयमा गहिरो अध्ययन गर्दै जान्छौं पृथ्वी अरबौं वर्ष हुन सक्दैन भन्ने निष्कर्षमा हामी आउँछौं। विकासवाद मानिसको विचार र कल्पनाको प्रतिफल हो। बाइबल जीवित परमेश्वरको सत्य वचन हो। बाइबल सधैं सत्य छ!
विकासवादको सिद्धान्त अनुसार सबै प्राणीहरू, वनस्पतिहरू लाखौं वर्ष लागेर क्रमिक रूपमा विस्तारै एक स्वरूपबाट अर्कोमा विकास हुँदै आएको हो। त्यसैले पृथ्वी अरबौं वर्ष पुरानो हो। तर बाइबलले भन्दछ सबै प्राणीहरू, वनस्पतिहरू परमेश्वरले अक्षरस ६ दिनहरूमा बनाउनुभयो। त्यसैले बाइबल अनुसार पृथ्वी अरबौं वर्ष पुरानो हुन सक्दैन। बाइबललाई विश्वास गर्ने कि विकासवादलाई? मूलभूत प्रश्न यो देखिन्छ।