कैनले श्रीमती कहाँबाट पाए? कैनको श्रीमती को थिइन्?
बाइबलले प्रष्ट पार्दछ कि पहिलो मानिस आदम हुन् (१ कोरिन्थी १५:४५)। साथै हव्वा नै सबै जीवितहरूका आमा हुन् (उत्पत्ति ३:२०)। अनि सबै मानिसहरूको एक रगत हुन्छ (प्रेरित १७:२६)। सबै मानिस आदम र हव्वाबाट आएका हुन्।
उत्पत्ति ५:४ अनुसार आदमले कैन, हाबिल, र सेत बाहेक अरू छोराछोरीहरू पनि जन्माए। यहूदी परम्परा अनुसार यो विश्वास गरिन्छ कि आदम र हव्वाका करिव ३३ छोराहरू र २३ छोरीहरू थिए। आदम ९३० वर्ष बाँचे र यो लामो समयमा अवश्य पनि उनका धेरै छोराछोरीहरू भए। यी छोराछोरीहरू फैलिएर गए। अनि यो शुरूको समयमा नजिक कै नातेदारलाई विवाह गरिन्थ्यो। त्यसैले कैनले पनि आदमकै छोरीलाई या अरू भाइहरू र बहिनीहरूको छोरीलाई विवाह गरे। यो बाहेक अरू विकल्प थिएन। परमेश्वरको इच्छा पृथ्वी मानिसहरूले भरिनु थियो। मानिस फल्दै फुल्दै र वृद्धि हुँदै जानुपर्थ्यो। पछि लेवी १८:६ मा आएर मात्रै नजिकको नातेदारसँगको सम्बन्धमा मनाही गरियो।
पहिलाको समयमाचाहिँ नजिकको नातेदारसँग विवाह गर्न मिल्ने, अहिले चाहिँ किन नमिल्ने? नजिकको नातेदारसँगको विवाह मनाही गरिनुको एक कारण चाहिँ म्यूटेसन (mutation) हो। हरेक मानिसमा म्युटेसन (बिग्रिएको जीव शुक्रामुणाको सूचना) हुँदछ। नजिकको नातेदाहरहरूमा समान म्युटेसन हुने सम्भावना हुँदछ, जसले गर्दा नजिकको नातेदारहरूको विवाहबाट जन्मेको बालकमा वंशानुगत रोग सर्ने बढि सम्भावना हुँदछ। तर शुरूको समयमा यो समस्या थिएन। आदम र हव्वा सिद्ध रूपमा सृष्टि गरिएका थिए। तर पापको प्रवेशपछि हानिकारन म्यूटेसनको शुरू भयो र बिस्तारै वृद्धि हुँदै गयो। जति समय बित्यो त्यति म्यूटेसनहरू बढ्दै गए। २५०० वर्ष पछि मोशाको समयसम्म आउँदा परमेश्वरले नजिकको नातेदारसँगको सम्बन्धलाई मनाही गर्नुभयो (लेवी १८:६-१८)। बाइबलीय र वैज्ञानिक तवरले हेर्दा आज नजिकको नातेदारसँगको सम्बन्ध उचित देखिदैन। तर कैनको समयमा नजिकको नातेदारसँगको विवाह सामान्य रहेको देखिन्छ।