ख्रीष्‍ट प्रचार नगर्नुका ७ बहानाहरू

 ख्रीष्‍ट प्रचार नगर्नुका ७ बहानाहरू

लेखकः स्कट पलि

(नेपालीमा अनुवादित)

यस हप्‍ता, मैले एउटा विशेष सभामा पुनरुद्धार सुसमाचार प्रचारको विषयमा बोल्‍ने अवसर पाएँ। मेरो हृदय प्रोत्साहित भएको छ र नयाँ आशा पलाएको छ। ख्रीष्‍ट अझै, “जो-जो परमेश्‍वरकहाँ आउँछन्, तिनीहरूलाई पूर्ण रूपले मुक्त गर्न उहाँ सामर्थी हुनुहुन्छ” (हिब्रू ७∶२५)। सुसमाचारले आफ्नो शक्ति गुमाएको छैन, यसको सामर्थ्य “किनकि विश्‍वास गर्ने हरेकका लागि-मुक्तिका निम्ति यो परमेश्‍वरको सामर्थ्य हो” (रोमी १∶१६)। परमेश्‍वर असामर्थ्य हुनुभएको छैन साथै उहाँका प्रतिज्ञाहरूको समयावधि पनि सकिएको होइन।

समस्या उहाँमा होइन, तर हामीमा छ। एक हजार र एक बहाना, कारणहरू उत्पन्‍न हुन्छन् कि किन हामी ख्रीष्‍ट प्रचार गर्दैनौ? शैतान र हाम्रो शरीरले यस विषयलाई निश्‍चित गराउँदछ।

यहाँ सबै भन्दा साधारण र प्रत्येक प्रश्‍नहरूलाई उत्तर दिएको ७ बुंदाहरू उल्लेख गरिएको छः

१. मलाई कुन पदहरू प्रयोग गर्नुपर्ने हो थाह छैन”। एउटा सुसमचारीय खण्ड छान्‍नुहोस्, त्यसलाई मनन् गर्नुहोस्, र पाएको आशिष बाँड्नुहोस्। एउटा सानो खण्डमा पनि सामर्थ्य हुन्छ (हिब्रू ४∶१२)। यूहन्‍ना ३∶१६ पद पर्याप्‍त हुन्छ। तपाईं एक विश्‍वासी साक्षी हुनको निम्ति बाइबलको विद्वान नै हुनुपर्छ भन्‍ने छैन।


२.
मलाई के भन्‍ने हो थाह छैन”। सरल रूपमा तपाईंले आफ्नो व्यक्तिगत गवाही दिनुहोस्। तपाईंले कसरी ख्रीष्‍टलाई आफ्नो मुक्तिदाताको रूपमा चिन्‍नुभयो र तपाईंको जीवनमा उहाँको कस्तो महत्व छ भनी आफ्नो गवाही दिनुहोस्। तपाईंले बुझ्‍नुभएको सुसमाचारको सत्यता बाँड्नुहोस्। परमेश्‍वरले तपाईंसँग नभएको कुराहरूबाट दिनुभएको इच्छा गर्नुहुन्‍न – तपाईंले पाउनुभएको कुराहरूबाट दिनुभएको चहानुहुन्छ  (रोमी १∶१५)।


३.
मलाई उहाँहरूले सोध्‍नुभएको प्रश्‍नहरूको जवाफ दिन आउँदैन”। धेरै वर्ष अघि मैले एक व्यक्तिलाई साक्षी दिएको थिए जो अर्कै धार्मिक पृष्‍ठभूमिबाट हुनुहुन्थ्यो, मलाई एउटा नराम्रो दोष लगाइयो कि मेरो काम भनेको उनीसँग बहस गर्नु वा कुरा गर्नु होइन, हाम्रो काम भनेको केवल प्रभु येशूलाई माथि उठाउनु हो। उनीहरूलाई ख्रीष्‍टको विषयमा बताउने हो र बाँकि कार्य पवित्र आत्मा आफैले गर्नुहुन्छ (यूहन्‍ना १२∶३२)।


४.
मलाई थाह छैन कि उनीहरूले कस्तो प्रतिक्रिया दिनेछ”। परमेश्‍वरले तपाईंलाई उनीहरूको भागको लेखा लिनु हुन्‍न, तर तपाईंको भागको लेखा लिनुहुन्छ। उनीहरूको प्रतिक्रिया हाम्रो जिम्‍मेवारी होइन। पवित्र आत्माको सामर्थ्यमा प्रेमको आत्मामा तपाईं र मलाई सुसमाचार प्रचार गर्न बोलाउनुभएको छ। परमेश्‍वरले वृद्धि दिनुहुन्छ। (१ कोरिन्थी ३∶६)।

५. मलाई राम्ररी बोल्‍न आउँदैन”। मोशाले पनि त्यही भनेको थियो। चाहे तपाईं राम्रो वक्ता हुनुहुन्छ वा हुनुहुन्‍न, सामर्थ्य तपाईंको बोल्‍ने क्षमतामा होइन। तर सामर्थ्य सन्देशमा हुन्छ। यो सत्य हो कि मानिसलाई स्वतन्‍त्र गराउनेछ (यूहन्‍ना ८∶३२)।

६. मलाई कहाँबाट शुरू गर्ने हो थाह छैन”। तपाईं जहाँ हुनुहुन्छ त्यहीबाट शुरू गर्नुहोस्! तपाईंको परिवार, तपाईंको छिमेकी, तपाईंको सहकर्मी अनि साथीहरूबाट शुरू गर्नुहोस् (मत्ती ५∶१६)। हरेक दिन हामी ख्रीष्‍टको खाँचो भएका आत्माहरूबाट भएर पार गर्छौं। ईश्‍वरीय योजनाको लागि ध्‍यान दिनुहोस् र तपाईंले तिनीहरूलाई पाउनुहुनेछ।

७. मसँग धेरै समयहरू छैन”। आफूसँग सुसमाचारका पुस्‍तकहरू बोक्‍नुहोस् र तपाईंको दैनिक जीवनमा साक्षी दिन सिक्‍नुहोस् (मत्ती १०∶७)। एक कृपालु शब्द र छरिएको बीउले धेरै फल फलाउन सक्छ। तपाईंको समयमा तपाईंले गर्नु हुने यो सबैभन्दा महत्वपूर्ण कार्य हुन्छ किनकि यो अनन्तसम्म गणना गरिनेछ।

हालैमा मैले एक जना मानिसले ख्रीष्‍टलाई आफ्नो मुक्तिदाताको रूपमा विश्‍वास गर्नुभएको कुरा सुने। उसले मण्डलीमा सेवा गरेको पृष्‍ठभूमि थोरै थियो तर उनी आफ्नो नयाँ विश्‍वासी जीवन आफ्ना साथीहरूको माझमा बाँड्न चाहन्थे। उसले आफूले जानेको एउटा मात्रै बाइबल पदद्वारा आफ्नो काममा बाइबल अध्ययन शूरू गरे जुन पदले उसलाई ख्रीष्‍टतर्फ डोर्‍याएको थियो, रोमी १०∶१३। यदि तपाईंले इच्छा गर्नुभयो भने परमेश्‍वरले तपाईंलाई प्रयोग गर्नुहुनेछ! तपाईंसँग जे छ र तपाईं जहाँ हुनुहुन्छ त्यहीँबाट शुरू गर्नुहोस् अनि उहाँमाथि भरोसा राख्‍नुहोस कि उहाँले तपाईंले गर्न नसक्‍नुभएका कुराहरू गर्नुहुनेछ।

तपाईंले यसमा ध्यान दिनुहोस् कि हरेक बुंदामा हामीले गर्ने हेरक बहानाहरू “म सक्‍दिन……” शब्दबाट शुरू भएका छन्। परमेश्‍वरको कार्य हामीले  गर्न सक्‍ने कुराहरूबाट होइन। तर परमेश्‍वरले के गर्न सक्‍नुहुन्छ जब हामी उहाँका आज्ञाहरू पालन गर्दछौ भन्‍ने कुराबाट निर्धारित हुन्छ। वास्‍तवमा हामीले भन्‍न खोजेका चाँहि “म गर्दिन….” हो। साक्षी दिनुभनेको इच्छाको कुरा हो। के तपाईं इच्छुक हुनुहुन्छ?

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *