जब जीवनले घुँडामा ल्याउँदछ
लेखकः स्कट पलि | एनोन पत्रिका (वैशाख-असार २०७९) मा पहिलो पल्ट प्रकाशित
के तपाईं कहिल्यै तपाईंको खुट्टाले थाम्न नसक्ने गरी अति कमजोर, थकित अनि घाईते हुनु भएको छ? जब कि तपाईंमा उभिने शक्ति पनि थिएन! कहिलेकाहि, म मानिसहरूले “घुडाँहरूमा कमजोरी” भन्ने अभिव्यक्ति प्रयोग गरेको सुन्छु। हामी सबैले कुनै न कुनै बिन्दुमा के – कस्ता अनुभव गर्दछौं भनेर व्यक्त गर्ने यो एउटा अर्को तरिका हो; हामी आफैंमा खडा हुन सक्दैनौं!
आत्मिक रूपमा भन्नुपर्दा, परमेश्वरले हाम्रो समझ वा बुझाइमा कार्य गरिरहनुभएको कुरा वास्तविक हो। भजनसंग्रह १४७:१०ले भन्दछ कि परमेश्वर “न ता मान्छेका खुट्टाहरूमा नै खुसी हुनुहुन्छ”। उहाँ हाम्रो कुराहरू छिट्टो सार्ने क्षमतादेखि, कति अग्लो उभिन सक्छौं, कतिको छिट्टो हिँड्न वा सर्न सक्छौं भन्ने कुराहरूबाट प्रभावित हुनुहुन्न। हामी सबै कमजोर शरीरहरू हौं र हामी आफ्नै बलमा भर पर्नुहुँदैन (हितोपदेश ३:५)।
मानिलिऔं, तपाईंका खुट्टाले तपाईंलाई तल झार्दछ अनि तपाईंको मुहार भुइँमा घोप्टो पर्दछ, यसले सम्झना गराउँछ कि तपाईंको सबैभन्दा ठूलो आवश्यकता भनेको प्रभुको अगाडि झुक्नु अनि उहाँको सामर्थ्यमा निर्भर हुनु हो। गृहयुद्धको सबैभन्दा अँध्यारो दिनहरूमा, राष्ट्रपति अब्राहम लिंकनले भने, “मसँग जाने अरू कुनै ठाँउ छैन भन्ने अनुभुतिले मैले धेरै पटक मेरा घुँडा टेकेको छु।” यो कठिन दिनहरूमा मात्र सत्य साबित हुँदैन यो हरेक दिनको वास्तविकता हो। हामीलाई परमेश्वर चाहिन्छ। हामीसँग जाने अरू कुनै ठाउँ छैन!
परमेश्वर तपाईंलाई उहाँमा मात्र भरोसा गर्न सिकाउनको निम्ति तपाईंले अडेस वा विश्राम लिनुभएको बैसाखीलाई पनि हटाउने अनुमति दिनुहुन्छ। कुनै पनि कुरा- सबै – जसले तपाईंलाई होच्याउँदछ वा तल पार्दछ, वास्तवममा त्यो एक उपहार हो। जति तपाईं होचिनुहुन्छ वा तल झर्नुहुन्छ, उति नै तपाईं परमेश्वरको नजिकमा आउँनुहुनेछ।“परमप्रभु टुटेको हृदय हुनेहरूको नजिकममा हुनुहुन्छ…..” (भजनसंग्रह ३४:१८) “परमप्रभु उच्च हुनुभए तापनि उहाँले नम्रलाई हेर्नुहुन्छ; तर घमण्डीलाई चाँहि उहाँले टाढैबाट चिन्नुहुन्छ।” (भजनसंग्रह १३८:६)
धेरै तरिकाहरूले, हाम्रो संसारको अवस्था र हाम्रो बरिपरिको आवश्यकताहरूको दबाबले हामीलाई हाम्रा घुडाँ टेक्न सहयता गर्दछ। तर तपाईंको घुडाँ टेकाइ नै अघि बढ्ने एक मात्र तरिका हो! तपाईंको आफ्नै प्रयासले खडा हुनसक्नुहुन्न अनि परमेश्वर विना अघि बढ्न सक्नुहुन्न।
यहाँ अद्भूत सत्यता छ। जब हामी परमेश्वरमा भरोसा गर्दछौं, उहाँले हामीलाई खडा हुनका निम्ति उहाँको सामर्थ्य दिनुहुन्छ। उहाँ भन्नुहुन्छ, “यसकारण लत्रिएका हातहरू र कमजोर घुँडाहरूलाई सीधा पार;” (हिब्रू १२:१२)
मलाई पक्का थाहा छ कि तपाईंले कहिल्यै पनि कमजोर हुनको लागि प्रार्थना गर्नुभएको छैन! तर दाऊदले परमेश्वरलाई भनेः “मेरा मार्गहरूमा मेरा सामर्थ्यलाई कमजोर बनाउनुभएको होस्।” किन परमेश्वरले तपाईं आफ्नो सामर्थ्यमा भएको चाहनुहुन्न तर उहाँको सामर्थ्यमा भएको चाहनुहुन्छ? उहाँको सामर्थ्य प्राप्त गर्ने एउटै मात्र उपाय भनेको तपाईं आफ्नो कमजोरीमा आउँनुपर्दछ। आफ्नो कजोरी महसुस गरेको हुनुपर्दछ। के तपाईं आज घुँडाहरूमा कमजोर हुनुहुन्छ? राम्रो! तपाईंले परमेश्वरको आवाज सुन्नुहुनेछ। “अनि उहाँले मलाई भन्नुभयोः ‘मेरो अनुग्रह तिम्रो लागि प्रश्स्त छ, किनकि दुर्बलतामा मेरो सामर्थ्य सिद्ध हुन्छ।’ यसकारण ख्रीष्टको सामर्थ्य ममाथी रहोस् भनेर बरू मेरा दुर्बलताहरूमा ज्यादै खुशीसित म गर्व गर्नेछु। यसकारण ख्रीष्टका निम्ति म दुर्बलताहरूमा, निन्दाहरूमा, अभावहरूमा, सतावटहरूमा, क्लेशहरूमा आनन्दित हुन्छु; किनकि जब म कमजोर छु, तब म बलियो हुन्छु।” (२ कोरिन्थी १२:९-१०)
जब जीवनले हामीलाई हाम्रो घुँडामा (कमजोर अवस्थाहरूमा) ल्याउँदछ, यसले हामीलाई परमेश्वरको नजिकमा ल्याउँदछ।
Post Comment