जिम एलियट

 जिम एलियट

जिम एलियटको जीवन साहस र बलिदानको कथा हो। उनी अमेरिकन मिसनरी हुन्। उनी सुसमचार प्रचारका निम्ति इक्वेडर नामक राष्ट्रमा गएका थिए। एक मिसनरीबाट उनले त्यस देशको एक जातिको विषयमा सुने। त्यस जातिको नाम ‘अक्वा’ थियो। यो जाति निकै जंगली र खतरानक मानिन्थ्यो। सन् १९५२ मा एलियट इक्वेडर पुगे। एलियट र अरू चार मिसनरीहरू एउटा सानो प्लेनमा चढेर इक्वेडरका जंगली भूभागहरूतिर गए। इक्वेडरमा त्यस समय धेरै मानिसहरू थिए जो अझै जंगली अवस्थामा जिइरहेका थिए। आधुनिक विकासहरू उनीहरूसम्म पुगेको थिएन। धेरै मानिसहरू ती जंगलहरूमा जान पनि डराउँथे। यी जंगलहरूका कति जातिहरूले मान्छेका मासु पनि खान्थे। त्यसैले यी जंगलका मानिसहरूकहाँ सुसमचारा पुर्याउने आँट कसैले गरेको थिएन। तर जिम र उनका अरू मिसनरी साथीहरूले यी जंगली मानिसहरूलाई सुसमचार सुनाउने साहस गरे।

सानो प्लेनको सहायतामा उनीहरूले बारम्बर जंगलमाथि उडेर मानिसहरू पत्ता लगाउन खोजे। धेरै महिना पछि पनि उनीहरूले कोही भेट्टाउन सकेनन्। अन्तत उनीहरूले जंगलमै घर बनाएर बस्ने निर्णय गरे। यो खतराजनक कार्य थियो तर उनीहरू सबैले अठोट गरिसकेका थिए कि मर्नु उनीहरूका निम्ति लाभ हो। परमेश्वरको कामका लागि मृत्यु भोग्न पनि उनीहरू तयार थिए। एकदिन उनीहरू बसेको ठाउँमा एकजना जंगली मानिस आइपुग्छन्। त्यस मानिससँग उनीहरूले राम्रो व्यवहार गर्छन्। त्यो मानिस आफ्नो जाति कहाँ फर्कन्छन्। जब एलियट र उनका साथीहरू त्यस जंगली मानिसको गाउँमा पुग्छन् त्यहाँ उनीहरूलाई भालाले हानेर मारिन्छ। जिम एलियट र उनका साथीहरूको लाश खोलाको छेउमा भेटिन्छ। साँच्चै नै एलियटले धेरै सुसमचार प्रचार गर्ने कार्य गर्न नपाउँदै ज्यान गुमाए। झलक्क हेर्दा हामी सोच्न पुग्छौं कि उनको मिसनरी अभियान विफल भयो। तर परमेश्वरले सबै कुरा मिलेर भलाइ नै उत्पन्न गर्नुहुन्छ। एलियटको मृत्यु पछि उनको श्रीमति र अन्य मिसनरीहरू फेरि त्यही भूभागमा जान्छन् र यसपटक उनीहरू सफल हुन्छन्। त्यस ठाउँका धेरै मानिसहरूले ख्रीष्टलाई चिन्छन्। यसरी जिम एलियट र उनका साथीहरूको साहस र बलिदानका कारण त्यस जंगली मानिसहरूले पनि ख्रीष्टलाई चिन्ने मौका पाउँछन्। आज पनि हामीलाई यस्तै साहस र बलिदानको आवश्यकता छ।

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *