जीवनको चट्याङ

 जीवनको चट्याङ

वैज्ञानिकहरूले भनेका छन् कि संसारभर एक मिनेटमा ६,००० चट्याङहरू जान्छन्। बाइबलले हामीलाई सिकाँउदछ कि हाम्रो जीवन छोटो छ। एउटा चट्याङ जस्तै, एकछिन छ अनि गईहाल्छ।

हाम्रो जीवन एकैछिनमा हराउने बाफ जस्तो हो (याकूब ४:१४)। हाम्रो जीवन चाँडै शेष हुन्छ, र हामी उडिजान्छौं (भजनसंग्रह ९०:१०)। हामीहरू त बितेर जाने र फर्केर नआउने सास जस्तै हौं (भजनसंग्रह ७८:३९)।

हामी आज यहाँ छौं र भोलि गईहाल्छौं, फेरि कहिल्यै यो जीवन भएर हामी जानेछैनौं। हामी सबैले परमेश्वरको लागि जिउन एउटा मात्रै जीवन पाउँछौं। एउटा मात्रै। हामीले यस पृथ्वीमा अर्को जीवन पाउँदैनौं।

त्यसैले, अर्कै मान्छे भएको भए, अर्कै ठाउँमा भएको भए, जीवनमा अर्कै कुरा गरिरहेको भए भन्ने जस्ता अफसोसका विचारहरू बेकार छन्। यदि तपाईले परमेश्वरले डोर्याउनु भए अनुसार आफ्नो जीवन अघि बढाइरहनुभएको छ र उहाँको इच्छा अनुसार नै गरिरहनुभएको छ भने पूर्ण हृदयले आफ्नो सारा बलले गर्नुहोस्। उपदेशक ९:१० ले भन्दछ, “तिम्रो हातले गर्नलाई जे भेट्टाउँछ, त्यो आफ्नो शक्तिभर गर; किनभने चिहानमा, जहाँ तिमी जाँदैछौ, कुनै काम, कुनै युक्ति, कुनै ज्ञान र कुनै बुद्धि छैन”

तपाईको जीवन तपाई जे हुनुहुन्छ, तपाईसँग जे छ, तपाईको जीवन जति बाँकी छ उहाँलाई दिनुहोस् जो कहिल्यै मर्नुहुन्न (१ पत्रुस ४:१२; १ यूहन्ना २:१५-१७)। अठोट गर्नुहोस् कि परमेश्वरको इच्छा अनुसार जिएर तपाईले आफ्नो जीवनबाट आफ्नो पुस्तामा विश्वासको असल नमुना र छाप छोड्नुभएको होस्।

एकजनाले भनेका थिए, “जीवन एउटा पैसाको सिक्का जस्तै हो; हामी यसलाई जसरी चाहान्छौं त्यसरी प्रयोग गर्न सक्छौं तर एकचोटि मात्रै प्रयोग गर्न सक्छौं”। जीवन छोटो छ। हामीले हाम्रो यस सिक्कालाई बुद्धिमानी साथ लगानी गर्नुपर्छ।

जीवनमा आँधी बेहरीहरू पनि हुन्छन्। याद गर्नुस् कि चट्याङचाहिँ सबभन्दा कालो बादलहरूबीच बढी चम्किन्छ। परमेश्वरले तपाईलाई उज्यालो दिनमा दिनुभएको कुराहरू अन्धकारमय परिस्थितिमा नभुल्नुहोस्। तपाईको जीवनको चट्याङ छिट्टै बित्नेछ। तपाईको जीवनको चट्याङ परमेश्वरको माहिमाको लागि चम्कोस्!


(अनुमतिद्वारा अनुवादित) पास्टर टिम क्रुज बाइबलीय शिक्षामा विश्वास गर्ने एक स्वतन्त्र बप्तिष्ट मण्डलीको पास्टर हुनुहुन्छ। पास्टरको रूपमा उहाँले २७ वर्षदेखि अमेरिकाको नोर्थ क्यारोलाइना राज्यमा  परमेश्वरको सेवामा लागिरहनुभएको छ। थप जानकारीका लागिः http://shininglightmonroe.com/about-us/our-pastor

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *