डि. एल. मुडि
डि. एल. मुडि प्रभावकारि प्रचारक थिए। उनी अमेरिकन प्रचारक हुन्। उनले मुडि चर्चको शुरुवात गर्नुका साथै मुडि बाइबल इन्सिच्युट र मुडि प्रकाशनका स्थापना गरेका थिए। उनका प्रवचनहरू बुझ्नलाई सरल र प्रभावकारि थिए। १६ वर्षको उमेरमा उनी अमेरिकाको बोस्टन शहरमा काम खोज्दै पुगे। बोस्टन शहरमा उनले अंकलको जुत्ता पसलमा काम गर्न थाले। जुत्ता पसलमा काम गर्ने क्रममा सन् १८५५ मा उनले मुक्ति पाए। मुक्ति पाएपछि उनी लगातार मण्डली जान थाले। उनले बाइबलका शिक्षाहरू सिके र आफ्नो जीवन वचन प्रचारका लागि अर्पण गर्ने अठोट गरे। परमेश्वरले उनलाई ठूलो रूपमा प्रयोग गर्नुभयो। उनी सिपालु प्रचारक थिए र उनको प्रवचनद्वारा धेरै मानिसहरू ख्रीष्टकहाँ डोर्याइए। उनलाई विभिन्न ठाउँहरूमा प्रचार गर्न बोलाइन्थ्यो। मानिसहरू ठूलो संख्यामा उनको प्रवचन सुन्न भेला हुन्थे। उनले अमेरिकामा प्रचार गर्नुको साथै वेलायतमा पनि गरे। एक पटक उनको प्रचार सुन्न वेलायतमा लगभग २०,००० मानिसहरू भेला भएका थिए। मुडिलाई संगितमा साथ दिने व्यक्ति स्यांकि थिए। स्यांकिले आत्मिक भजनहरूमा अगुवाइ गर्थे। भेला भएका श्रोताहरूलाई भजनहरूद्वारा वचनको लागि तयार पार्ने काम गरिन्थ्यो। त्यसपछि मुडिले प्रवचन दिन्थे। यी दुईको सेवाकाइ निकै प्रभावकारि भएको थियो।
मुडि र स्यांकि मिलेर विभिन्न ठाउँहरूमा प्रवचन सभाहरू आयोजना गर्थे र धेरैले यी दुईको सेवाकाइबाट आशिष पाए। मुडिले आयोजना गर्ने सभाहरूमा उच्च स्तरका राजनीतिक व्यक्तित्वहरू पनि सहभागि हन्थे। एक पटक उनको सभामा अमेरिकाको राष्ट्रपति समेत प्ल्याटफर्ममा थिए। निम्न स्तरकादेखि लिएर उच्च स्तरसम्मका मानिसहरूलाई उनले प्रभाव पार्न सफल भए। डि. एल. मुडिको सेवाकाइले विश्वभरका विश्वासीहरूलाई प्रभाव पारेको छ।