तपाई के विश्वास गर्नुहुन्छ?

 तपाई के विश्वास गर्नुहुन्छ?

तपाई बाइबलको विषयमा के विश्वास गर्नुहुन्छ? पवित्र आत्माको विषयमा के विश्वास गर्नुहुन्छ? यस्तै अरू विभिद बाइबल सत्यताहरूको बारे तपाईको के विश्वास छ? आज संसारभर र नेपालभर ख्रीष्टियनहरूको संख्या बढ्दो छ। तर दुखलाग्दो कुरा यो हो कि साँचो ख्रीष्टियनहरू त्यहि अनुपातमा बढेको देखिँदैन। अनि अझै साँचो विश्वासीहरूमाझ पनि बाइबलका सत्यताहरू प्रष्ट बुझेका विश्वासीहरूको संख्या धेरै कम देखिन्छ। आज ईशाई मण्डलीहरूको ठूलो समस्या यो हो कि विश्वासीहरूलाई थाहा छैन उनीहरू के विश्वास गर्छन्। मण्डलीहरूले बाइबलको सत्यता प्रचारलाई भन्दा अनुवभ र मनोरन्जनलाई प्राथमिकता दिएको देखिन्छ। विश्वासीहरूलाई वचनमा बढाउनुभन्दा नाचगानमा भुलाउनुमै समय बढि खर्चिएको जस्तो देखिन्छ। फलस्वरूप धेरै मण्डलीहरू सजिलै झूटा शिक्षाहरूबाट बहकिने गरेको देखिन्छ। यदि झूटा शिक्षाहरूबाट नबहकिएको अवस्थामा पनि मण्डलीभित्रै थुप्रै समस्याहरू रहेको र जसरी एक मण्डली अघि बढ्नु पर्ने हो त्यसरी अघि नबढेको देखिन्छ।

यस्तो दुखद सन्दर्भमा प्रत्येक विश्वासीहरूले हामी के विश्वास गर्छौं भनी प्रष्ट बुझ्नु र निश्‍चित हुनु अत्यन्तै जरूरी छ। विशेष गरी युवाहरू यसमा होसियार र सचेत हुन आवश्यक छ। नयाँ पुस्ताले यसमा ध्यान नदिए एक दिन यस्तो समय आउनेछ जब मण्डलीहरू सत्यको जग र खाँबो होइन तर केवल मनोरन्जन क्लब बन्‍नेछ।

के येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ? त्रिएकता भनेको के हो? के हामी पवित्र आत्मालाई मान्छौं? पवित्र आत्माका दानहरूको विषयमा हामी के विश्वास गर्छौं? के हामी यी प्रश्‍नहरूको उत्तर बाइबलबाट देखाउन सक्छौं? नामचाहिँ विश्वासी तर के विश्वास गरेको भनी थाहा नभएको स्थितिले ख्रीष्टको नामको निन्दा हुने परिस्थितिहरू ल्यानेछन्। हामीले जान्‍नै पर्छ, बुझ्‍नै पर्छ, निश्‍चित हुनैपर्छ – हाम्रो विश्वास! तपाई के विश्वास गर्नुहुन्छ? 

बाइबलीय विश्वासको सारांश तलको लिंकमा पढ्न सक्‍नुहुन्छः

बाइबलीय विश्वासको सारांश

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *