दोस्रो विवाह बाइबलीय हो?

 दोस्रो विवाह बाइबलीय हो?

१ कोरिन्थी ७:३९ मा लेखिएको छ, पति बाचुञ्‍जेल पत्‍नी पतिको अधिनमा रहन्छ तर मरेपछि भने त्यसले जसलाई इच्छा गर्छे त्यससित विवाह गर्न स्वतन्त्र हुन्छे तर प्रभुमा मात्र। तब पवित्र विवाह पनि दुई तिन जनासँग हुन्छ र?

 – बि.बि, सानेपा

बि.बि जी यहाँको प्रश्‍न चाखलाग्दो छ। पवित्र विवाह भन्‍नाले परमेश्वरबाट दुई व्यक्तिहरूलाई एक बनाइनु (मत्ती १९:६), ओछ्यान नबिटुलिनु वा कलङ्कित नहुनु (हिब्रू १३:५) भन्‍ने बुझिन्छ। पवित्र विवाहको यो बन्धन मृत्युले बाहेक केही कुराले तोड्न सक्दैन। तर जब दुईमा एकको मृत्यु हुन्छ तब जीवित चाँहि त्यस विवाहको बन्धनबाट स्वतन्त्र हुन्छ। उसले विवाह गर्न सक्छ अर्थात् ऊ अर्कोसंग विवाहको बन्धनमा प्रवेश गर्न सक्छ। विधवा स्‍त्री दोस्रो विवाह नगरी त्यतिकै रही भने झन सुखी हुन्छे (१ कोरिन्थी ७:४०)। तर अस्थीर तरुणी विधवाहरूले विवाह गर्नु नानीहरू जन्माइ घर सम्हाल्नु राम्रो हुन्छ (१ कोरिन्थी ५:१४)। पुरुषहरूका निम्ति पनि पावल भन्‍नुहुन्छ, “तिमीहरूलाई फिक्री नहोस् भन्‍ने चाहान्छु। जसले विवाह गरेको छैन, उसले म प्रभुलाई  कसरी खुसी पारूँ भन्‍दै प्रभुकै कुराहरूको विषयमा फिक्री गर्दछ। तर जसले विवाह गरेको छ, उसले म मेरी पत्‍नीलाई कसरी खुसी पारूँ भन्‍दै संसारका कुराहरूको विषयमा फिक्री गर्दछ” (१ कोरिन्थी ७:३२,३३)।

(एनोन पत्रिकाबाट साभार गरिएको)

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *