परमेश्वरलाई खुशी पार्नु
- Short Devotion
- April 29, 2020
- 0
- 817
- 1 minute read
सपन्याह ३:१७ मा लेखिएको छ, “तेरो बीचमा हुनुहुने परमप्रभु तेर परमेश्वर सामर्थी हुनुहुन्छ; उहाँले बचाउनुहुनेछ, तेरो कारणले उहाँ आनन्दले रमाउनुहुनेछ; उहाँ आफ्नो प्रेममा चुप रहनुहुनेछ, उहाँले तेरो कारणले गीत गाउँदै आनन्द मनाउनुहुनेछ।” इस्राएलीहरूको सुन्दर भविष्यको विषयमा यहाँ उल्लेख भएको छ। तर यस वर्तमानमा जिउने हामी विश्वासीहरूलाई पनि यसको सिद्धान्त लागु हुँदछ। यो साँच्चै अति अद्भूत सत्यता हो कि एक मानिसले परमेश्वरलाई खुशी, आनन्दित पार्न सक्दछ। मानिसको कारणले परमेश्वर रमाउनुहुने, अझै गीत गाउँदै आनन्द मनाउनुहुने कुरा उदेकलाग्दो त छ नै तर उत्साह र सान्त्वना दिने प्रकारको पनि छ। हिब्रू ११:५ मा बताइएको छ कि हनोकले परमेश्वरले खुशी पारे!
के तपाई आज परमेश्वरलाई खुशी पार्दै हुनुहुन्छ? के तपाईको र मेरो जीवनबाट आज परमेश्वर खुशी हुनुहुन्छ, आनन्दित हुनुहुन्छ? हामी धेरैपटक मानिसहरूलाई खुशी पार्न तत्पर हुँदछौं। मानिसहरूलाई रिझाउन हामी खूब मेहेनत गर्छौं। सायद हामीले कहिल्यै पनि मानिसहरूलाई खुशी पार्न नसकौंला तर हाम्रो ईश्वरीय जीवन, विश्वासको जीवनबाट परमेश्वरलाई खुशी पार्न सक्छौं! धेरै विश्वासीहरूको बुबा रिसाएका छन् – छोराछोरी ख्रीष्टियन भएकोमा। धेरै विश्वासीहरूका साथीहरू, आफन्तहरू रिसाएका होलान्। संसारमा मानिसहरूलाई हामी कहिल्यै खुशी पार्न नसकौंला तर हामी परमेश्वरलाई खुशी पार्न सक्छौं! कति अद्भूत सत्यता यो कि हामी जस्तो तुच्छहरूले महान् सृष्टिकर्ता परमेश्वरलाई आनन्दित पार्न सक्छौं! एक धनाड्य व्यक्तिले एक पटक भनेछन्, “मसँग भएको सब धनसम्पत्ति, मानसम्मान दिन म तयार छु यदि एकपटक मैले मेरो मृत बुबाबाट यो कुरा सुन्न पाएँ भने – छोरा, म तिमीसँग खुशी छु!” पृथ्वीमा आफ्नो बुबालाई खुशी पार्नु कति ठूलो उपलब्धि तर त्यो भन्दा कति बढि स्वर्गीय बुबालाई खुशी पार्नु! आज मेरो जीवनबाट परमेश्वर प्रशन्न हुनुभएको होस्, आज मेरो जीवनबाट मेरो परमेश्वर आनन्दित हुनुभएको होस्। मेरो जीवनबाट परमेश्वर खुशी हुनुभएको होस् – वास, अरू मलाई के चाहियो र!