परमेश्‍वरको महिमाको हेराइ

 परमेश्‍वरको महिमाको हेराइ

प्रस्थान ३३:१८ मा मोशाले परमेश्‍वरसँग विशेष विन्ती राख्छन्। उनले भन्छन्, “तपाईको महिमा मलाई देखाउनुहोस्”। उनी परमेश्‍वरको महिमा हेर्न चाहान्थे। के उनले परमेश्‍वरको महिमा अहिलेसम्म देखेका थिएनन्। उहाँको महिमा अर्थात् उहाँको महानता उनले पहिला पनि देखेका थिए। तर उनी तृषित छन्, भोका छन्, अझै देख्‍नलाई। उनी अझै परमेश्‍वरको महिमा देख्‍न चाहान्छन्। किनकि उनले बुझेका थिए परमेश्‍वरको महिमाको हेराइले प्राणलाई पुनर्जीवित पार्दछ।

पहिलो कुरा त, परमेश्‍वरको महिमाको हेराइले आफ्नो वास्तविकता देखिन्छ। यशैया ६ अध्यायमा यशैयाले यस्तै अनुभव गरे। मानिसहरू आज घमण्ड गर्छन्, आफूलाई ठूलो ठान्छन्, आफ्नो वस्तविकता बुझ्दैनन् किनभने परमेश्‍वरको महिमा, उहाँको महानता देखेका छैनन्, बुझेका छैनन्। साथै परमेश्‍वरको महिमा हेर्दा हाम्रो जीवन परिवर्तन हुँदछ (२ कोरिन्थी ३:१८)। हामी एक महिमादेखि अर्को महिमामा बद्लि हुँदै ख्रीष्टको नापमा बढ्दै जान्छौं। यसको साथै परमेश्‍वरको महिमाको हेराइले हामीलाई सामर्थ्य दिँदछ, उत्साह दिँदछ। प्रेरित ७:५४-५६ मा स्टिफनसको उदाहरणबाट हामी सिक्छौं कि परमेश्‍वरको महिमाको हेराइले साहस दिँदछ।

त्यसैले परमेश्वरको महिमालाई हेरौं, उहाँको महानतालाई बुझौं। परमेश्‍वरको वचनमा, उहाँका कामहरूमा, उहाँको सृष्टिमा हामी उहाँका महानता देख्दछौं! मोशालाई जस्तै हामीलाई पनि परमेश्‍वरको ताजा हेराइको खाँचो छ। परमेश्‍वरको महिमाको हेराइको खाँचो छ!

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *