पावल रोमी हुन् या यहूदी?

 पावल रोमी हुन् या यहूदी?

पावल जो प्रेरित थिए, उनी रोमी हुन् या यहूदी? कारण प्रेरित २१:३९ अनुसार र प्रेरित २२:३ अनुसार पावल यहूदी बताइएको छ भने प्रेरित २२:२८ अनुसार त पावल रोमी बताइएको छ, यस कुरा मैले बुझ्न सकिँन

– प्रशंसा तिवारी, सिन्धुपाल्चोक

पावल यहूदी हुन् (प्रेरित २१:३९, २२:३; २ कोरिन्थी ११:२२; फिलिप्पी ३:५)। तर नागारिकताको हिसाबमा उनी रोमी थिए। रोमन साम्राज्यभित्रका रोमी नागरिकता प्राप्त व्यक्तिहरूलाई विशेष सुविधा र अधिकारहरू थिए। तसर्थ कतिले पैसा तिरेर रोमी नागारिकता किन्थे। तर पावलको परिवार आफ्ना पिताजीको समय देखि नै रोमी नागारिकता प्राप्त परिवारको रुपमा देखिन्छ। उनले भनेका थिए कि उनी जन्मकै रोमी थिए अर्थात् वंशजको आधारमा उनले रोमी नागारिकता प्राप्त गरेका थिए। उनको नागरिकता रोमी थियो, तर धार्मिक रूपमा उनी एक यहूदी थिए। उनले व्यवस्था सिकेका थिए र उनी व्यवस्था अनुसार जिउने व्यक्ति थिए। उनी यहूदी परिवारका थिए। उनी बिन्यामिन कुलका थिए। यसरी उनी यहूदी नै भए पनि उनको बसाइ रोमी प्रान्त सिसलियामा भएको हुनाले उनले रोमी नागरिकता पाएका थिए।

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *