प्रभुबाटको जिम्मेवारी
- Short Devotion
- January 10, 2022
- 0

यूहन्ना १९ः२५-२७ को खण्डमा क्रुसमा झुण्डाइनुभएको येशूले यूहन्नालाई शरीर अनुसारको आमा मरियमको हेरचाहा गर्ने जिम्मेवारी दिनुहुन्छ। यूहन्नाले त्यसै घडीदेखि प्रभुबाटको त्यस जिम्मेवारी अनुसार वृद्धा मरियमलाई आफ्नो घर लान्छन्। यसो विचार गर्दा यो अनौठो अनि सामान्य जिम्मेवारी जस्तो देखिन सक्छ। पत्रुसले चेलाहरूको नेतृत्व गर्ने जिम्मा पाए; हजारौंलाई सुसमचार प्रचार गरी ख्रीष्टकहाँ लेराउने सेवा पाए; यूहन्नाको दाजु याकूब पनि ख्रीष्टको लागि सहिद भए; येशूको भाइ याकूब यरूशलेम मण्डलीको पास्टर भए; पछिबाट आएका पावलले पनि धेरै मण्डलीहरू स्थापना गर्ने जिम्मा, सेवा पाए। यूहन्नाले चाहिँ के जिम्मा पाए? वृद्ध आमाको हेरचाहा गर्ने। तर यो सानो जिम्मा थिएन, यो प्रभुबाटको जिम्मा थियो, यो विशेष जिम्मा थियो।
१. प्रभुबाटको जिम्मेवारी सधैं विशेष जिम्मेवारी हो
२. प्रभुबाटको जिम्मेवारी सधैं उचित जिम्मेवारी हो
३. प्रभुबाटको जिम्मेवारी सधैं आशिषमय जिम्मेवारी हो
आज तपाईलाई परमेश्वरबाट के जिम्मेवारी मिलेको छ? सानो या ठूलो ठानिनु मिल्दैन। हामी जहाँ छौं, जुन क्षेत्रमा छौं प्रभुको सेवा गरौं। हामी हरेकलाई परमेश्वरले आफ्नो इच्छा अनुसार दान दिनुभएको छ। प्रभुको सेवा गर्ने क्रममा दान प्रकट हुँदछ, अनि दानलाई बल्दौ पारौं। यो समय परमेश्वरको सेवा गर्ने समय हो, यो समय परमेश्वरको सेवामा प्रशस्त हुँदै जाने समय हो!