बीउको सिद्धान्त
रेकाबीहरूले दाखमद्य खानु हुँदैनथ्यो (यर्मिया ३५)। यस प्रतिबन्धलाई उनीहरूले गम्भिरतासाथ लिए। दाखमद्य खानु त परै जाओस् उनीहरू यति शतर्क थिए कि उनीहरूले दाखबोट लाउन नपरोस् भनेर जग्गा पनि राख्दैनथे। जग्गाको कुरा त परै जाओस् उनीहरूले दाखको बीउ धरि राख्दैनथे। रेकाबीहरूको यो शतर्कताको परमेश्वरले तारिफ गर्नुभयो (यर्मिया ३५ः१४)। आज्ञापालन प्रतिको यो गम्भिरताबाट हामी ठूलो शिक्षा पाउन सक्छौं। रेकाबीहरूको यस शतर्कताबाट हामी बीउको सिद्धान्त सिक्न सक्छौं।
हाम्रो ख्रीष्टियन जीवनमा पनि हामी परमेश्वरको वचन पालन गर्न यति शतर्क हौं कि हामी अनाज्ञाकारिताको बीउ पनि नराखौं। पापबाट पर बसौं। पापसँग नेखेलौं। पाप र दुष्टताबाट गम्भिर शतर्कता सहित टाढा रहौं, थोरै पनि दुष्टतालाई आफ्नो जीवनमा ठाऊँ नदिऔं, बीउलाई पनि नराखौं – यो हो सारांशमा बीउको सिद्धान्त!