सुसमचारको ऋृण
सुसमाचार प्राप्त गर्नुको अर्थ हो हामीसँग अरुलाई ससुमाचार सुनाउने जिम्मेवारी छ। हामीले आफ्नो ऋण बिर्सिएका छौं। रोमी १:१४–१६ मा, पावल लेख्छन्, “म ग्रीकहरू र अन्यभाषीहरू दुवैको, र बुद्धिमान् र निर्बुद्धिहरू दुवैको ऋणी छु। ” मानिसहरू परमेश्वरबिना र आशाबिना मरिरहेका छन्। जब उनीहरू सास फेर्न बन्द गर्छन्, उनीहरू सदाको लागि नरकमा जाँदैछन्, र उनीहरूलाई चाहिएको मुक्तिको सन्देश हामीसँग छ। त्यो प्राप्त गर्नुको अर्थ हामी त्यसको लागि जिम्मेवार छौं। त्यो सुसमाचारको भण्डारीपन हो।
हामीले यससँग के गरिरहेका छौं? प्रभुले हामीलाइै यो मुक्ति दिनुभएको छ। हामी सबै जान्दछौं कि ऋणी हुनु भनेको के हो र त्यो ऋण तिर्ने जिम्मेवारी कस्तो हुन्छ। हामी ऋणमा डुबेको जीवन चाहँदैनौं। त्यसैले, यदि हामीसँग सुसमाचार छ भने, परमेश्वर भन्नुहुन्छ कि हामी सुसमाचारको ऋणी हौं। सुसमाचारको ऋणी भएको हुनाले, हामीले हाम्रो ऋणको चुक्ता गर्नुपर्छ। यदि हामीले ऋण चुक्ता गरेका छैनौं भने यो परमेश्वरको विरोधमा पाप हो, हाम्रो संसारमा भएका हराएकाहरूको विरोधमा पाप हो, र सुसमाचारको विरोधमा पाप हो। ख्रीष्ट तपाईं भएर र तपाईंको लागि मर्नुभयो; उहाँले तपाईंको र मेरो पापको ऋण तिर्नुभयो। उहाँले प्रत्येक मानिसको लागि मृत्युको स्वाद चाख्नुभयो; उहाँ गाडिनु भएको थियो र मृत्युबाट बौरी उठ्नुभयो। हामीले परमेश्वरलाई हाम्रो पापको क्षमा मागेका छौं र विश्वासद्वारा ख्रीष्टलाई मुक्तिदाताको रुपमा चिनेका छौं। पछिल्लो पटक कहिले थियो जब तपाईंले त्यो ऋणको भुक्तानी गर्नुभयो? के तपाईंले यो हप्ता भुक्तानी गर्नुभयो? तपाईंले कहाँ भुक्तानी गर्नुभयो? के तपाईंले रेष्टुरेन्टमा भुक्तानी गर्नुभयो? के तपाईंले कपडा धुने ठाउँमा भुक्तानी गर्नुभयो? के तपाईंले तेल हाल्ने ठाउँमा वा किनमेल गर्ने पसलमा भुक्तानी गर्नुभयो? के तपाईंले कसैको ढोकामा ढकढक गर्दै, उनीहरूलाई प्रभु येशू ख्रीष्टको विषयमा बताउँदै भुक्तानी गर्नुभयो?
परमेश्वरले हामीलाई गर्न दिनुभएको एक काम, उहाँले हामीलाई व्यक्तिगत भण्डारीपन हुन दिनुभएको एउटा कुराको हामीले बेवास्ता गरेका छौं। के तपाईंलाई लाग्छ परमेश्वर यस कुरामा खुशी हुनुहुन्छ? होइन। भण्डारीपनले हाम्रो जीवनको सबै भागलाई समेट्छ, यसले निश्चित रुपमा सुसमाचारलाई पनि समेट्छ। हामीले सुसमाचार प्राप्त गरेका छौं। यो पाउनुको अर्थ हो हामी यसको लागि जिम्मेवार छौं। हाम्रो ऋण तिर्ने क्रममा हामीले एकदमै खराब काम गरेका छौं। परमेश्वरले हामीलाई प्रत्येक दिन आक्रामक रुपमा जिएर सुसमाचारको ऋणको भुक्तानी गर्न मद्दत गर्नुभएको होस्।
(पास्टर क्लेरेन्स सेक्सटनद्वारा लिखित ‘जीवनको भण्डारीपन’ पुस्तकबाट साभार गरिएको)