सृष्टि विज्ञानको परिचय
दुई विश्वव्यापी विचारहरु
- सृष्टि–परमेश्वरले संसारको सृष्टि गर्नुभयो
- विकासवाद– संसार आफै सृष्टि भएको हो
बाइबलीय सृष्टि
- परमेश्वरले ६,००० वर्ष अगाडि स्वर्गहरु र पृथ्वीको सृष्टि गर्नुभयो
- नूह र उसको परिवार बाहेक पृथ्वीमा भएको सबै कुरा नष्ट गर्नको लागि परमेश्वरले जलप्रलय पठाउनुभयो
- येशू ख्रीष्ट २००० वर्ष अगाडि पृथ्वीमा आउनुभयो
विकासवाद
- २० अरब वर्ष अगाडि त्यहाँ एउटा ठूलो धमाका भएको थियो
- ४.६ अरब वर्ष अगाडि पृथ्वी चिसो हुँदै गयो र पृथ्वीको सतहको विकास भयो ।
- ३ अरब वर्ष अगाडि समुद्रको “जैविक झोल” बाट पहिलो जीवित तत्व उत्पन्न भयो र आज थाहा भएको जति सबै जीवित कुरामा विकास हुँदै गयो
- ३ लाख वर्ष अगाडि बनमान्छेबाट पहिलो मानवहरुको विकास भयो ।
बाइबलीय सृष्टि र विकासवादको बिचमा रहेका केही भिन्नताहरु
- यी सिद्धान्तहरु प्रत्येक पक्षमा फरक छ, यिनीहरुलाई मिलाप गराउन सकिदैँन ।
- यदि सृष्टि साँचो हो भने, मानिसले विश्वमा मृत्यु ल्याए र मृत्यु भयानक कुरा हो ।
- यदि विकासवाद साँचो हो भने, मृत्युले मानिसलाई विश्वमा ल्यायो र यो अद्भूत कुरा हो ।
- हामीले हाम्रो उत्पत्ति कसरी भयो भन्ने विषयमा जे कुरा विश्वास गर्छौं त्यसले जीवनप्रतिको हाम्रो दृष्टिकोणलाई प्रभाव गर्छ ।
जीवनमा चार महान् प्रश्नहरु
- म को हुँ?
- म कहाँबाट आएँ?
- म किन यहाँ छु?
- म मरेपछि कहाँ जान लागिरहेको छु?
हामीले सृष्टि र विकासवादको विषयमा जे विश्वास गर्दछौं त्यसले यी प्रश्नहरुको उत्तर निर्धारण गर्छ ।
यदि विकासवाद साँचो हो भने
- म को हुँ?– सामुद्रिक तटमा बगाइएको लेऊभन्दा धेरै महत्वको म होइन ।
- म कहाँबाट आएँ?– २० अरब वर्ष पहिला भएको ठूलो विस्फोटबाट
- म किन यहाँ छु?– अवश्य पनि कुनै कारण छैन
- म मरेपछि कहाँ जान लागिरहेको छु?–धूलोमा फर्केर जानेछु
यदि सृष्टि साँचो हो भने
- म को हुँ?– सर्वशक्तिमान परमेश्वरको सृष्टि
- म कहाँबाट आएँ?– परमेश्वरको सासबाट
- म किन यहाँ छु?– हाम्रो सृष्टिकर्ताको महिमा गर्न
- म मरेपछि कहाँ जान लागिरहेको छु?– कि त स्वर्ग वा नरक
सृष्टि र विकासवाद ऐतिहासिक विज्ञान हुन्
- विशुद्ध वैज्ञानिक दृष्टिकोणबाट कुनै पनि सिद्धान्तलाई सही वा गलत भनी प्रमाणित गर्न सकिँदैन । हामी उत्पत्तिका सिद्धान्तहरुसँग व्यवहार गरिरहेका छौं ।
- सृष्टि वा विकासवादको अभिलेख राख्न त्यहाँ कुनै पनि व्यक्ति उपस्थित नभएको हुनाले, दुवैलाई विश्वासद्वारा स्वीकार गर्नुपर्छ ।
- सृष्टिवादीहरु स्वीकार गर्छन् कि उनीहरुसँग धर्म छ– हामी विश्वास गर्दछौं कि यो सबै परमेश्वरले गर्नुभएको हो ।
- विकासवादीहरु स्वीकार गर्दैनन् कि उनीहरुसँग धर्म छ ।
- दुवै पक्षमा कुनै शंका नगरी कुनै पनि तथ्य वा परिभाषाले प्रश्नको उत्तर दिन सक्दैन ।
सृष्टिवादीहरुको सुरुवात
- सृष्टि परमेश्वरसँग सुरु भयो
- उत्पत्ति १
विकासवाद सिद्धान्तको सुरुवात
- अदनको बँगैचामा शैतानको साथमा विकासवाद सिद्धान्तको सुरुवात भयो जब उसले हव्वालाई उनी परमेश्वर हुन सक्छिन् भनेर बतायो । शैतानले अझै पनि मानिसलाई यो बताउन प्रयास गर्छ कि ऊ परमेश्वर हुन सक्छ ।
- चार्ल्स डार्विनले सन् १८५९ मा प्रजातिहरुको उत्पत्ति भन्ने पुस्तकको प्रकाशन गरेका थिए । आधुनिक विकासवाद सिद्धान्तको व्यापक स्वीकृतिको सुरुवातको संकेत यस कामले गरेको छ ।