विहानै आनन्द आउँछ

 विहानै आनन्द आउँछ

हाम्रो जीवनमा कहिले सुख त कहिले दुख आउनु स्वभाविक हो। हामी श्रापित संसारमा श्रापित शरीरमा जिईरहेका छौं। विभिन्‍न घटिकमीहरू, अस्वस्थता, आर्थिक अभाव आदिले हाम्रो जीवन कष्टकर बनाइदिन्छ। अनि हाम्रो जीवन रूवाइले भरिन्छ। तर परमेश्‍वरको जनहरूको जीवन अनुभव फरक हुँदछ, हुनुपर्दछ। हो त्यहाँ कठिनाईहरू हुन्छन्, आँशुहरू हुन्छन् तर परमेश्‍वरको जनहरूको ठूलो आशा छ। परमेश्‍वर हाम्रो साथमा हुनुहुन्छ। उहाँ सधैं हाम्रो पक्षमा हुनुहुन्छ। रूवाइ सधैं रहनेछैन।

भजनसंग्रह ३०ः५ मा लेखिएको छ, “किनकि उहाँको क्रोध ता क्षणभरको मात्र हो; उहाँकै निगाहमा जीवन छ; रूवाइ रातभर रहला, तर बिहानै आनन्द आउँछ।”

तपाई र मेरो जीवनमा परमेश्‍वर कार्य गर्नुहुन्छ। सबै परिस्थितिमा उहाँको उद्देश्य छ। हामी ढुक्‍क हुन सक्छौं कि सबै मिलेर भलाइ हुनेछ। निश्‍चय रातको अन्त्य हुनेछ, विहान आउनेछ। निश्‍चय रूवाइ रोकिनेछ, आनन्दको उदय हुनेछ। हाम्रो कठिनाइको अवस्था सधैं रहँदैन। उहाँले हामीलाई ती जटिल र कष्टकर समयहरूमा पनि सिकाउनुहुन्छ, हामीलाई अझै खार्दै लानुहुन्छ। अनि जटिलताको समय सकिएपछि हाम्रा ती आँशुहरू हाँसोमा बद्लिहुन्छन्।

यदि जीवनभर नै हाम्रो अवस्था कष्टकर भएता पनि जब एक दिन धार्मिकताको घाम उदाउने विहान आउँछ हाम्रो आँशुहरू सदाको लागि पुसिनेछ, अनि सदाको लागि आनन्द सुरू हुनेछ। साँच्‍चै “रूवाइ रातभर रहाल, तर बिहानै आनन्द आउँछ”!

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *