संसारका होइनौं
- Short Devotion
- January 9, 2020
- 0
- 1768
- 1 minute read
हामी संसारमा छौं तर संसारका होइनौं। यूहन्ना १७ अध्यायमा येशू ख्रीष्टले आफ्ना चेलाहरूका निम्ति प्रार्थना गर्नुहुँदा, उहाँले चेलाहरू संसारबाट उठाई लगिउन् भनी प्रार्थना गर्नुभएन। तर उहाँको प्रार्थना चेलाहरूको सुरक्षाको लागि थियो। ख्रीष्टका चेलाहरू संसारमै रहनुपर्थ्यो तर उनीहरूले यस संसारभन्दा अलग जीवन जिउनुपर्थ्यो।
‘पवित्र’ शब्दको अर्थ ‘अलग पारिएको’ भन्ने हुन्छ। विश्वासीहरूलाई बाइबलले पवित्र जन भन्दछ। परमेश्वरले हामीलाई संसारबाट अलग पार्नुभएको छ। आज हामी विश्वासीहरू संसारमा छौं। यस पृथ्वीमै हामीलाई परमेश्वरको लागि जिउने अवसर छ। तर अलग पारिएको जीवन जिएर हामी संसारमा ख्रीष्टको महिमाको निम्ति बाँच्छौं। संसार जस्तै जिउँदा एक विश्वासीले आफ्नो पवित्रतामाथि आँच ल्याउँदछ। आशिषित जीवनको रहस्य अलगपनता हो! संसारमा छौं तर संसारका होइनौं। हाम्रो नागरिकता भिन्न राज्यको छ!
“जसरी म यस संसारको होइनँ, उसरी नै तिनीहरू पनि यस संसारका होइनन्।”
(यूहन्ना १७:१६)