यहोशू पुस्तक सर्वेक्षण
- Book Survey
- January 13, 2020
- 0
- 1137
- 3 minutes read
लेखकः
– यहोशू (१ः१–२) — उनी मोशाका सेवक थिए; अब उनी परमेश्वरको अधिनतामा मानिसहरुलाई अगुवाइ गरे, जसरी मोशाले गरे ।
मितीः
– ई. पू. १४०४–१३९०
तीन समयावधिलाई यसले समेट्छ
१. यर्दनमा एक महिना
२. कनानमा सात वर्ष
३. आठ वर्ष यर्दनका भागहरु विभाजन
विषयवस्तु
“विश्वासद्वारा आफ्नो पैतृक सम्पत्तिको दावी गर्नु”
मिश्र—(संसार) लाल समुन्द्र उजाडस्थान (शारीरिक र दोषी) यर्दन नदी कनान (आत्मिक विजय)
– कनान सुन्दर र फलदायी थियो, जस्तो एक विजयी विश्वासी जीवन हुन्छ । यी दुवै केवल विश्वासद्वारा दाबी गर्न सकिन्छ ।
१ यूहन्ना ५ः४ — येशू नै परमेश्वरकोे पुत्र हुनुहुन्छ भनी विश्वास गर्नेबाहेक संसारमाथि जय प्राप्त गर्ने अरु को छ र ?
रुपरेखा
विश्वासको विजय
१. प्रतिज्ञाको देशमा प्रवेश
२.प्रतिज्ञाको देशमा विजय
३.प्रतिज्ञाको देशमा कब्जा
चावी शब्दहरु
“अधिकार”
चावी पद
यहोशू १ः८
“व्यवस्थाको यो पुस्तक तिम्रो मुखबाट नहटोस्, तर तिमीले दिनरात यसमाथि ध्यान गर्नु ! फलस्वरुप तिमीले यसमा लेखिएका सबै कुराहरु अनुसार होशियारसाथ पालन गर्न सक्नेछौ; किनकि तब नै तिमीले सफलता पाउनेछौँ ।”
विशेष विशेषताहरु
१. यहोशू पहिलो ऐतिहासिक पुस्तक हो ।
– पञ्चग्रन्थले (Pentateuch) इस्राएललाई कनानसम्म अगुवाइ गर्दछ ।
– यहोशूले इस्राएललाई कनानभित्र अगुवाइ गर्दछ ।
२. राहाबको विश्वास — अध्याय २
– (मत्ती १ः५; हिब्रु ११ः३१)
३. दुईओटा स्मारक — सन्तानहरुलाई चिन्हका निम्ति — अध्याय ३
– हेर्नुहोस् ३ः५–७
४. यहोशूका अभियानहरु — अध्याय ६–१२
– केन्द्रिय अभियान जमिन विभाजनको
– दक्षिणी अभियान
– उत्तरी अभियान
५. कालेबको पहाड
– उनले “परमप्रभुलाई पूरा रीतिले पछ्याए” ।
पुस्तकमा ख्रीष्ट
१. यहोशू — “यहोवा मुक्ति हुनुहुन्छ” ; ग्रीक = “येशू”
– जे मोशाले गर्न सकेनन्, त्यो यहोशूले गरे ।
– जे व्यवस्थाले गर्न सकेन, त्यो येशू ख्रीष्टले गर्नुभयो ।
२. “सेनाका कप्तान” — ५ः१४
– ख्रीष्टको प्रकटीकरण — ख्रीष्ट देखापर्ने पूर्व जानकारी
३. रातो धागो — रगतद्वारा न्यायमा सुरक्षा