ख्रीष्ट हरेक दिनको प्रभु

 ख्रीष्ट हरेक दिनको प्रभु

लेखकः क्लेरेन्स सेक्सटन

समस्याको समय भएर जाँदै गर्दा धेरैले यसबाट कसरी पार गर्ने हो भनेर सोच्‍न सक्‍दछन्। ख्रीष्‍ट बिना रहेका मानिसहरूलाई सम्‍स्याको समयमा आश्रय लिन ठाँउ कहि पनि हुँदैन। विश्‍वासीहरूले परमप्रभुमा आश्रय लिनुपर्छ। हामीले उहाँमाथि भरोसा राख्‍नुपर्छ अनि जीवनमा आउने जुनसुकै अवस्थामा पनि हामीले ख्रीष्‍टलाई हेर्नुपर्छ। हाम्रो जीवनको प्रत्येक दिनमा शैतानलाई हामीले परमेश्‍वरको धार्मिकता प्रति अन्धा बनाउन दिनु हुँदैन। अहिलेको अनिश्‍चितताको समयमा पनि हामीले हाम्रा साथीहरू र परिवारको ध्यान परमप्रभुको धार्मिकता तर्फ निर्देशित गर्नुपर्छ। परमेश्‍वरको धार्मिकताले नै हामीलाई पश्‍चातापमा डोर्‍याउँदछ भनी बाइबलले सिकाउँदछ। विश्‍वव्यापी अनिश्‍चितताको समयमा यहाँ केहि कुराहरू छन् जुन हामीले आफूलाई र अरूलाई सम्‍झना गराउनुपर्दछ।

प्रत्येक दिन हामीलाई परमेश्‍वरबाटको उपहार हो

हामीले कुनै पनि दिन हल्‍का रुपमा लिनु हुँदैन। प्रत्येक दिन परमेश्‍वरबाटको उपहार हो, र त्यस दिनमा हामी जे गर्छौ, त्यो परमेश्‍वरको लागि हाम्रो उपहार हो। यसरी परमेश्‍वरले हाम्रो जीवनको तयारी गर्नुभएको छ। एक दिनको अर्थ के हो विचार गर्नुहोस् जब हामी यसलाई परमेश्‍वरको उपहारको रूपमा सोच्दछौं।

जब हामी मृत्युको बारेमा सोच्दछौं अनि कसरी अचानक जीवन आउँछ र जान्छ, हामी जीवनलाई एक क्षणको रूपमा सोच्दछौं, हावा जस्तै छ जो बहन्छ अनि बिलाएर जान्छ। जब हामी यस तथ्यलाई सोच्दछौं कि मानिस केहि दिन र समस्याले भरिएको छ। यसले हामीलाई यो विचार सोच्‍न लगाउँदछ, “कृपया मलाई सहायता गर्नुहोस् कि मेरो हृदय र दिमागमा कुनै त्यस्तो कुरा उत्पन्‍न नभएकोहोस् जुन समाधान गरिएको छैन”। प्रत्येक दिनलाई परमेश्‍वरले दिनुभएको उपहारको रूपमा हेर्नलाई सहायता गर्नुभएको होस्। त्यहाँ असल मानिसहरू छन् जसले भन्‍नु पर्दछ, “परमप्रभु, मलाई क्षमा गर्नुहोस्। म एक खुसी मानिस हुन सकूँ। मेरो परिवार आनन्दित हुनसकोस्। मेरो जीवन पनि आनन्दित हुनसकोस् तर मैले एक दिनमा भएको कुनै कुरालाई समात्‍ने निर्णय गरें जसले मेरो जीवनको प्रत्येक दिनमा विष र शोक ल्याइरहेको छ”। प्रत्येक दिन परमेश्‍वरबाटको उपहार हो।

परमेश्‍वरले हामीलाई दिनहुँ चाहिने कुराहरूको प्रबन्ध गर्नुहुन्छ

परमेश्‍वरले यो प्रतिज्ञा गर्नुभएको छ। बाइबलले भजन संग्रह २३ मा भन्दछ, “परमप्रभु मेरा गोठाला हुनुहुन्छ; मलाई कुनै कुराको घटी हुनेछैन। उहाँले मलाई हरिया खर्कहरूमा सुताउनुहुन्छ; उहाँले मलाई शान्त पानीनिर डोर्‍याउनुहुन्छ। उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ; उहाँले मलाई आफ्नो नामको खातिर धार्मिकताका मार्गहरूमा डोर्‍याउनुहुन्छ। चाहे मृत्युको घोर अन्धकारमय छायाको घाँटीबाट भएर हिँड्नुपरे तापनि म कुनै खराबीदेखि डराउनेछैनँ; किनकि तपाईं मेरो साथमा हुनुहुन्छ; तपाईंको लाठो र तपाईंको लौराले, अँ, तिनैले मलाई सान्त्त्वना दिन्छन्। मेरा शत्रुहरूको सामुन्‍ने तपाईंले मेरो शिर तेलले अभिषेक गर्नुहुन्छ; मेरा कचौरा भरिएर पोखिन्छ। निश्‍चय मेरो जीवनभरि नै भलाइ र करूणाले मलाई पछ्याउनेछन्; अनि म परमप्रभुको भवनमा सदा-सर्वदै वास गर्नेछु।“

मेरो जीवनको सबै दिनहरूमा भलाई र करुणा मेरो पछि लाग्‍नेछ। यो हामीलाई हरेक दिनको लागि आवश्यकता छ। जब हामी हाम्रा साथीहरू र परिवारका सदस्यहरू दु:खमा भईरहेका देख्दछौ वा विश्‍वमा भईरहेको डरसँग संघर्ष गरिरहेका छन्, के त्यस व्यक्तिले कोहि आएको र “मलाई थाह छ तपाईं कस्तो अवस्था भएर जाँदै हुनुहुन्छ” भनेको चहान्छ? वा उसकहाँ आएर, “परमेश्‍वर यी समयहरूमा पनि तपाईंको साथमा हुनुहन्छ” भनी भनेको चहान्छ?

यस्तो दिन आउनेछ जब हामीले कठिनाइहरूको सामना गर्नुपर्दछ, हामीसँग परमेश्‍वरको प्रतिज्ञा छ जुन उहाँले हरेक दिन नै हाम्रो आवश्यकता अनुसार दिनुहुन्छ।

हाम्रो परमेश्‍वर हामीले सामना गर्नुपर्ने कुनै पनि कुराहरू भन्दा महान् हुनुहुन्छ

बाइबलले मत्ती ६:२८मा भन्दछ, “अनि लुगाफाटाका लागि तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फूलहरूलाई विचार गर…”  हाम्रो चिन्ताहरूको बीचमा हामी लिली फूलहरूलाई विचार गर्ने समय निकाल्दैनौं। हामीसँग धेरै “महत्वपूर्ण कुराहरू” छन् एकछिन रोकेर  लिली फूलहरूलाई विचार गर्ने समय निकाल्‍नुहोस्। यदि हामी समय लिएर एकछिन लिली फूलहरूलाई विचार गर्दछौ भने हामी कति धनवान्, कति राम्रो, कति शान्तिमय, हाम्रो जीवन कति आनन्दित हुनेछ। लिली फूलहरूलाई विचार गर्नु भनेको परमेश्‍वरको वास्‍तालाई साक्षी दिनु हो। मत्ती ६: २२-३४ पदहरूलाई प्रार्थना सहित पढ्नुहोस् अनि परमप्रभुले तपाईंलाई कति वास्ता गर्नुभएको छ भन्‍ने कुरामा विचार गर्नुहोस्।

त्यहाँ हरेक दिनमा सामना गर्नलाई कुराहरू पर्याप्‍त छ; हामीले भोलीको दिनबाट फिक्री वा समस्या उधारो लिनु पर्दैन। के हामीले भोलीको दिनको निम्ति योजना बनाउने, सोच्‍ने वा विचार गर्ने होइन? हो, तर हामीले भोलीको दिन आजको दिनमा नै जिउन सक्‍दैंनौं। हामी भोलीको दिन जीउन खोजेर आजको दिनलाई खराब गर्न सक्छौं। हामी भोलीको दिनमा गर्ने कुराहरूको विषयमा सोचेर आजको दिनमा निराश हुनसक्दछौं। कसले जानेको छ भोलीको दिनले के ल्याउँदछ? हामी यस तथ्यमा भरोसा गर्न सक्छौ कि हामीले हाम्रो परमेश्‍वर भन्दा कुनै पनि ठूलो कुरालाई त्यस दिनमा सामना गर्नुपर्दैन।

धेरै मिडिया स्रोतहरू, समाचार सामग्रीहरू, र अरूहरूको विचारले हामीलाई विभिन्‍न दिशातर्फ खिच्‍न खोजिरहेको हुन्छ। हामीले परमेश्‍वरको सिंहसानको सामु, परमेश्‍वरको उपस्थितिमा आउन सिक्‍नुपर्दछ, र हाम्रा परमेश्‍वर सक्षम हुनुहुन्छ भनी भरोसा गर्नुपर्दछ। जस्तोसुकै परिस्थिति भए पनि; हरेक दिन परमेश्‍वरको उपहार हो। उहाँले हामीलाई आवश्यक पर्ने कुराहरू दिनुहुन्छ। हामी जीवित भएसम्‍म हामीले कुनै पनि दिनमा सामना गर्ने कुनै पनि कुराहरू भन्दा हाम्रा परमेश्‍वर महान् हुनुहुन्छ। यी सबै कुराहरू प्रभुसँग सामना गरेर मात्र आउँदछन्। यसकारण हामी घोषण गर्नसक्छौं, “आजको दिन उनले सृजेका; रमाउदै जाऔं र खुसी मनाऔं।”

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *