पृथ्वीका नुन
- Short Devotion
- May 23, 2022
- 0
- 711
- 1 minute read
मत्ती ५:१३ मा येशू ख्रीष्टले सिकाउनुभयो कि उहाँका चेलाहरू पृथ्वीका नुन हुन्। यो अद्भूत सत्यता थियो। ख्रीष्टका चेलाहरू नुनसँग तुलना गरिन मिल्थ्यो। नुनका केहि विशेषताहरू यस प्रकारका थिएः
- नुन धेरै बहुमूल्य थियो
नुन सजिलै पाइने कुरा थिएन। नुनको श्रोतहरू सीमित थिए र साह्रै बहुमूल्य मानिन्थ्यो। भनिन्छ कि रोमी सिपाहीहरूलाई कुनै समय उनीहरूको ज्याला नुनमा दिइन्थ्यो। ख्रीष्टका चेलाहरू पनि बहुमूल्य हुन्। उनीहरूलाई विशेष जिम्मेवारी दिईएका छन्।
- नुनले कुहिनबाट जोगाउँथ्यो
मासुलाई कुहिनबाट जोगाउन नुनको प्रयोग हुन्थ्यो। हाम्रो संसार विनाशोन्मुख छ। पापको कारण अनन्त विनाशमा गईरहेकाहरूलाई जोगाउन ख्रीष्टका चेलाहरूले मानिसहरूलाई ख्रीष्टकहाँ डोर्याउन सक्छन्।
- नुनले स्वादिलो पार्थ्यो
नुनले कुनै पनि खानेकुरालाई स्वादिलो पार्थ्यो। नुनबिना खानेकुरा वेस्वादिलो हुँदछ। ख्रीष्टका चेलाहरूका ख्रीष्टिय जीवनद्वारा परिवार, समाज र राष्ट्र स्वादिलो हुँदछ। हामी ख्रीष्टको सुवासना छर्दछौं (२ कोरिन्थी २:१४, १५)।
मत्ती ५:१३ मा येशूले भन्नुभयो, “…नुनले आफ्नो स्वाद गुमायो भने त्यो केले नुनिलो पारिने छ र?…” यस पृथ्वीका नुन हामी ख्रीष्टका चेलाहरू हौं। हाम्रो जीवनबाट संसार स्वादिलो पारिँदैन भने संसारको के आशा छ? के हामी हाम्रो परिवारलाई, छिमेकलाई स्वादिलो बनाईरहेका छौं? ख्रीष्टको सुवासना फैलाइरहेका छौं? हाम्रो जिम्मेवारी ठूलो छ – हामी पृथ्वीका नुन हौं!